Headlines

एमाले केन्द्रीय कमिटी बैठकमा ओलीलाई नेतृत्व हस्तान्तरण गर्न माग

केपी ओली नेतृत्व हस्तान्तरण, एमाले केन्द्रीय कमिटी २०८२, उषाकिरण तिम्सेना एमाले, एमाले विधान सुधार, UML central meeting 2025, UML leadership change demand, Oli retirement demand, UML youth leadership, UML mission 84

काठमाडौं, साउन ७ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग उठेको छ। बैठकमा केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले ओलीले दुई कार्यकाल पूरा गरिसकेकाले नयाँ पुस्तालाई स्थान दिनु समयको माग भएको बताइन्।

तिम्सेनाले भनिन्, वर्तमान अध्यक्ष कमरेडले दुई कार्यकाल अध्यक्ष चलाइसक्नु भयो। अब निसर्त नेतृत्व हस्तान्तरण र पुस्तान्तरण परिवर्तनको विषय हो।

उनले पार्टीको विधानमा सुधार गरी ‘व्यक्ति केन्द्रित’ संरचना हटाएर संस्थागत प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिइन्। साथै उनले पार्टी सदस्यता फौजदारी अभियोग नलागी खोस्न नपाइने व्यवस्थाको मागसमेत गरिन्।

तिम्सेनाले पार्टी सरकारमा हुँदा पनि, प्रतिपक्षमा हुँदा पनि “घेराबन्दी” भएको भन्ने मानसिकता त्याग्न आग्रह गरिन्। उनले प्रश्न गरिन्, “हामी मिसन ८४ भनिरहेका छौं तर एक तिहाइले राज्यसत्ता चलाउँदा पनि जनतालाई ८४ देखाएर हुन्छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *