Headlines

ओलीको दाबी : “रविलाई राजनीतिमा चिनाउने म नै हुँ”

ओलीको दाबी : "रविलाई राजनीतिमा चिनाउने म नै हुँ"

ओलीको दाबी : "रविलाई राजनीतिमा चिनाउने म नै हुँ"

ओलीको दाबी : “रविलाई राजनीतिमा चिनाउने म नै हुँ”

काठमाडौं, साउन २ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नेपाली राजनीतिमा आफूले नै चिनाएको दाबी गरेका छन्।

ओलीले वरिष्ठ पत्रकार विजयकुमार पाण्डेसँगको एक अन्तर्वार्तामा रविको पछिल्लो गिरफ्तारी प्रक्रियालाई “स्टन्टबाजी”को संज्ञा दिंदै यस विषयलाई नियोजित प्रचारको रुपमा चित्रण गरे।

“रवि लामिछानेलाई नेपालमा मैले नै चिनाएको हुँ।टेलिभिजन कार्यक्रममार्फत चिनाएको हुँ। सरकार बनाउँदा गृहमन्त्री बनाउनुपर्छ भनेर लडेको पनि म नै हुँ,” केपी शर्मा ओली

कानुनी प्रक्रिया र सडक आन्दोलन:

ओलीले सडकबाटै न्याय खोज्ने प्रवृत्तिको आलोचना गर्दै भने, “सडकबाट हुलदंगा शैलीमा निर्णय हुने परिपाटी स्वीकार्य छैन।

उनले कानुनी प्रक्रिया स्वतन्त्र रुपमा अगाडि बढिरहेको दाबी गर्दै, रवि लामिछाने प्रकरणमा आफूसँग कुनै व्यक्तिगत लाभ वा हानी नभएको स्पष्ट पारे।

‘स्टन्टबाजी’ को आरोप:

ओलीले लामिछानेले गिरफ्तारी हुनु अगावै तयार पारेको भिडियो सन्देशलाई “पूर्वनियोजित स्टन्ट” बताउँदै भने,त्यसरी भिडियो बनाएर वातावरण बनाउने प्रयास हो।

सहकारी प्रकरण र दोहोरो चरित्र:

ओलीले रवि लामिछानेमाथि मात्र प्रचार गरिँदा अन्य सहकारी ठगीमा मुछिएका व्यक्तिहरूको चर्चा नहुनु अन्यायपूर्ण रहेको बताए। उनले भ्रष्टाचारविरोधी आवरणमा दोहोरो चरित्र देखाउने प्रवृत्तिप्रति गहिरो आपत्ति जनाए।

अध्यक्ष ओलीले रविको गिरफ्तारीमा न आफूले कुनै निर्देशन दिएको न त उनको गिरफ्तारीबाट लाभ वा हानि हुने कुनै अवस्था नरहेको जिकिर गर्दै भने, “म न त स्नेहभावबाट प्रभावित हुन्छु, न वैरभावबाट। राज्य सञ्चालनमा निष्पक्ष रहनु जरुरी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *