झापा महिला गोल्डकप फाइनल: पुलिस र एपिएफ उपाधिका लागि भिड्दै, १० लाखको ट्रफी दाबी

झापा महिला गोल्डकप २०८२, एपिएफ महिला फुटबल, नेपाल पुलिस क्लब, झापा फुटबल फाइनल, दुधे रंगशाला, महिला फुटबल नेपाल, Police vs APF final, LVD Jhapa Gold Cup, झापा खेलकुद समाचार, महिला फुटबल पुरस्कार

कार्तिक २३, २०८२।   उपसना पौडेल

झापा महिला गोल्डकपको फाइनलमा विभागीय भिडन्त: पुलिस र एपिएफ उपाधि यात्रामा आमनेसामने

झापा महिला गोल्डकप २०८२, एपिएफ महिला फुटबल, नेपाल पुलिस क्लब, झापा फुटबल फाइनल, दुधे रंगशाला, महिला फुटबल नेपाल, Police vs APF final, LVD Jhapa Gold Cup, झापा खेलकुद समाचार, महिला फुटबल पुरस्कार

बिर्तामोड – झापाको शिवसताक्षी नगरपालिका–स्थित दुधे रंगशालामा सोमबारदेखि सुरु हुने एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा दुई विभागीय टिम एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब फाइनल उपाधिका लागि भिड्ने भएका छन्।

आइतबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानहरूले आफ्नो टोली उपाधिका लागि पूर्ण तयारी अवस्थामा रहेको बताएका थिए।

एपिएफका प्रशिक्षक जिवेश पाण्डेले भने, हाम्रो टोलीले अहिलेसम्म कुनै फाइनलमा हार व्यहोरेको छैन, यसपटक पनि उपाधि रक्षा गर्ने आत्मविश्वास छ।” कप्तान अनिता बस्नेतले थपिन्, एपिएफ सधैँ ट्रफीका लागि खेल्छ, झापामा पनि उपाधि थप्ने लक्ष्य छ।

पुलिसका प्रशिक्षक भोला सिलवालले भने, रेखा पौडेल र पूजा राना मगरको तालमेलले टोलीलाई मजबुत बनाएको छ। यो पटक हामी एपिएफलाई पराजित गर्दै उपाधि जित्नेछौँ।
त्यस्तै कप्तान अमृता जैशीले विगतका पराजयको बदला लिने दृढता व्यक्त गर्दै भनिन्, झापामै हामी एपिएफसँगको हारको हिसाब बराबर गर्दै ट्रफी लिएर फर्किनेछौँ।

एपिएफ महिला फुटबलमा सधैं बलियो टोलीको रूपमा चिनिँदै आएको छ। देशका धेरै राष्ट्रिय प्रतियोगितामा उपाधि जित्ने इतिहास रहेको एपिएफले फाइनलमा कहिल्यै हार व्यहोरेको छैन।

त्यस्तै नेपाल पुलिस क्लबले पछिल्लो समय अनुभवी खेलाडी रेखा पौडेल र पूजा राना मगरको पुनरागमनपछि बलियो टोली तयार पारेको छ।

सोमबार दिउँसो २ः३० बजे हुने फाइनल खेलमा झापाका फुटबलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार सामान्य टिकटको दर रु. ३०० र ५०० तथा भिआइपीका लागि रु. १,००० तोकिएको छ।

विजेता टोलीले १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
त्यस्तै उत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ, र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

झापाको दुधे रंगशाला सोमबार देशका शीर्ष महिला खेलाडीहरूको निर्णायक भिडन्तको साक्षी बन्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।