Headlines

कोरियामा तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई ७ स्वर्ण पदक

नेपाल तेक्वान्दो, अन्तर्राष्ट्रिय तेक्वान्दो पदक, सिओङनाम ओपन, पार्क चुंग ही कप, तेक्वान्दो स्वर्ण पदक नेपाल, नेपाली खेलाडी सफलता

नेपाल तेक्वान्दो, अन्तर्राष्ट्रिय तेक्वान्दो पदक, सिओङनाम ओपन, पार्क चुंग ही कप, तेक्वान्दो स्वर्ण पदक नेपाल, नेपाली खेलाडी सफलता

काठमाडौं,साउन ५ – कोरियामा आयोजित दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरूले ७ स्वर्ण, ३ रजत र १ कास्य पदक जित्दै ऐतिहासिक सफलता हासिल गरेका छन्।

कोरियाको सिओङनाम शहरमा सम्पन्न ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले प्रभावशाली प्रदर्शन गर्दै ५ स्वर्ण, १ रजत र १ कास्य पदक जित्न सफल भएका हुन्।

स्वर्ण पदक विजेता:

सीता तामाङ र प्रेम बहादुर लिम्बु (४० वर्ष समूह):
इन्डिभिजुअल र पेयर इभेन्ट दुवैमा स्वर्ण जित्दै डबल स्वर्ण पदक विजेता बने।
रमिला तामाङ (३० वर्ष समूह):
इन्डिभिजुअल पुम्से इभेन्टमा स्वर्ण जितिन्।
जित बहादुर बोट र अञ्जन चौधरी (४० वर्ष समूह):
पेयर इभेन्टमा स्वर्ण जिते।

अन्य पदक:
जित बहादुर बोट: इन्डिभिजुअल इभेन्टमा रजत
अञ्जन चौधरी: इन्डिभिजुअल इभेन्टमा कास्य

यसैगरी अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता “पार्क चुंग-ही कप ओपन” मा पनि नेपालका खेलाडीले उत्कृष्ट प्रदर्शन गरे।

अश्मिन राउत र निशा दर्नाल (३० वर्ष समूह):
इन्डिभिजुअल इभेन्ट मा दुवैले स्वर्ण,
पेयर इभेन्ट मा रजत पदक जिते।

नेपाल बाट ५ खेलाडीहरुको सहभागिता रहेको अवस्थामा यति ठूलो सफलता हासिल गर्नु नेपाली तेक्वान्दोको लागि उल्लेखनीय उपलब्धि हो। प्रशिक्षक, खेलाडी र व्यवस्थापक सबैको समर्पण र मेहनतले नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको छ ।

नेपाल तेक्वान्दो, अन्तर्राष्ट्रिय तेक्वान्दो पदक, सिओङनाम ओपन, पार्क चुंग ही कप, तेक्वान्दो स्वर्ण पदक नेपाल, नेपाली खेलाडी सफलता

“यो स्वर्ण जित्नु केवल व्यक्तिगत सफलताको कुरा होइन यो सम्पूर्ण नेपाली खेलकुदको जित हो, स्वर्ण पदक विजेता रमिला तामाङ भन्छिन्, कोरियन खेलाडीहरूलाई उनीहरूको देशमै पराजित गर्नु गर्वको विषय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *