ओलीको एजेन्डामा कांग्रेसको साथ : संसद पुनर्स्थापनाको हस्ताक्षर अभियानले नयाँ राजनीतिक तरंग

प्रतिनिधिसभा पुनर्स्थापना, नेपाली कांग्रेस, केपी शर्मा ओली, एमाले आन्दोलन, हस्ताक्षर अभियान, सर्वोच्च अदालत, नेपालको राजनीति, संसद विघटन, जेनजी आन्दोलन

कार्तिक २३, २०८२।   राज नेपाली

प्रतिनिधिसभा पुनर्स्थापना, नेपाली कांग्रेस, केपी शर्मा ओली, एमाले आन्दोलन, हस्ताक्षर अभियान, सर्वोच्च अदालत, नेपालको राजनीति, संसद विघटन, जेनजी आन्दोलन

काठमाडौं – प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले पनि पुनर्स्थापनाको मागसहित हस्ताक्षर अभियान थालेका छन्। सुरुवातमा निर्वाचनको पक्षमा रहेको कांग्रेसभित्र यो कदमले एमालेको एजेन्डालाई बल पुर्‍याएको विश्लेषण भइरहेको छ।

एमालेले संसद पुनर्स्थापनाको माग अघि सार्दै सडक आन्दोलनको तयारी गरिरहेको बेला कांग्रेसभित्रका केही सांसदहरूले सर्वोच्च अदालतमा रिट दर्ताका लागि हस्ताक्षर अभियान सुरू गरेका छन् ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेको अगुवाइमा सुरु भएको अभियानको उद्देश्य अदालतमा “हामी पीडित हौं” भन्ने देखाउन भएको बताइएको छ। सिग्नेचर पार्टीमा बुझाउँछौं, तर निर्णय पार्टीकै एकताको आधारमा होस् भन्ने हाम्रो आग्रह हो, घिमिरेले भने।

नेपाली कांग्रेसले अहिलेसम्म संसद पुनर्स्थापनाबारे कुनै संस्थागत निर्णय गरेको छैन। पार्टीभित्रको मतभिन्नताका कारण यो कदमलाई संस्थापन र असन्तुष्ट पक्षबीचको नयाँ शक्ति परीक्षणको रूपमा हेरिएको छ।

यता एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिले नै पुनर्स्थापनाको मागलाई पार्टीको आधिकारिक एजेन्डा बनाएर आन्दोलन घोषणा गरिसकेका छन्। एमाले र कांग्रेस दुवैका सांसदहरूले अदालतमा पेश गर्न हस्ताक्षर संकलन गरिरहेका छन्।

राजनीतिक विश्लेषकहरूको भनाइमा, जेनजी आन्दोलनपछिको राजनीतिक भावनासँग मेल नखाने गरी पुनर्स्थापनाको प्रयासले मुलुकमा नयाँ राजनीतिक संकट निम्त्याउन सक्ने खतरा छ। तर समर्थकहरू भने यो संविधान र लोकतन्त्रको पुनःस्थापनाको प्रयास भएको तर्क गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।