कर्णाली यश्वीसकी मार्की खेलाडी सुमित्रा रेग्मीलाई घोषणा गरेको छ ।
काठमाडौं, साउन १ – वत्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा सिजन–१ की च्याम्पियन सुमित्रा रेग्मी पुन: आफ्नो पुरानै टिम कर्णाली यश्वीस सँग मैदानमा फर्किएकी छन्। टिमले उनलाई यो सिजनका लागि मार्की खेलाडी (marquee player) को रूपमा सार्वजनिक गरेको छ।
सिजन–१ मा दमदार प्रदर्शन गर्दै कर्णाली यश्वीसलाई उपाधि दिलाएकी सुमित्राले दोस्रो सिजनमा पनि आफ्नै प्रभाव जमाउने अपेक्षा गरिएको छ। उनको अनुभव, नेतृत्व क्षमताले टिमलाई फाइदा पुग्ने विश्वास गरिएको छ।
“Let the legacy continue” भन्ने नारासहित टिमले उनको पुनरागमनलाई उत्सवको रूपमा प्रस्तुत गरेको छ। करनाली यश्वीस टिमको तर्फबाट जारी सामाजिक सञ्जाल सन्देशमा भनिएको छ, “Season One Champion is back with her winning team, ready to rule the court once again!”
भलिबलप्रेमीहरूको ध्यान तान्न सफल यो घोषणा भलिबल लिगप्रति उत्साह थप्ने निश्चित छ।
भलिबल लिगको (Auction) कार्यक्रम साउन ३ गते हुने तय भएको छ।