त्रिभुवन विमानस्थलको सौर्य दुर्घटना के भएको थियो ?
काठमाडौं, साउन ४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएको वर्ष साउन ९ गते दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजको दुर्घटनाको कारण ‘प्राविधिक त्रुटि’ रहेको निष्कर्ष वायुयान दुर्घटना अनुसन्धान आयोगले सार्वजनिक गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा गठित आयोगले हालै बुझाएको ६२ पृष्ठ लामो प्रतिवेदनले पाइलटको तयारीदेखि नियामक निकाय र उद्धार संयन्त्रसम्मको कमजोरी औंल्याएको छ।
२०७८ साउन ९ मा त्रिभुवन विमानस्थलबाट पोखरा उडेको सौर्यको सीआरजे २०० एलआर विमान ‘नाइनएन–एएमई’ उडानको केही मिनेटमै दुर्घटना हुँदा क्याप्टेन मनीषरत्न शाक्यबाहेक १८ जनाको ज्यान गएको थियो।
अनुसन्धान प्रतिवेदन अनुसार दुर्घटनाको मूल कारण विमानमा प्रयोग गरिएको स्पिडकार्ड (भी–कार्ड) को त्रुटिपूर्ण भर्सन हो, जसले पिच हाइट त देखायो तर आवश्यक रोटेसन स्पिड दिन सकेन। साथै सो कार्डलाई नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमोदन समेत गरिएको थिएन।
रिपोर्टमा भनिएको छ कि ३४ दिन ग्राउन्ड गरिएको उक्त विमानमा आवश्यक मर्मत तथा चेक जाँच नहुँदा सन्तुलन विग्रिएको हो।
उक्त उडानमा यात्रुका रुपमा रहेका प्राविधिक तथा अन्य कर्मचारीहरू जुनसुकै ठाउँमा बसिरहेका थिए र जहाजभित्रका कार्गो पनि खुला रुपमा राखिएको थियो। यस्तो लापरबाहीले लोड डिस्ट्रिबुसन असन्तुलन भई जहाज अनियन्त्रित भई दायाँतिर पल्टिएको हो।
उद्धारपछि मृतकहरूको झोला सौर्य एयरलाइन्सको कार्यालयमा पुर्याइनु सुरक्षा मापदण्ड विपरित हो।
रनवे स्ट्रिपको चौडाइ अन्तर्राष्ट्रिय मान्यता अनुसार २८० मिटर हुनुपर्नेमा मात्र १५० मिटर रहेको र आपतकालीन प्रवेशद्वार निर्माण सामग्रीले अवरुद्ध रहेको बताइएको छ।
जहाजले ११:११ बजे टेकअफ गरेको र ४ सय फिट माथि पुगेपछि सन्तुलन गुमाएको थियो।
पोखरा सी–चेकका लागि प्राविधिक उडान थियो।
परिचारिका नभएको र यात्रुहरू अनियमित तरिकाले बसेका थिए। दुर्घटनामा ज्यान गुमाउनेहरूमा प्राविधिक र सहचालक थिए।
अनुसन्धान आयोगले सुरक्षा र प्रणाली सुधारका लागि तत्काल लागू गर्नुपर्ने ३ वटा प्राथमिक सिफारिससहित ४१ बुँदे सुधार सिफारिस गरेको छ ।
सौर्य एयरलाइन्ससँग दुईवटा जहाजमध्ये उक्त दुर्घटनामा परेको विमान फेरि उडानका लागि तयारी अवस्थामै रहेको थियो। तर आन्तरिक कमजोरी, नियामक उदासिनता र उद्धार संयन्त्रको समन्वय अभावले यो दुर्घटना भएको आयोगको ठहर छ।