रास्वपाले रूपन्देही उपनिर्वाचन उमेदवार घोषणा गर्दै, ९ आकांक्षीले रविलाई भेट्दै

रूपन्देही उपनिर्वाचन २०८२, रास्वपा उम्मेदवार घोषणा, रवि लामिछाने भेट, राष्ट्रिय स्वतन्त्र पार्टी, रूपन्देही–३ निर्वाचन, नेपाल राजनीति समाचार, रास्वपा रूपन्देही उपनिर्वाचन, RSP Rupandehi by election, Rupandehi 3 election 2025, Ravi Lamichhane news

रूपन्देही उपनिर्वाचन २०८२, रास्वपा उम्मेदवार घोषणा, रवि लामिछाने भेट, राष्ट्रिय स्वतन्त्र पार्टी, रूपन्देही–३ निर्वाचन, नेपाल राजनीति समाचार, रास्वपा रूपन्देही उपनिर्वाचन, RSP Rupandehi by election, Rupandehi 3 election 2025, Ravi Lamichhane news

भदौ १५, २०८२।

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय सचिवालय बैठक डाकेको छ। दिउँसो साढे १ बजे पार्टी कार्यालय बनस्थलीमा बस्ने बैठकमा रूपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट, मूल्यांकन र प्रवास विशेष अभियान सञ्चालनबारे छलफल हुने बताइएको छ।

बैठक सकिएलगत्तै रास्वपाले उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ। यसपटक रूपन्देही–३ बाट उम्मेदवारीका लागि ९ जना आकांक्षी छन्। शुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनकुमारी अग्रवाल र मधुप्रसाद अर्याल आकांक्षी सूचीमा रहेका छन्।

बैठकअघि नै यी आकांक्षीहरू पार्टी सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार गएका छन्। बिहान ११ बजे सामूहिक भेटघाट कार्यक्रम तय भएको छ।

रुपन्देही-३ बाट प्रतिनिधिसभामा निर्वाचित राप्रपा सांसद दीपक बोहोराको निधन भएकाले सो स्थानमा कात्तिक १७ गते उपनिर्वाचन हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।