उपचारको बहानामा कटेजमै मुख्यमन्त्री नियुक्ति : मधेश प्रदेशमा प्रदेश प्रमुखको कदमले मच्चायो राजनीतिक तरंग

मधेश प्रदेश, प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, सरोज कुमार यादव, एमाले, मुख्यमन्त्री नियुक्ति, जनकपुर, बर्दिवास, पानस कटेज, मधेश राजनीति, संविधान धारा १६८, राजनीतिक विवाद, नेपाली राजनीति

कार्तिक २४, २०८२।   राज नेपाली

मधेश प्रदेश, प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, सरोज कुमार यादव, एमाले, मुख्यमन्त्री नियुक्ति, जनकपुर, बर्दिवास, पानस कटेज, मधेश राजनीति, संविधान धारा १६८, राजनीतिक विवाद, नेपाली राजनीति

मधेश प्रदेश – सोमबार बिहान उपचारका लागि जनकपुरबाट काठमाडौं जाँदै गरेको भनिएकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बाटोमै बर्दिवासको पानस कटेज पुगेर एमाले नेता सरोज कुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छन्। संविधानको धारा १६८(३) अनुसार गरिएको यो निर्णयले प्रदेश राजनीतिमा नयाँ विवाद जन्माएको छ।

भण्डारी बिहान ४ बजे जनकपुर छोडेकी थिइन्। कामचलाउ मुख्यमन्त्री जितेन्द्र सोनलले उनलाई स्वास्थ्य लाभको शुभकामना दिएर बिदाइ गरेका थिए। तर केही घण्टामै उनले बर्दिवासमा पुगेर एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गर्दै होटलकै परिसरमा शपथ गराइन्।

त्यसैगरी एमालेका लखन दास तत्मा, नेपाल संघीय समाजवादी पार्टीकी बिमला अंसारी र राप्रपाकी कंचन बिच्छाले विना विभागीय मन्त्रीको शपथ ग्रहण गरे।

यस घटनापछि कांग्रेस, माओवादी, लोसपा, नेकपा (एस), जनमत र जसपा लगायत सात दलले भण्डारीको कदम असंवैधानिक र अवैधानिक भएको भन्दै विरोध जनाएका छन्। उनीहरू संविधानको धारा १६८(२) अनुसार बहुदलीय गठबन्धनको सरकार गठनको प्रक्रिया सुरु गर्न माग गर्दै आएका थिए।

आइतबार मात्रै भण्डारीले विभिन्न दलका नेताहरूसँग छलफल गरेर निर्णय पछि लिने बताएकी थिइन्। तर सोमबार बिहान नै “उपचारको बहाना” गर्दै उनले बर्दिवास पुगेर मुख्यमन्त्री नियुक्त गरेपछि राजनीतिक नैतिकता र संवैधानिक आचरणबारे प्रश्न उठेका छन्।

प्रदेश प्रमुखले जनकपुर छोडेर कटेजमा कार्यालय स्थापना गरेर मुख्यमन्त्री नियुक्त गरेको विषयले सामाजिक सञ्जालदेखि दलका शीर्ष नेतासम्म आलोचना खेपिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।