भदौ ७, २०८२।
काठमाडौं – भारतीय विदेशमन्त्री डा. एस जयशंकरले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन तथा विदेशमन्त्री सर्गेई लावरोफसँग मास्कोमा उच्चस्तरीय भेटवार्ता गरेका छन्।
भेटमा दुई देशबीच व्यापार, लगानी, ऊर्जा, मल आपूर्ति, स्वास्थ्य, सीप तथा श्रमिक गतिशीलता, रक्षासम्बन्धी सहयोग लगायतका विषयमा विस्तृत छलफल भएको अन्तर्राष्ट्रिय एजेन्सीहरूले उल्लेख गरेका छन्।
जयशंकरले यस भेटवार्ताले भारत–रूस सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। उनले भने,
हामीले युक्रेन युद्ध, युरोप, इरान, पश्चिम एशिया, अफगानिस्तान र भारतीय उपमहाद्वीपसम्बन्धी धारणा आदानप्रदान गरेका छौं। संयुक्त राष्ट्रसंघ, जी–२०, एससीओ र ब्रिक्स जस्ता अन्तर्राष्ट्रिय संस्थामा आपसी सहयोगबारे पनि चर्चा भएको बताइएको छ।
यस भेटलाई भारत–रूस रणनीतिक साझेदारीको सन्देशका रूपमा लिइएको छ। दुबै मुलुकबीचको पुरानो मैत्रीपुर्ण सम्बन्धलाई यसले अझ सुदृढ बनाउने भारतीय पक्षले जनाएको छ।