सौराहाबाट रास्वपाको संकल्प : स्वच्छ निर्वाचन र बलियो वैकल्पिक शक्ति निर्माणतर्फ कदम

रास्वपा, राष्ट्रिय स्वतन्त्र पार्टी, रवि लामिछाने, सौराहा बैठक, स्वर्णिम वाग्ले, डीपी अर्याल, फागुन २१ निर्वाचन, स्वच्छ निर्वाचन, वैकल्पिक शक्ति, मनिष झा, नेपाल राजनीति समाचार, RSP Nepal, clean election Nepal, Nepali politics 2082

कार्तिक २३, २०८२।   प्रयास लामा

रास्वपा, राष्ट्रिय स्वतन्त्र पार्टी, रवि लामिछाने, सौराहा बैठक, स्वर्णिम वाग्ले, डीपी अर्याल, फागुन २१ निर्वाचन, स्वच्छ निर्वाचन, वैकल्पिक शक्ति, मनिष झा, नेपाल राजनीति समाचार, RSP Nepal, clean election Nepal, Nepali politics 2082

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक शनिबार राति चितवनको सौराहामा सम्पन्न भएको छ। बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने प्रतिबद्धता जनाउँदै बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माणको दिशामा ठोस योजना अघि सारेको छ।

बैठकमा कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपक बोहरा लगायतका नेताहरूले प्रतिवेदन पेस गरेका थिए।

प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिअनुसार बैठकले निर्वाचन तयारी सुदृढ पार्न सबै तहका संगठनलाई परिचालन गर्न आह्वान गरेको छ।

रास्वपाले समानुपातिक उम्मेदवारीमा २५–४० वर्षका युवालाई २७ प्रतिशत र प्रवासी नेपालीलाई १० प्रतिशत स्थान दिने निर्णय गरेको छ। साथै, पार्टीको महाधिवेशन आगामी छ महिनाभित्र गर्ने प्रस्ताव पनि पारित भएको छ।

बैठकले जेन-जी आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनको निष्पक्ष छानबिन माग गर्दै दोषीमाथि कारबाही गर्न सरकारलाई आग्रह गरेको छ। रास्वपाले लोकतान्त्रिक अभ्यास सुदृढ गर्न सबै दललाई सक्रिय सहभागिताको आह्वान गर्दै देशमा वैकल्पिक राजनीतिक ध्रुवीकरण आवश्यक रहेको निष्कर्ष निकालेको छ।

रास्वपाद्वारा जारी गरिएको विज्ञपती: 

रास्वपा, राष्ट्रिय स्वतन्त्र पार्टी, रवि लामिछाने, सौराहा बैठक, स्वर्णिम वाग्ले, डीपी अर्याल, फागुन २१ निर्वाचन, स्वच्छ निर्वाचन, वैकल्पिक शक्ति, मनिष झा, नेपाल राजनीति समाचार, RSP Nepal, clean election Nepal, Nepali politics 2082

रास्वपा, राष्ट्रिय स्वतन्त्र पार्टी, रवि लामिछाने, सौराहा बैठक, स्वर्णिम वाग्ले, डीपी अर्याल, फागुन २१ निर्वाचन, स्वच्छ निर्वाचन, वैकल्पिक शक्ति, मनिष झा, नेपाल राजनीति समाचार, RSP Nepal, clean election Nepal, Nepali politics 2082

रास्वपा, राष्ट्रिय स्वतन्त्र पार्टी, रवि लामिछाने, सौराहा बैठक, स्वर्णिम वाग्ले, डीपी अर्याल, फागुन २१ निर्वाचन, स्वच्छ निर्वाचन, वैकल्पिक शक्ति, मनिष झा, नेपाल राजनीति समाचार, RSP Nepal, clean election Nepal, Nepali politics 2082

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।