होटलमा शपथ लिएका मुख्यमन्त्रीलाई सर्वोच्चको रोक : दीर्घकालीन निर्णय नगर्न आदेश

Saroj yadav.मधेश प्रदेश मुख्यमन्त्री, सरोजकुमार यादव, सर्वोच्च अदालत, होटलमा शपथ, असंवैधानिक नियुक्ति, मधेश राजनीति, प्रदेश प्रमुख पदमुक्त, नेपाल समाचार

कार्तिक २६, २०८२। काठमाडौं दैनिक संवाददाता

Saroj yadav.मधेश प्रदेश मुख्यमन्त्री, सरोजकुमार यादव, सर्वोच्च अदालत, होटलमा शपथ, असंवैधानिक नियुक्ति, मधेश राजनीति, प्रदेश प्रमुख पदमुक्त, नेपाल समाचार

जनकपुर – मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथ ग्रहण प्रक्रियालाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै दीर्घकालीन प्रभाव पार्ने नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले मंगलबार आदेश दिँदै रिट संवेदनशील भएको उल्लेख गरेको छ र अन्तिम सुनुवाइ मंसिर ११ गते तोकेको छ।

एमाले नेता यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शनिबार राजीनामा दिएका जितेन्द्रप्रसाद सोनलको ठाउँमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। तर उनले महोत्तरीको पानस होटलमा शपथ ग्रहण गरेपछि विवाद चुलिएको हो।

विपक्षी दलका सांसदहरूले उक्त नियुक्तिलाई संविधानको धारा १६८(३) अन्तर्गत गरिएको “असंवैधानिक कदम” भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

मुख्यमन्त्री यादवले मंगलबार बिहान मधेश भवन पुगेर पदभार ग्रहण गर्दा कांग्रेस, माओवादी, जसपा, लोसपा लगायत सात दलका सांसदहरूले भवन अगाडि धर्ना र प्रदर्शन गरे।
स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले लाठीचार्ज गरेको थियो, जसमा दर्जनौं कार्यकर्ता घाइते भएका छन्।

मधेश प्रदेश मुख्यमन्त्री, सरोजकुमार यादव, सर्वोच्च अदालत, होटलमा शपथ, असंवैधानिक नियुक्ति, मधेश राजनीति, प्रदेश प्रमुख पदमुक्त, नेपाल समाचार

त्यसपछि अदालतको आदेश आएपछि विरोधरत दलहरूले “संविधानको जीत” भन्दै खुशी मनाए।

होटलमा शपथ खुवाएकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरेका छन्।
नयाँ प्रदेश प्रमुखको रूपमा सुरेन्द्र लाभ कर्णले मंगलबार शपथ ग्रहण गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १४, २०८२।   काठमाडौं दैनिक संवाददाता

रौतहटकी असई रागनीकुमारी यादव लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरकै सर्वोत्कृष्ट प्रहरी घोषित। घरेलु हिंसा र पीडित संरक्षणमा उत्कृष्ट योगदान भन्दै ४० हजार नगदसहित सम्मान।

रौतहट – घरेलु हिंसा न्यूनीकरणदेखि पीडितको संरक्षण सम्मका काममा उल्लेखनीय योगदान पुर्‍याउँदै रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनीकुमारी यादव यस वर्षको देशभरकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएकी छन्।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीमध्ये उनी पहिलो स्थानमा परेकी हुन्।

प्रहरी प्रधान कार्यालयले आइतबार आयोजित विशेष कार्यक्रममा ४० हजार रुपैयाँ नगद तथा प्रशंसापत्र प्रदान गर्दै असई रागनीको ‘प्रेरणादायी, प्रभावकारी र नागरिकमैत्री सेवाको’ प्रशंसा गरेको हो।

जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत असई रागनी घरेलु हिंसासम्बन्धी उजुरी दर्ता, हिंसापीडित महिलाको सुरक्षित आवास, खोजतलास, मिलापत्र प्रक्रियामा सक्रिय भूमिकाका कारण यो सम्मानकी योग्य ठहरिएकी हुन्।

जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार, देशभरका सेवा केन्द्रहरूमा कार्यरत प्रहरीमध्ये रागनी उत्कृष्ट भइन्, उनि वास्तवमै उदाहरणीय कर्मठ अधिकारी हुन्।

असई रागनी यादव, रौतहट प्रहरी, सर्वोत्कृष्ट प्रहरी, लैङ्गिक हिंसा, १६ दिने अभियान, घरेलु हिंसा, पीडित संरक्षण, नेपाल प्रहरी, गौर, महिला बालबालिका केन्द्र,
असई रागनी यादव

यसअन्तर्गत अर्घाखाँचीकी हवल्दार शान्ता खत्री दोस्रो हुँदै ३० हजार, सिन्धुलीकी हवल्दार उमा तामाङ तेस्रो हुँदै २० हजार नगद पुरस्कार सहित प्रशंसापत्र प्राप्त गरे। स्याङ्जाकी नायब निरीक्षक पूर्णिमा थापा र सुनसरीकी असई साजना प्रसाईंलाई १०/१० हजार सान्त्वना पुरस्कार दिइयो।

लैङ्गिक हिंसा नियंत्रण र पीडित संरक्षणमा सक्रिय प्रहरी अधिकारीहरूको योगदान कदर गर्न प्रहरी प्रधान कार्यालयले हरेक वर्ष यस्तै विशेष सम्मान प्रदान गर्दै आएको छ।