कार्तिक २३, २०८२। प्रयास लामा

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक शनिबार राति चितवनको सौराहामा सम्पन्न भएको छ। बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने प्रतिबद्धता जनाउँदै बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माणको दिशामा ठोस योजना अघि सारेको छ।
बैठकमा कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपक बोहरा लगायतका नेताहरूले प्रतिवेदन पेस गरेका थिए।
प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिअनुसार बैठकले निर्वाचन तयारी सुदृढ पार्न सबै तहका संगठनलाई परिचालन गर्न आह्वान गरेको छ।
रास्वपाले समानुपातिक उम्मेदवारीमा २५–४० वर्षका युवालाई २७ प्रतिशत र प्रवासी नेपालीलाई १० प्रतिशत स्थान दिने निर्णय गरेको छ। साथै, पार्टीको महाधिवेशन आगामी छ महिनाभित्र गर्ने प्रस्ताव पनि पारित भएको छ।
बैठकले जेन-जी आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनको निष्पक्ष छानबिन माग गर्दै दोषीमाथि कारबाही गर्न सरकारलाई आग्रह गरेको छ। रास्वपाले लोकतान्त्रिक अभ्यास सुदृढ गर्न सबै दललाई सक्रिय सहभागिताको आह्वान गर्दै देशमा वैकल्पिक राजनीतिक ध्रुवीकरण आवश्यक रहेको निष्कर्ष निकालेको छ।
रास्वपाद्वारा जारी गरिएको विज्ञपती:













