गभर्नर पौडेल: हामीसँग पैसा र स्रोत छ, अब चाहिएको मनोबल मात्र हो

गभर्नर विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंक, अर्थतन्त्र, आर्थिक पुनरुत्थान, सुशासन, सार्वजनिक खर्च, निजी लगानी, आर्थिक बहस, स्टार्टअप, डिजिटल रूपान्तरण

कार्तिक २३, २०८२।   उपसना पौडेल

हामीसँग पैसा र स्रोत छ, अब चाहिएको मनोबल मात्र हो”  गभर्नर पौडेल

गभर्नर विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंक, अर्थतन्त्र, आर्थिक पुनरुत्थान, सुशासन, सार्वजनिक खर्च, निजी लगानी, आर्थिक बहस, स्टार्टअप, डिजिटल रूपान्तरण

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले देशको अर्थतन्त्रलाई उकास्न अब ‘मनोबल’ नै निर्णायक तत्व बन्ने बताएका छन्।

राष्ट्रिय आर्थिक बहस २.० कार्यक्रममा सम्बोधन गर्दै गभर्नर पौडेलले भने, अर्थतन्त्र आत्मविश्वासमा निर्भर हुन्छ, विश्वास गरेमा मात्र उकासिन्छ। हामीसँग पैसा छ, स्रोत छ, सुशासन पनि छ, अब चाहिएको कुरा मनोबल हो।

पौडेलका अनुसार देशमा आर्थिक सूचकले मात्रै होइन, नागरिकको मनोबलले पनि आर्थिक गति निर्धारण गर्छ। हामीसँग वित्तीय क्षमता छ, तर मनोबल र लगानीको हिम्मत जगाउन सक्यौं भने अर्थतन्त्र पुनः गतिमा आउँछ उनले थपे।

गभर्नर पौडेलले सार्वजनिक खर्च र निजी लगानीलाई अर्थतन्त्रको मुख्य इन्धनका रूपमा व्याख्या गर्दै भने, अमेरिकाले महामन्दीपछि खर्च बढाएर अर्थतन्त्र उठायो, नेपालले पनि त्यही बाटो लिनुपर्ने हो।

उनले हालको आर्थिक संकटमा कालोसूचीमा परेका करिब डेढ लाख ऋणी र ‘एभरग्रिनिङ’ ऋणको समस्याले नयाँ उद्योग, व्यवसाय र स्टार्टअपहरू प्रभावित पारेको बताए। अक्षम उद्योगलाई स्वाभाविक रूपमा बाहिरिन दिनुपर्छ र नयाँ सोचलाई ठाउँ दिनुपर्छ उनले जोड दिए।

त्यसैगरी विश्वव्यापी डिजिटल रूपान्तरणको सन्दर्भमा गभर्नरले बैंकिङ, व्यापार र प्रशासनिक प्रणालीमा नयाँ प्रविधि अपनाउनुपर्नेमा जोड दिए। परिवर्तनसँग तालमेल गर्न नसक्ने संस्था ब्लकबस्टरजस्तै इतिहास बन्नेछन्, उनले उदाहरण दिँदै भने।

कार्यक्रमको अन्त्यमा उनले सरकारलाई खर्च बढाउन र निजी क्षेत्रलाई तीव्र गतिमा अघि बढ्न आग्रह गर्दै भने, जब सरकार र निजी क्षेत्र सँगसँगै अगाडि बढ्छन्, त्यतिबेला मात्र अर्थतन्त्रमा आत्मविश्वास फर्किन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कात्तिक २९, २०८२।   काठमाडौं दैनिक संवाददाता

पेट्रोल मूल्य वृद्धि,, डिजेल मूल्य नेपाल,, नेपाल आयल निगम,, IOC भाउ समायोजन,, इन्धन मूल्य अपडेट,, पेट्रोलियम मूल्य,, नेपालमा पेट्रोल कति,, डिजेल कति,, निगम मूल्य समायोजन,, अर्थ वाणिज्य खबर,, diyar

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः समायोजन गरेको छ। शनिबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोल प्रतिलिटर २ रुपैयाँ तथा डिजेल/मट्टितेल प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जलाई पहिलो वर्गमा वर्गीकरण गरेको छ। सुर्खेत र दाङ दोस्रो वर्गमा तथा काठमाडौं, पोखरा र दिपायल तेस्रो वर्गमा पर्छन्।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (IOC) बाट प्राप्त नयाँ खरिद मूल्यले नै मूल्य वृद्धि गर्न बाध्य बनाइएको हो। नयाँ दरअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ५४ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा वृद्धि भएर आएको निगमले जनाएको छ।

मूल्य समायोजनसँगै डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६० रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६१ रुपैयाँ तोकेको छ ।