सुशीला कार्की प्रधानमन्त्री बन्ने सहमति, संसद् विघटनमा अझै विवाद

सुशीला कार्की, प्रधानमन्त्री नियुक्ति, अन्तरिम सरकार, संसद् विघटन, राष्ट्रपति रामचन्द्र पौडेल, शीतल निवास छलफल, नेपाल राजनीति समाचार, जेनजी आन्दोलन, आन्दोलन मृतक, सरकार गठन विवाद

सुशीला कार्की, प्रधानमन्त्री नियुक्ति, अन्तरिम सरकार, संसद् विघटन, राष्ट्रपति रामचन्द्र पौडेल, शीतल निवास छलफल, नेपाल राजनीति समाचार, जेनजी आन्दोलन, आन्दोलन मृतक, सरकार गठन विवाद

भदौ २७, २०८२।

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जनाएका छन्। तर संसद् विघटनको एजेन्डामा भने अझै सहमति जुट्न सकेको छैन।

शीतल निवासमा बिहीबार राति देखि शुक्रबार बिहानसम्म चलेको बैठकमा राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की, प्रधानसेनापति अशोकराज सिग्देललगायतको उपस्थितिमा लामो छलफल भएको थियो। बैठकमा अन्तरिम सरकार गठनमा सहमति भए पनि संसद् विघटनबारे संविधानिक जटिलता देखिएको सहभागी अधिकारीहरूले बताएका छन्।

भ्रष्टाचार,अनियमितता र बेथितिविरुद्ध जेन-जीहरूले सुरु गरेको आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री हुने तय भएको हो ।

बिहीबार रातिदेखि शीतल निवासमा सुरु छलफल शुक्रबार बिहान उज्यालो हुने बेलासम्मै चलेको थियो । छलफलमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश कार्कीसहित सफल कानुनविद् ओमप्रकाश अर्याल सहभागी थिए ।

नयाँ सरकार प्रमुख कसलाई र कसरी बनाउने भन्ने विषयमा यसबीचमा राष्ट्रपतिले संविधानविद्का अलावा सभामुख देवराज घिमिरे र केही प्रमुख नेताहरूसँग छलफल गरेका थिए ।

कोहीसँग टेलिफोनमा त कोहीसँग राष्ट्रपतिले प्रत्यक्ष भेटेर नयाँ सरकार प्रमुखको नियुक्ति कसरी गर्ने भन्ने विषयमा छलफल गरेका थिए । स्रोतका अनुसार सभामुख घिमिरेका अलावा माओवादी नेता वर्षामान पुन पनि राति नै छलफलका लागि शीतल निवास पुगेका थिए । पुनमार्फत नै राष्ट्रपति पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका थिए । स्रोतका अनुसार राति नै शीतल निवासमा थप छलफलका लागि कांग्रेस नेता रमेश लेखक र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि पुगेका हुन् ।

जेनजी आन्दोलनको बलमा कार्कीलाई प्रधानमन्त्री बनाउने तयारी भएको हो। सोमबारको आन्दोलनमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा ३० भन्दा बढीको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन्।

शुक्रबार फेरि छलफल गरेर अन्तिम टुंगो लगाइने स्रोतको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १४, २०८२।   काठमाडौं दैनिक संवाददाता

रौतहटकी असई रागनीकुमारी यादव लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरकै सर्वोत्कृष्ट प्रहरी घोषित। घरेलु हिंसा र पीडित संरक्षणमा उत्कृष्ट योगदान भन्दै ४० हजार नगदसहित सम्मान।

रौतहट – घरेलु हिंसा न्यूनीकरणदेखि पीडितको संरक्षण सम्मका काममा उल्लेखनीय योगदान पुर्‍याउँदै रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनीकुमारी यादव यस वर्षको देशभरकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएकी छन्।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीमध्ये उनी पहिलो स्थानमा परेकी हुन्।

प्रहरी प्रधान कार्यालयले आइतबार आयोजित विशेष कार्यक्रममा ४० हजार रुपैयाँ नगद तथा प्रशंसापत्र प्रदान गर्दै असई रागनीको ‘प्रेरणादायी, प्रभावकारी र नागरिकमैत्री सेवाको’ प्रशंसा गरेको हो।

जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत असई रागनी घरेलु हिंसासम्बन्धी उजुरी दर्ता, हिंसापीडित महिलाको सुरक्षित आवास, खोजतलास, मिलापत्र प्रक्रियामा सक्रिय भूमिकाका कारण यो सम्मानकी योग्य ठहरिएकी हुन्।

जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार, देशभरका सेवा केन्द्रहरूमा कार्यरत प्रहरीमध्ये रागनी उत्कृष्ट भइन्, उनि वास्तवमै उदाहरणीय कर्मठ अधिकारी हुन्।

असई रागनी यादव, रौतहट प्रहरी, सर्वोत्कृष्ट प्रहरी, लैङ्गिक हिंसा, १६ दिने अभियान, घरेलु हिंसा, पीडित संरक्षण, नेपाल प्रहरी, गौर, महिला बालबालिका केन्द्र,
असई रागनी यादव

यसअन्तर्गत अर्घाखाँचीकी हवल्दार शान्ता खत्री दोस्रो हुँदै ३० हजार, सिन्धुलीकी हवल्दार उमा तामाङ तेस्रो हुँदै २० हजार नगद पुरस्कार सहित प्रशंसापत्र प्राप्त गरे। स्याङ्जाकी नायब निरीक्षक पूर्णिमा थापा र सुनसरीकी असई साजना प्रसाईंलाई १०/१० हजार सान्त्वना पुरस्कार दिइयो।

लैङ्गिक हिंसा नियंत्रण र पीडित संरक्षणमा सक्रिय प्रहरी अधिकारीहरूको योगदान कदर गर्न प्रहरी प्रधान कार्यालयले हरेक वर्ष यस्तै विशेष सम्मान प्रदान गर्दै आएको छ।