साम्बाको धमाकेदार डेब्यु : वेलिंगटन फिनिक्सले ए-लिगमा क्यानबेरा युनाइटेडसँग बराबरी

सावित्रा भण्डारी, साम्बा, Wellington Phoenix, Canberra United, A-League Women, साम्बाको डेब्यु, वेलिंगटन बराबरी, Nepali football news, महिला फुटबल, हाम्रो खेलकुद

कार्तिक २२, २०८२।   उपसना पौडेल

सावित्रा भण्डारी, साम्बा, Wellington Phoenix, Canberra United, A-League Women, साम्बाको डेब्यु, वेलिंगटन बराबरी, Nepali football news, महिला फुटबल, हाम्रो खेलकुद

काठमाडौं – राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले अष्ट्रेलियन ए-लिग क्लब वेलिंगटन फिनिक्सबाट आफ्नो पहिलो खेल खेलेकी छिन्। उनको डेब्यु खेलमा फिनिक्सले क्यानबेरा युनाइटेडसँग १–१ को बराबरी खेलेको हो।

खेलमा पहिलो अग्रता क्यानबेराले लिएको थियो।
जोसेफिन ओलिसिनोले १८औं मिनेटमा गोल गर्दै टोलीलाई अगाडि लगाएकी थिइन्।
तर फिनिक्सका भान डेर मिरले ३९औं मिनेटमा बराबरी गोल गर्दै खेललाई रोमाञ्चक बनाइन्।

साम्बाले पहिलो हाफमै गोलको अवसर पाएकी थिइन् तर उनको प्रहार गोलकिपरले रोकेकी थिइन्। उनले खेलभर सक्रिय रहँदै कयौं आक्रमण अवसर सृजना गरेकी थिइन्।

सावित्रा भण्डारी, साम्बा, Wellington Phoenix, Canberra United, A-League Women, साम्बाको डेब्यु, वेलिंगटन बराबरी, Nepali football news, महिला फुटबल, हाम्रो खेलकुद

यो साम्बाको ए-लिगमा पहिलो खेल हो। उनी यसअघि फ्रान्सको डिभिजन–२ क्लब ‘सेंट मालो’ बाट खेल्दै आएकी थिइन्। वेलिंगटन फिनिक्समा अनुबन्धित भएपछि साम्बाले नयाँ अध्याय सुरु गरेकी छिन् ।

साम्बाको पहिलो खेलमा उच्च प्रदर्शन

फिनिक्सले दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत

१–१ को बराबरीमा समाप्त भएको खेल

दर्शकले साम्बाको खेललाई उत्साहपूर्वक स्वागत

साम्बा भन्छिन्, फिनिक्सको जर्सीमा पहिलो खेल खेल्न पाउनु गर्वको कुरा हो। अझ राम्रो प्रदर्शनका लागि म तयारी गर्दैछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।