कर्णालीमा जनार्दन शर्मा कमजोर: आफ्नै गृहजिल्लामा माओवादी नेताहरू प्रचण्डको पक्षमा

जनार्दन शर्मा, कर्णाली राजनीति, माओवादी केन्द्र, पुष्पकमल दाहाल, रुकुम पश्चिम, प्रगतिशील अभियान नेपाल, नेपाल राजनीति समाचार, नेकपा माओवादी

कार्तिक २०, २०८२।   प्रयास लामा 

जनार्दन शर्मा, कर्णाली राजनीति, माओवादी केन्द्र, पुष्पकमल दाहाल, रुकुम पश्चिम, प्रगतिशील अभियान नेपाल, नेपाल राजनीति समाचार, नेकपा माओवादी

काठमाडौं – नेकपा माओवादी केन्द्र परित्याग गरेर नयाँ राजनीतिक समूह ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गरेका पूर्वमन्त्री जनार्दन शर्मा गृहप्रदेश कर्णालीमा राजनीतिक रूपमा कमजोर देखिएका छन्।

शर्माको गृहजिल्ला रुकुम पश्चिमका अधिकांश माओवादी नेताहरू मंगलबार सम्पन्न माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक र बुधबारको पार्टी एकता राष्ट्रिय सम्मेलन दुवैमा सहभागी भएका छन्।

कर्णाली प्रदेश अध्यक्ष विमला केसी, जिल्ला संयोजक सचिन रोका, जिल्ला इन्चार्ज बसन्त शर्मा, र लामो समयसम्म शर्माकै नजिक रहेका केन्द्रीय सदस्य गोपाल शर्मालगायत नेताहरू माओवादी केन्द्रको पक्षमा देखिएका हुन्।

शर्माको पक्षमा अहिले पूर्वमुख्यमन्त्री राजकुमार शर्मा, केन्द्रीय सदस्य लक्ष्मी पुन, र आठबीसकोट नगरपालिकाका पूर्वप्रमुख गोर्खबहादुर केसी मात्र खुलेर उभिएका छन्।

गत साता काठमाडौंमा सम्पन्न माओवादीको सातौं पूर्ण बैठकमा कर्णालीका ६५ केन्द्रीय सदस्यमध्ये ५३ जनाले अध्यक्ष दाहालको पक्षमा धारणा राखेका थिए भने शर्माको पक्षमा मात्र राजकुमार शर्मा थिए।

शर्मा कर्णालीको माओवादी राजनीतिमा कुशल रणनीतिकार र निर्णायक नेताको रूपमा चिनिँदै आएका भए पनि अहिले उनको प्रभाव घट्दो क्रममा छ। राजनीतिक विश्लेषक जीवन केसी भन्छन्, उनले बनाएका धेरै राजनीतिक पात्रहरूले समेत साथ छोड्दा उनको प्रभाव अहिले कमजोर बन्यो। पुरानो वर्चस्व फिर्ता पाउन उनलाई निकै मेहनत गर्नुपर्ने देखिन्छ।

शर्मा २०६४ सालदेखि निरन्तर रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै आएका छन्। उनले ऊर्जा, गृह, अर्थ लगायतका मन्त्रालय सम्हालीसकेका छन्। तर २०७८ सालको आठौं महाधिवेशनपछि दाहालसँगको मतभेद तीव्र बनेपछि उनी अलग मार्गमा हिँडेका थिए।

त्यसयता पार्टीका बैठकमा उनी भिन्न मत राख्ने र नेतृत्वविरुद्ध प्रश्न उठाउने नेताका रूपमा देखिँदै आएका थिए। पार्टीभित्र लामो समयसम्म बलियो मानिएका शर्मा अहिले अलग्गै अभियानमा लागेका छन् तर कर्णालीमा उनी पुनः प्रभावशाली बन्ने कि सक्किने भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १४, २०८२।   काठमाडौं दैनिक संवाददाता

रौतहटकी असई रागनीकुमारी यादव लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरकै सर्वोत्कृष्ट प्रहरी घोषित। घरेलु हिंसा र पीडित संरक्षणमा उत्कृष्ट योगदान भन्दै ४० हजार नगदसहित सम्मान।

रौतहट – घरेलु हिंसा न्यूनीकरणदेखि पीडितको संरक्षण सम्मका काममा उल्लेखनीय योगदान पुर्‍याउँदै रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनीकुमारी यादव यस वर्षको देशभरकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएकी छन्।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीमध्ये उनी पहिलो स्थानमा परेकी हुन्।

प्रहरी प्रधान कार्यालयले आइतबार आयोजित विशेष कार्यक्रममा ४० हजार रुपैयाँ नगद तथा प्रशंसापत्र प्रदान गर्दै असई रागनीको ‘प्रेरणादायी, प्रभावकारी र नागरिकमैत्री सेवाको’ प्रशंसा गरेको हो।

जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत असई रागनी घरेलु हिंसासम्बन्धी उजुरी दर्ता, हिंसापीडित महिलाको सुरक्षित आवास, खोजतलास, मिलापत्र प्रक्रियामा सक्रिय भूमिकाका कारण यो सम्मानकी योग्य ठहरिएकी हुन्।

जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार, देशभरका सेवा केन्द्रहरूमा कार्यरत प्रहरीमध्ये रागनी उत्कृष्ट भइन्, उनि वास्तवमै उदाहरणीय कर्मठ अधिकारी हुन्।

असई रागनी यादव, रौतहट प्रहरी, सर्वोत्कृष्ट प्रहरी, लैङ्गिक हिंसा, १६ दिने अभियान, घरेलु हिंसा, पीडित संरक्षण, नेपाल प्रहरी, गौर, महिला बालबालिका केन्द्र,
असई रागनी यादव

यसअन्तर्गत अर्घाखाँचीकी हवल्दार शान्ता खत्री दोस्रो हुँदै ३० हजार, सिन्धुलीकी हवल्दार उमा तामाङ तेस्रो हुँदै २० हजार नगद पुरस्कार सहित प्रशंसापत्र प्राप्त गरे। स्याङ्जाकी नायब निरीक्षक पूर्णिमा थापा र सुनसरीकी असई साजना प्रसाईंलाई १०/१० हजार सान्त्वना पुरस्कार दिइयो।

लैङ्गिक हिंसा नियंत्रण र पीडित संरक्षणमा सक्रिय प्रहरी अधिकारीहरूको योगदान कदर गर्न प्रहरी प्रधान कार्यालयले हरेक वर्ष यस्तै विशेष सम्मान प्रदान गर्दै आएको छ।