कर्णालीमा जनार्दन शर्मा कमजोर: आफ्नै गृहजिल्लामा माओवादी नेताहरू प्रचण्डको पक्षमा

जनार्दन शर्मा, कर्णाली राजनीति, माओवादी केन्द्र, पुष्पकमल दाहाल, रुकुम पश्चिम, प्रगतिशील अभियान नेपाल, नेपाल राजनीति समाचार, नेकपा माओवादी

कार्तिक २०, २०८२।   प्रयास लामा 

जनार्दन शर्मा, कर्णाली राजनीति, माओवादी केन्द्र, पुष्पकमल दाहाल, रुकुम पश्चिम, प्रगतिशील अभियान नेपाल, नेपाल राजनीति समाचार, नेकपा माओवादी

काठमाडौं – नेकपा माओवादी केन्द्र परित्याग गरेर नयाँ राजनीतिक समूह ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गरेका पूर्वमन्त्री जनार्दन शर्मा गृहप्रदेश कर्णालीमा राजनीतिक रूपमा कमजोर देखिएका छन्।

शर्माको गृहजिल्ला रुकुम पश्चिमका अधिकांश माओवादी नेताहरू मंगलबार सम्पन्न माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक र बुधबारको पार्टी एकता राष्ट्रिय सम्मेलन दुवैमा सहभागी भएका छन्।

कर्णाली प्रदेश अध्यक्ष विमला केसी, जिल्ला संयोजक सचिन रोका, जिल्ला इन्चार्ज बसन्त शर्मा, र लामो समयसम्म शर्माकै नजिक रहेका केन्द्रीय सदस्य गोपाल शर्मालगायत नेताहरू माओवादी केन्द्रको पक्षमा देखिएका हुन्।

शर्माको पक्षमा अहिले पूर्वमुख्यमन्त्री राजकुमार शर्मा, केन्द्रीय सदस्य लक्ष्मी पुन, र आठबीसकोट नगरपालिकाका पूर्वप्रमुख गोर्खबहादुर केसी मात्र खुलेर उभिएका छन्।

गत साता काठमाडौंमा सम्पन्न माओवादीको सातौं पूर्ण बैठकमा कर्णालीका ६५ केन्द्रीय सदस्यमध्ये ५३ जनाले अध्यक्ष दाहालको पक्षमा धारणा राखेका थिए भने शर्माको पक्षमा मात्र राजकुमार शर्मा थिए।

शर्मा कर्णालीको माओवादी राजनीतिमा कुशल रणनीतिकार र निर्णायक नेताको रूपमा चिनिँदै आएका भए पनि अहिले उनको प्रभाव घट्दो क्रममा छ। राजनीतिक विश्लेषक जीवन केसी भन्छन्, उनले बनाएका धेरै राजनीतिक पात्रहरूले समेत साथ छोड्दा उनको प्रभाव अहिले कमजोर बन्यो। पुरानो वर्चस्व फिर्ता पाउन उनलाई निकै मेहनत गर्नुपर्ने देखिन्छ।

शर्मा २०६४ सालदेखि निरन्तर रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै आएका छन्। उनले ऊर्जा, गृह, अर्थ लगायतका मन्त्रालय सम्हालीसकेका छन्। तर २०७८ सालको आठौं महाधिवेशनपछि दाहालसँगको मतभेद तीव्र बनेपछि उनी अलग मार्गमा हिँडेका थिए।

त्यसयता पार्टीका बैठकमा उनी भिन्न मत राख्ने र नेतृत्वविरुद्ध प्रश्न उठाउने नेताका रूपमा देखिँदै आएका थिए। पार्टीभित्र लामो समयसम्म बलियो मानिएका शर्मा अहिले अलग्गै अभियानमा लागेका छन् तर कर्णालीमा उनी पुनः प्रभावशाली बन्ने कि सक्किने भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।