Headlines

भारतको सहयोगमा नेपाली क्रिकेटको विकासमा नयाँ आयाम

नेपाल भारत क्रिकेट सहकार्य, नेपाली क्रिकेट प्रशिक्षण, BCCI training camp for Nepal, India Nepal cricket relations, World Cup qualification Nepal, Cricket development in Nepal, Nepali cricket team training in India, Youth cricket development Nepal

नेपाल भारत क्रिकेट सहकार्य, नेपाली क्रिकेट प्रशिक्षण, BCCI training camp for Nepal, India Nepal cricket relations, World Cup qualification Nepal, Cricket development in Nepal, Nepali cricket team training in India, Youth cricket development Nepalकाठमाडौं, साउन ७ – भारत र नेपालको सम्बन्ध पछिल्लो समय खेलकुदको माध्यमबाट अझ प्रगाढ बन्दै गएको छ। विशेषतः क्रिकेटको क्षेत्रमा भारतले दिएको निरन्तर सहयोगले नेपाली क्रिकेटको संरचना, खेलाडीको क्षमता र अन्तर्राष्ट्रिय तयारीमा उल्लेखनीय सुधार आएको देखिएको छ।

भारत सरकारले नेपाली क्रिकेट प्रतिभा उजागर गर्न र युवा खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण दिन हालका वर्षमा विशेष पहल गर्दै आएको छ। यो प्रयास अन्तर्गत भारतको बेंगलुरुस्थित बीसीसीआई सेन्टर अफ एक्सिलेन्स मा नेपाली पुरुष राष्ट्रिय टोलीले आगामी विश्वकप छनोटको तयारीका लागि साउन ६ देखि १७ (जुलाई २१–अगस्ट ३) सम्म विशेष प्रशिक्षण शिविर सञ्चालन गरिरहेको छ।

यसअघि सन् २०२४ जनवरीमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले नेपाल राष्ट्रिय टोलीसँग भेटघाट गरी भारत नेपाली क्रिकेटको साथमा रहेको सन्देश दिएका थिए। उक्त भेटले दुई देशबीचको क्रिकेट सहकार्यलाई औपचारिकता मात्र होइन दिगो सम्बन्धमा रुपान्तरण गर्न भूमिका खेलेको थियो।

नेपाल क्रिकेट संघ (क्यान) र भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को समन्वयमा विगत दुई वर्षयता प्रशिक्षण शिविर, अभ्यास प्रतियोगिता र खेलकुद सामग्री सहयोगलगायत थुप्रै पहलहरू भइरहेका छन्।

उदाहरणका लागि, २०२४ को अप्रिलमा भारतका बरोडा र गुजरात क्रिकेट संघसँग त्रिकोणात्मक टी–२० अभ्यास खेल भएको थियो भने मार्च २०२५ मा नेपाली यू–१९ टोलीले दिल्लीमा अभ्यास प्रतियोगिता खेलेको थियो।

यसैगरी, महिला टोलीले पनि दिल्लीमा प्रशिक्षण लिएर थाइल्याण्डमा भएको एसिया छनोटको फाइनलसम्मको यात्रा तय गर्न सकेको थियो। नेपाली यू–१९ महिला र पुरुष दुवै टोलीलाई भारतमा प्रशिक्षणका अवसर उपलब्ध गराइएको छ जसले उनीहरूको खेलदक्षता निखार्न सहयोग पुगेको छ।

सन् २०२५ को जुलाईमा काठमाडौंस्थित भारतीय दूतावासले तीन जना नेपाली यू–१९ क्रिकेटरलाई भोपालमा एक महिनाको व्यावसायिक प्रशिक्षण कार्यक्रममा सहभागी गराएको थियो। यसअघि, सन् २०१३ मा भारतले क्यानलाई क्रिकेट बस र २०२३ मा खेल सामग्री सहयोग गरेको थियो।

क्रिकेटको माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ बलियो बन्नुका साथै नेपालका युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको अवसर उपलब्ध गराउनु, भविष्यका लागि सशक्त आधार निर्माण हुनुमा भारतको योगदान उल्लेखनीय मानिएको छ। यस्तो सहयोगले नेपाललाई क्रिकेटको मञ्चमा अझ सशक्त उपस्थिति बनाउने दिशामा मद्दत गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *