जेलबाट छुटेको दिनै श्रीमानले गरे श्रीमतीको हत्या

पर्वत हत्या, मोदी गाउँपालिका, वैवाहिक हिंसा, श्रीमतीको हत्या, नेपाली समाज, घरेलु हिंसा,

कार्तिक २५, २०८२।   राज नेपाली

पर्वत हत्या, मोदी गाउँपालिका, वैवाहिक हिंसा, श्रीमतीको हत्या, नेपाली समाज, घरेलु हिंसा,

काठमाडौं – पर्वतको मोदी गाउँपालिका–६ दराकमा सोमबार राति एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन्। प्रहरीका अनुसार ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीता विकमाथि कुटपिट गरी ज्यान मारेका हुन्।

स्थानीयका अनुसार जीतबहादुर सोही दिन दिउँसो मात्रै वैवाहिक जबर्जस्ती करणी मुद्दामा जेलबाट धरौटीमा छुटेका थिए। आश्चर्यजनक रूपमा उनलाई धरौटी तिरेर घर ल्याउने व्यक्ति श्रीमती सीता नै थिइन्। तर घर आइपुगेको केही घण्टामै श्रीमानले खाना खाइसकेपछि श्रीमतीमाथि कुटपिट गर्न थालेका थिए।

गम्भीर चोट लागेर बेहोस भएकी सीतालाई उद्धार गरी राति नै प्रदेश अस्पतालमा पुर्‍याइएको थियो। चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।

देउपुर प्रहरी चौकीका निरीक्षक सुदीप भण्डारीका अनुसार घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली पुगेको थियो। स्थानीयले नै जीतबहादुरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।

उनका तीन छोरा रोजगारीका लागि विदेशमा रहेका छन् भने घरमा बुहारीसहित चार जना सदस्य बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।