मधेशका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेश प्रदेश, मुख्यमन्त्री सोनल, विश्वासको मत, प्रदेशसभा, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, मधेश राजनीति, प्रदेश सरकार, गठबन्धन

कार्तिक २२, २०८२।  राज नेपाली

मधेश प्रदेश, मुख्यमन्त्री सोनल, विश्वासको मत, प्रदेशसभा, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, मधेश राजनीति, प्रदेश सरकार, गठबन्धन

जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनल (सोनल) आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। संवैधानिक व्यवस्थाअनुसार नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले उनले दिउँसो १ बजे प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्।

सोनल असोज २९ गते पाँच दलका ५६ सांसदको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए। कुल १०७ सदस्यीय प्रदेशसभामा हाल १०४ सदस्य रहेका छन्। बहुमतका लागि ५३ मत आवश्यक पर्ने भएकाले, गठबन्धन दलहरूको समर्थनमा उनी सहजै विश्वासको मत प्राप्त गर्ने अपेक्षा गरिएको छ।

हालको गठबन्धनमा जसपा नेपालका १८, जनमत पार्टीका ११, माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा (एकीकृत समाजवादी) का ७, नागरिक उन्मुक्ति पार्टीका १ र नेपाल संघीय समाजवादी पार्टीका १ जना सांसद छन्। यी सबैले सरकारलाई समर्थन जनाएका छन्।

यद्यपि दुई सांसद अभिराम शर्मा र सरोज सिंह कुशवाह हाल निलम्बित छन्। मुख्य प्रतिपक्षी एमाले, कांग्रेस, जनस्वराज पार्टी र राप्रपा भने विपक्षमा रहने तयारीमा छन्।

सत्तारुढ दलहरूले स्थिर सरकार र विकासमुखी नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाएका छन्। सोनलले विश्वासको मत पाएका खण्डमा उनले प्रदेशमा सुशासन र आर्थिक समृद्धिलाई प्राथमिकता दिने घोषणा गर्ने तयारी गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।