सर्वोच्चले निकोलस भूसालको रिट खारेज गर्दै भन्यो ‘पक्राउ गैरकानुनी होइन’

Niklos bhusal.डा. निकोलस भूसाल, सर्वोच्च अदालत, बन्दी प्रत्यक्षीकरण, पक्राउ, विवादास्पद अभिव्यक्ति, नेपाल प्रहरी, सर्वोच्चको निर्णय, सार्वजनिक शान्तिविरुद्ध, निकोलस भूसाल समाचार, Kathmandu News

कार्तिक २५, २०८२।   उपसना पौडेल

Niklos bhusal.डा. निकोलस भूसाल, सर्वोच्च अदालत, बन्दी प्रत्यक्षीकरण, पक्राउ, विवादास्पद अभिव्यक्ति, नेपाल प्रहरी, सर्वोच्चको निर्णय, सार्वजनिक शान्तिविरुद्ध, निकोलस भूसाल समाचार, Kathmandu News

काठमाडौं – विवादास्पद अभिव्यक्तिका कारण पक्राउ परेका डा. निकोलस भूसाललाई सर्वोच्च अदालतले छुट दिने आदेश अस्वीकार गरेको छ। उनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले भूसालको गिरफ्तारीलाई कानूनी रूपमा वैध ठहर गरेको हो।

सर्वोच्चले जारी गरेको परमादेशमा भूसालमाथि प्रहरीले गरेको पक्राउ सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तर्गत उचित रहेको व्याख्या गरिएको छ। रिट खारेजसँगै उनी अझै थुनामै रहने भएका छन्।

भूसाललाई प्रहरीले यहि १९ कात्तिकमा पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको थियो। उनले कात्तिक १६ गते सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, र तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने चेतावनी दिएका थिए।

त्यसअघि उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, र मेयर बालेन शाहसहितका नेताहरूविरुद्ध उत्तेजनात्मक तथा हिंसात्मक अभिव्यक्ति दिएका थिए।

भूसालले भदौ २३ गते ‘जेनजी आन्दोलनमा दमन भएको’ भन्दै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई ‘हत्यारा’ भनेका थिए। त्यसपछि उनलाई गोरखाबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।