पार्टी खोल्दै कुलमान घिसिङ

कुलमान घिसिङ, उज्यालो नेपाल पार्टी, बल्ब चिन्ह, नयाँ राजनीतिक दल, विवेकशील साझा, जेन–जी आन्दोलन, वैकल्पिक राजनीति, नेपाली राजनीति २०८२, चुनाव २०८२, रवि लामिछाने, सुमना श्रेष्ठ, रास्वपा, नेपाल विद्युत प्राधिकरण

कार्तिक २१, २०८२।  प्रयास लामा

कुलमान घिसिङ, उज्यालो नेपाल पार्टी, बल्ब चिन्ह, नयाँ राजनीतिक दल, विवेकशील साझा, जेन–जी आन्दोलन, वैकल्पिक राजनीति, नेपाली राजनीति २०८२, चुनाव २०८२, रवि लामिछाने, सुमना श्रेष्ठ, रास्वपा, नेपाल विद्युत प्राधिकरण

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी प्रमुख  लोडसेडिङ अन्त्य गरेर लोकप्रियता कमाएका कुलमान घिसिङ अब औपचारिक रूपमा राजनीतिक यात्रामा उत्रिने तयारीमा छन्। वैकल्पिक राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयास असफल भएपछि उनी ‘उज्यालो नेपाल पार्टी’ नामक नयाँ दल गठन गर्ने अन्तिम तयारीमा रहेको स्रोतहरूले जनाएका छन्।

कुलमान घिसिङले नयाँ राजनीतिक दल खोल्ने तयारी तीव्र पारेका छन्।

बल्ब चिन्हसहित ‘उज्यालो नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता प्रक्रिया अघि बढेको छ।

विवेकशील साझा, जेन–जी फ्रन्ट र अन्य दलहरूसँग सहकार्यका प्रयास असफल भएपछि उनले एकल नेतृत्वमा अघि बढ्ने निष्कर्ष निकालेका छन्।

कुलमान अहिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री समेत रहेका छन् र आगामी चुनाव अघि मन्त्री पदबाट राजीनामा दिनेबारे अन्तिम छलफल भइरहेको बताइएको छ।

कुलमानले जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बनेका कुलमानले अहिले २१ फागुनमा हुने आगामी निर्वाचनलाई लक्षित गर्दै उनले नयाँ दलको तयारीलाई तीव्र पारेका छन्।

उनले विवेकशील साझा पार्टीका केही पूर्वनेता, रक्षा बमको नेपाल जेन–जी फ्रन्ट, र नागरिक उन्मुक्ति पार्टीसँग समेत सहकार्यका सम्भावनाबारे कुरा गरेका थिए। तर पार्टीको नाम र चुनाव चिह्नमा सहमति नजुटेपछि उनले एकल नेतृत्वमा अघि बढ्ने निर्णय लिएका छन्।

विवेकशील पृष्ठभूमिका नेताहरूले सामूहिक नेतृत्वको प्रस्ताव गरे पनि कुलमानले ‘बल्ब’ चिन्हमा आधारित आफ्नै ब्रान्ड निर्माण गर्ने चाहना प्रकट गरेका छन्। स्रोतका अनुसार दल दर्ता प्रक्रिया गत असोजमै सुरु भइसकेको छ।

यसैबीच रास्वपासँगको प्रारम्भिक संवाद भने बीचमै रोकिएको छ। कुलमानले रवि लामिछानेले पार्टी सभापति पद छाडे नेतृत्व लिन तयार रहेको सन्देश दिएका थिए तर सहमति जुटन नसकेको स्रोतले जनाइएको छ

‘उज्यालो नेपाल पार्टी’को मुख्य नारा ऊर्जा, सुशासन र विकासमुखी राजनीतिलाई प्राथमिकता दिने भएको छ। पार्टीको चुनाव चिन्ह ‘बल्ब’ प्रतीकात्मक रूपमा “अँध्यारोबाट उज्यालोतर्फको यात्रा” जनाउने बताइएको छ। दलको प्रारम्भिक समिति गठन भइरहेको छ र जिल्ला–प्रदेश तहमा संगठन विस्तारको तयारी समेत भइरहेको छ।

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिलन पाण्डेले भने, कुलमानजी नेतृत्वमा नयाँ पार्टी बन्नु स्वाभाविक हो तर जेन–जी आन्दोलनको म्यान्डेट समेट्न सबै वैकल्पिक शक्ति एकजुट हुन जरुरी छ। जेन–जी फ्रन्टका एक नेताले भने, हामी सामूहिक नेतृत्व र सहकार्यको पक्षमा छौं। एकल नेतृत्वले भविष्यमा चुनौती सिर्जना गर्न सक्छ।

रास्वपाबाट अलग भएकी नेतृ सुमना श्रेष्ठले पनि भनिन्, जेन–जी आन्दोलनको मर्म बोक्ने, युवा र इमानदार राजनीतिक विकल्प अब अनिवार्य छ। कुलमानजीको कदम त्यस दिशातर्फको संकेत हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।