Headlines

नेपाललाई आईसीसीको ग्लोबल डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

नेपालले यसअघि केही साता अघि एसिया क्षेत्रको डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको थियो। अहिले भने विश्वका अन्य क्षेत्रीय विजेताहरूमध्ये उत्कृष्ट बन्दै ग्लोबल अवार्ड पनि हात पारेको हो।Nepal Cricket, ICC Global Award, Digital Fan Engagement, CAN ICC Award 2025, Nepal social media cricket, Paras Khadka CAN, Chatur Bahadur Chand ICC, ICC Singapore 2025, CAN social media success

नेपाललाई आईसीसीको ग्लोबल डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड पाएको छ ।

काठमाडौं, साउन ४ –नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय स्तरमा पुनः एकपटक ठूलो सफलता हात पारेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (ICC) ले नेपाललाई “डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर” अवार्ड प्रदान गरेको हो।

यो सम्मान नेपालले लगातार दोस्रो वर्ष जितेको हो, जसले नेपालको सामाजिक सञ्जालमार्फत समर्थकहरूलाई जोड्ने कार्यको उच्च मूल्यांकन गरिएको संकेत गर्दछ।

आईसीसीको वार्षिक सम्मेलन सिंगापुरमा सम्पन्न भएको थियो जहाँ आईसीसीका प्रमुख जय साहले नेपाल क्रिकेट संघलाई यो अवार्ड हस्तान्तरण गरेका थिए।

नेपालले यसअघि केही साता अघि एसिया क्षेत्रको डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको थियो। अहिले भने विश्वका अन्य क्षेत्रीय विजेताहरूमध्ये उत्कृष्ट बन्दै ग्लोबल अवार्ड पनि हात पारेको हो।

Nepal Cricket, ICC Global Award, Digital Fan Engagement, CAN ICC Award 2025, Nepal social media cricket, Paras Khadka CAN, Chatur Bahadur Chand ICC, ICC Singapore 2025, CAN social media success

नेपाल क्रिकेट संघले ट्विटर, फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमार्फत समर्थकहरूसँग निरन्तर संवाद र संलग्नता बढाउने प्रयास गरेको थियो।

विशेषतः खेलको प्रत्यक्ष प्रसारण, पछिल्लो नतिजा, खेलाडीहरूबारे जानकारी, इन्फोग्राफिक्स र मेम सामग्रीहरूका कारण समर्थकहरूको संख्यात्मक र गुणात्मक संलग्नता निकै उल्लेखनीय देखिएको छ।

उक्त सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्का सहभागी थिए।

अध्यक्ष चन्दले अवार्ड ग्रहणपछि भने,यो केवल क्यानको मात्र हैन, सम्पूर्ण नेपाली क्रिकेटप्रेमीको सफलता हो। डिजिटल प्लेटफर्ममार्फत समर्थकसँगको सम्बन्ध अझ मजबुत बनाउने हाम्रो प्रतिबद्धता निरन्तर जारी रहनेछ

नेपाल क्रिकेट संघको यो सफलता डिजिटल दुनियाँमा नेपालको प्रतिनिधित्वको महत्त्वपूर्ण प्रमाण हो।

Nepal Cricket, ICC Global Award, Digital Fan Engagement, CAN ICC Award 2025, Nepal social media cricket, Paras Khadka CAN, Chatur Bahadur Chand ICC, ICC Singapore 2025, CAN social media success

नेपालले देखाएको निरन्तरता र समर्थकहरूप्रतिको समर्पणले आगामी दिनमा अझ धेरै अन्तर्राष्ट्रिय मान्यता हासिल गर्ने आधार तयार पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *