मानुषी लघुवित्त नाफामा फर्कियो, प्रतिसेयर आम्दानी धनात्मक

कार्तिक २३, २०८२।   राज नेपाली

मानुषी लघुवित्त, Manushi Laghubitta, EPS धनात्मक, नाफा रिपोर्ट, लघुवित्त नाफा, अर्थ संसार, शेयर बजार, वित्तीय संस्था, आर्थिक समाचार

काठमाडौं – गत आर्थिक वर्षको सुरुवाती तीन महिनामा घाटा खेपेको मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड चालू आर्थिक वर्षको सोही अवधिमा नाफामा फर्किएको छ। कम्पनीले ४२ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाउँदै प्रतिसेयर आम्दानी (EPS) पनि धनात्मक बनाएको छ।

गत आवको असोज मसान्तसम्म कम्पनीको EPS ऋणात्मक २०.५४ रुपैयाँ रहेकोमा यस आवमा सोही सूचक १५.६९ रुपैयाँ धनात्मक भएको छ। साथै, सञ्चालन नाफा ५६ लाख १६ हजार घाटाबाट उक्लिएर ६१ लाख २७ हजार रुपैयाँ नाफामा पुगेको कम्पनीले जनाएको छ।

समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ३ करोड ३६ लाख ९० हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा वृद्धि हो। तर खुद ब्याज आम्दानी भने २ करोड ५९ लाख ९२ हजारबाट घटेर २ करोड ४३ लाख ६९ हजार रुपैयाँमा झरेको छ।

कम्पनीको खराब कर्जा ५.१३% बाट बढेर ६.१४% पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३३.६६ रुपैयाँ कायम छ। मानुषीको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ। रिजर्भ कोषमा ५ करोड ७३ लाख रुपैयाँ धनात्मक र जगेडा कोषमा २ करोड ४ लाख ९४ हजार रुपैयाँ ऋणात्मक छ।

हाल कम्पनीले १ अर्ब ४१ करोड ४७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको र १ अर्ब १२ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ३, २०८२।  काठमाडौं दैनिक संवाददाता

barahi ipo

काठमाडौं – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका दीर्घकालीन लक–इनमा रहेका करिब २० लाख सेयर आगामी पुस १ गतेदेखि अनलक हुँदैछन्। लक–इन अवधि सकिएसँगै संस्थापक, कर्मचारी र प्रभावित स्थानीयका हातमा रहेका सेयर बजारमा कारोबारयोग्य बन्नेछन्।

कम्पनीका अनुसार कुल १९ लाख ५७ हजार ८० कित्ता सेयर अनलक हुनेछन्। समूहगत विवरण यसप्रकार छ।

संस्थापक समूह : १८ लाख कित्ता

कर्मचारी : ११ हजार ८० कित्ता

आयोजना प्रभावित स्थानीय : १ लाख ४६ हजार कित्ता

यी सबै सेयर पुस १ गतेदेखि दोस्रो बजारमा कारोबार योग्य हुनेछन्, जसले बजारमा तरलता विस्तारसँगै शेयर आपूर्तिमा पनि प्रभाव पार्ने अनुमान गरिएको छ।

नेपाल धितोपत्र बोर्डमा बाराही हाइड्रोपावरका कुल २५ लाख कित्ता सेयर दर्ता छन्। कम्पनीले २०७९ मंसिर २१ देखि २८ सम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख ५४ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो।

उक्त आईपीओको बाँडफाँड २०७९ पुस ३ गते सम्पन्न भएको थियो, जसअनुसार सर्वसाधारणका लगानीकर्ताले सेयर प्राप्त गरेका थिए। बजार विश्लेषकहरूका अनुसार संस्थापक समूहका ठूलो परिमाणका सेयर अनलक हुँदा आपूर्ति बढ्ने सम्भावना रहन्छ। तर वास्तविक प्रभाव भने बजारको माग, बजार वातावरण र संस्थापकहरूको सेयर होल्ड गर्ने रणनीतिमा निर्भर हुने बताइएको छ।

लक–इन समाप्तिको जानकारी सेयर मूल्य उतार–चढावमा प्रभाव पार्न सक्ने भएकाले लगानीकर्तालाई तथ्यांक र बजार अवस्थाको अध्ययन गरेर मात्रै निर्णय लिन विज्ञहरुले सुझाव दिएका छन् ।