कुलमान घिसिङको नेतृत्वमा ‘उज्यालो नेपाल पार्टी ’ जेन–जी र बालेन समूहको साथ

kulman ghising. कुलमान घिसिङ, उज्यालो नेपाल पार्टी, सुधन गुरुङ, बालेन्द्र शाह, जनसेवा पार्टी, सुमना श्रेष्ठ, नेपाली राजनीति, नयाँ दल, जेन–जी आन्दोलन, निर्वाचन आयोग

कार्तिक २५, २०८२।   राज नेपाली

kulman ghising. कुलमान घिसिङ, उज्यालो नेपाल पार्टी, सुधन गुरुङ, बालेन्द्र शाह, जनसेवा पार्टी, सुमना श्रेष्ठ, नेपाली राजनीति, नयाँ दल, जेन–जी आन्दोलन, निर्वाचन आयोग

काठमाडौं – पूर्वऊर्जा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा नयाँ राजनीतिक शक्ति ‘उज्यालो नेपाल पार्टी’ गठनको तयारी तीव्र बनेको छ। उक्त दलको संयोजक पूर्वऊर्जा सचिव अनुप उपाध्याय हुने र दलमा जेन–जी आन्दोलनका अगुवा सुधन गुरुङ, साथै काठमाडौंका मेयर बालेन्द्र शाहको टिम समेत समेटिने भएको छ।

निर्वाचन आयोगमा यसअघि नै दर्ता प्रक्रिया अघि बढेको ‘उज्यालो नेपाल पार्टी’लाई अब घिसिङ पक्षले आधिकारिक रूपमा अघि बढाउने निर्णय गरेको हो। पार्टीको चुनाव चिन्ह ‘बलिरहेको बिजुलीको चिम’ प्रस्ताव गरिएको छ।

उपाध्यायका अनुसार पार्टीले “एक व्यक्ति, एक पद” सिद्धान्त पालन गर्नेछ। यस अनुसार, मन्त्री रहेका घिसिङ अहिले पार्टीको कार्यकारी भूमिकामा नहुने तर सरकारबाट फिर्ता भएपछि अध्यक्षको जिम्मेवारी लिने अपेक्षा गरिएको छ।

कुलमान घिसिङ नेतृत्वमा ‘उज्यालो नेपाल’ अघि बढ्ने निर्णय

संयोजक: पूर्वऊर्जा सचिव अनुप उपाध्याय

जेन–जी नेता सुधन गुरुङ र मेयर बालेन्द्र शाहको टिम पनि समेटिने

सुमना श्रेष्ठले ‘जनसेवा पार्टी’ अलग रूपमा बनाउने तयारी

चुनाव चिन्ह: बलिरहेको बिजुलीको चिम

यसैबीच रास्वपा परित्याग गरेकी सुमना श्रेष्ठले भने ‘उज्यालो नेपाल’ नाममा असहमति जनाउँदै छुट्टै ‘जनसेवा पार्टी’ गठन गर्ने निर्णय गरेकी छन्। उनले ‘काउन्सिल अफ लिडर्स’ अवधारणामा आधारित नयाँ पार्टी अगाडि बढाउने बताएकी छन्।

उज्यालो नेपाल पार्टीमा सुधन गुरुङले घोषणा गरेका सातै प्रदेशका जेन–जी संयोजकहरू पनि सहभागी हुने भएका छन्। तीमध्ये कोशीका उपार्जुन चाम्लिङ, मधेशका शिव यादव, बागमतीकी अफ्साना बानु, गण्डकीका प्रदीप पाण्डे, लुम्बिनीका आदित्य आचार्य, कर्णालीकी सुप्रिया शाही र सुदूरपश्चिमका खेमराज साउद रहेका छन् ।

घिसिङ पक्षले आगामी निर्वाचनका लागि ५१ सदस्यीय केन्द्रीय समिति तयार गरि दल दर्ताको अन्तिम चरणमा पुगेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १४, २०८२।   काठमाडौं दैनिक संवाददाता

रौतहटकी असई रागनीकुमारी यादव लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरकै सर्वोत्कृष्ट प्रहरी घोषित। घरेलु हिंसा र पीडित संरक्षणमा उत्कृष्ट योगदान भन्दै ४० हजार नगदसहित सम्मान।

रौतहट – घरेलु हिंसा न्यूनीकरणदेखि पीडितको संरक्षण सम्मका काममा उल्लेखनीय योगदान पुर्‍याउँदै रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनीकुमारी यादव यस वर्षको देशभरकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएकी छन्।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीमध्ये उनी पहिलो स्थानमा परेकी हुन्।

प्रहरी प्रधान कार्यालयले आइतबार आयोजित विशेष कार्यक्रममा ४० हजार रुपैयाँ नगद तथा प्रशंसापत्र प्रदान गर्दै असई रागनीको ‘प्रेरणादायी, प्रभावकारी र नागरिकमैत्री सेवाको’ प्रशंसा गरेको हो।

जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत असई रागनी घरेलु हिंसासम्बन्धी उजुरी दर्ता, हिंसापीडित महिलाको सुरक्षित आवास, खोजतलास, मिलापत्र प्रक्रियामा सक्रिय भूमिकाका कारण यो सम्मानकी योग्य ठहरिएकी हुन्।

जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार, देशभरका सेवा केन्द्रहरूमा कार्यरत प्रहरीमध्ये रागनी उत्कृष्ट भइन्, उनि वास्तवमै उदाहरणीय कर्मठ अधिकारी हुन्।

असई रागनी यादव, रौतहट प्रहरी, सर्वोत्कृष्ट प्रहरी, लैङ्गिक हिंसा, १६ दिने अभियान, घरेलु हिंसा, पीडित संरक्षण, नेपाल प्रहरी, गौर, महिला बालबालिका केन्द्र,
असई रागनी यादव

यसअन्तर्गत अर्घाखाँचीकी हवल्दार शान्ता खत्री दोस्रो हुँदै ३० हजार, सिन्धुलीकी हवल्दार उमा तामाङ तेस्रो हुँदै २० हजार नगद पुरस्कार सहित प्रशंसापत्र प्राप्त गरे। स्याङ्जाकी नायब निरीक्षक पूर्णिमा थापा र सुनसरीकी असई साजना प्रसाईंलाई १०/१० हजार सान्त्वना पुरस्कार दिइयो।

लैङ्गिक हिंसा नियंत्रण र पीडित संरक्षणमा सक्रिय प्रहरी अधिकारीहरूको योगदान कदर गर्न प्रहरी प्रधान कार्यालयले हरेक वर्ष यस्तै विशेष सम्मान प्रदान गर्दै आएको छ।