उपसभामुख रानालाई हटाउने सत्तापक्षको प्रयास : दुई वर्ष पुरानो भिसा प्रकरण फेरि चर्कियो

इन्दिरा राना, उपसभामुख विवाद, कांग्रेस एमाले सहमति, अमेरिकी भिसा प्रकरण, प्रतिनिधिसभा प्रस्ताव, संवैधानिक परिषद, नेपालको राजनीति, पदमुक्त प्रक्रिया, उपसभामुख पद, सत्तारूढ दल निर्णय, मानव तस्करी नेपाल

इन्दिरा राना, उपसभामुख विवाद, कांग्रेस एमाले सहमति, अमेरिकी भिसा प्रकरण, प्रतिनिधिसभा प्रस्ताव, संवैधानिक परिषद, नेपालको राजनीति, पदमुक्त प्रक्रिया, उपसभामुख पद, सत्तारूढ दल निर्णय, मानव तस्करी नेपाल

भदौ ४, २०८२।

काठमाडौँ – करिब डेढ वर्षअघिको अमेरिकी भिसा सिफारिस प्रकरण फेरि चर्चामा आएको छ। सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारीमा लागिपरेका छन्।

उनीमाथि पदको दुरुपयोग गर्दै अमेरिकी दूतावासलाई पत्र लेखी विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको भिसा सिफारिस गरेको आरोप छ। ती व्यक्तिहरूमा यातायात मजदुर, रेडियोलोजिस्ट, पूर्व शिक्षकदेखि घरजग्गा कारोबारीसम्मको संलग्नता देखिएको छ।

स्रोतका अनुसार झापाका उपेन्द्र गौतमले उपसभामुख र अमेरिका जान इच्छुक व्यक्तिहरूबीच समन्वय गरेका थिए। दलहरूले रानाको अनुपस्थितिमा प्रस्ताव अगाडि नबढाउने बताएको भए पनि दुईतिहाइ बहुमत जुटाउने प्रयास भइरहेको छ।

प्रतिनिधिसभाको नियम अनुसार सभामुख वा उपसभामुखलाई पदबाट हटाउन तत्काल कायम सांसदहरूको दुईतिहाइ बहुमत आवश्यक पर्छ। अहिले कांग्रेस र एमालेसँग पर्याप्त सांसद छैन तर अन्य दलहरूको समर्थन जुटाउने रणनीति बनाइएको छ।

रानामाथि उठेका आरोपहरू गम्भीर छन्। उनले आधिकारिक लेटरप्याडमा अनधिकृत व्यक्तिको नाम उल्लेख गर्दै भिसाको सिफारिस गरेको पाइन्छ। उनको दल रास्वपामा समेत यस विषयमा गुनासो परेको भए पनि कुनै ठोस कारबाही भएको थिएन।

राजनीतिक समीकरण मिलाएर संवैधानिक परिषदमा सत्तापक्षलाई बहुमत पुर्‍याउने उद्देश्यले यो कसरत भइरहेको विश्लेषण गरिएको छ। रानाको स्थानमा कांग्रेसलाई उपसभामुखको पद दिने सहमति एमाले र कांग्रेसबीच भइसकेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १४, २०८२।   काठमाडौं दैनिक संवाददाता

रौतहटकी असई रागनीकुमारी यादव लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरकै सर्वोत्कृष्ट प्रहरी घोषित। घरेलु हिंसा र पीडित संरक्षणमा उत्कृष्ट योगदान भन्दै ४० हजार नगदसहित सम्मान।

रौतहट – घरेलु हिंसा न्यूनीकरणदेखि पीडितको संरक्षण सम्मका काममा उल्लेखनीय योगदान पुर्‍याउँदै रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनीकुमारी यादव यस वर्षको देशभरकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएकी छन्।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीमध्ये उनी पहिलो स्थानमा परेकी हुन्।

प्रहरी प्रधान कार्यालयले आइतबार आयोजित विशेष कार्यक्रममा ४० हजार रुपैयाँ नगद तथा प्रशंसापत्र प्रदान गर्दै असई रागनीको ‘प्रेरणादायी, प्रभावकारी र नागरिकमैत्री सेवाको’ प्रशंसा गरेको हो।

जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत असई रागनी घरेलु हिंसासम्बन्धी उजुरी दर्ता, हिंसापीडित महिलाको सुरक्षित आवास, खोजतलास, मिलापत्र प्रक्रियामा सक्रिय भूमिकाका कारण यो सम्मानकी योग्य ठहरिएकी हुन्।

जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार, देशभरका सेवा केन्द्रहरूमा कार्यरत प्रहरीमध्ये रागनी उत्कृष्ट भइन्, उनि वास्तवमै उदाहरणीय कर्मठ अधिकारी हुन्।

असई रागनी यादव, रौतहट प्रहरी, सर्वोत्कृष्ट प्रहरी, लैङ्गिक हिंसा, १६ दिने अभियान, घरेलु हिंसा, पीडित संरक्षण, नेपाल प्रहरी, गौर, महिला बालबालिका केन्द्र,
असई रागनी यादव

यसअन्तर्गत अर्घाखाँचीकी हवल्दार शान्ता खत्री दोस्रो हुँदै ३० हजार, सिन्धुलीकी हवल्दार उमा तामाङ तेस्रो हुँदै २० हजार नगद पुरस्कार सहित प्रशंसापत्र प्राप्त गरे। स्याङ्जाकी नायब निरीक्षक पूर्णिमा थापा र सुनसरीकी असई साजना प्रसाईंलाई १०/१० हजार सान्त्वना पुरस्कार दिइयो।

लैङ्गिक हिंसा नियंत्रण र पीडित संरक्षणमा सक्रिय प्रहरी अधिकारीहरूको योगदान कदर गर्न प्रहरी प्रधान कार्यालयले हरेक वर्ष यस्तै विशेष सम्मान प्रदान गर्दै आएको छ।