एन्फा महिला लिग छनोट सुरु, छहारी र संकटाको विजयी यात्रा

एन्फा महिला लिग छनोट सुरु, छहारी र संकटाको विजयी यात्रा

एन्फा महिला लिग छनोट सुरु, छहारी र संकटाको विजयी यात्रा

साउन ३०, २०८२।

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घले एन्फा महिला लिग छनोट प्रतियोगिता २९ साउनदेखि एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु भएको छ।

प्रतियोगितामा १४ टोली सहभागी छन् र उत्कृष्ट ५ टोली एन्फा महिला लिगमा छनोट हुनेछन्, जसका लागि दुई समूहमा विभाजन गरिएको छ। उद्घाटन खेलमा छहारी क्लबले एफसी रियललाई ३–० ले हराएको छ भने सङ्कटा एफसीले नेपाल खेलकुद क्लबलाई १–० ले पराजित गरेको छ।

अखिल नेपाल फुटबल सङ्घ(एन्फा)को आयोजनामा बिहीबार देखि एन्फा महिला लिग छनोट आयोजना सुरु भएको हो । एन्फा कम्प्लेक्स सातदोबाटेमा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजर्नले उद्घाटन गरे।

उद्घाटन खेलमा छहारी क्लबले एफसी रियललाई ३–० ले हराएको छ । छहारीले पहिलो हाफमा ललिता मण्डल र सुमित्रा सिंह पाख्रिनको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफमा सानिमा माया लोले गोल गरिन् ।

अर्को खेलमा सङ्कटाले नेपाल खेलकुद क्लबलाई १–० ले हरायो । सो खेलमा सङ्कटाका लागि दोस्रो हाफमा यशोदा शाहीले गोल गरिन् । एन्फा फुटबल मैदान सातदोबाटोमा जारी प्रतियोगितामा १४टोलीको सहभागिता छ । सहभागी मध्यबाट उत्कृष्ट ५ टोली एन्फा महिला लिगमा छनोट हुने छन् ।

समूह “ए” मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन् ।

समूह “बी” मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी फसी, एन्बिएम पोखरा र्गल्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन् । पहिलो दिन एफसी रियल र छहारी तथा सङ्कटा एफसी र नेपाल खेलकुद क्लबका बिचमा खेल हुने छ ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली एन्फा लिगमा सहभागी हुने छन् भने समूहमा तेस्रो स्थान पाउने दुई टोलीका बिचमा प्ले अफ खेल मार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ ।

शुक्रवार राप्ती एफसी र आरएस रिसोर्ट एन्ड बिचको बिचमा पहिलो खेल हुने छ । दोस्रो खेल बुटवल लुम्बिनी एफसी र लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टरका बिचमा खेल हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर २, २०८२।   काठमाडौँ दैनिक संवाददाता


एनपीएल २०८२, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, मार्टिन गप्टिल, लोकेश बम, सन्दीप लामिछाने, नेपाल प्रिमियर लिग, उच्च स्कोर, खेलकुद समाचार

काठमाडौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार विराटनगर किंग्सले ऐतिहासिक प्रदर्शन गर्दै पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको फ्लडलाइटमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २० रनको कीर्तिमानी स्कोर बनाएको थियो।

यो एनपीएल इतिहासकै सबैभन्दा ठूलो स्कोर हो। विगत वर्ष लुम्बिनी लायन्सविरुद्ध १ सय ९३ रन बनाएको कीर्तिमानलाई विराटनगरले यसपटक सहजै उछिनेको छ।

पहिलो विकेटका लागि जर्ज मुन्सी १० रनमै आउट भएपछि लोकेश बम र मार्टिन गप्टिलले पोखराका बलरहरूलाई खुला मैदानमा आक्रमण गरे। दुवैले दोस्रो विकेटका लागि १ सय ३२ रनको उत्कृष्ट साझेदारी बनाए, जुन एनपीएल इतिहासकै दोस्रो उच्च साझेदारी हो।

२ सय २१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पोखराका ओपनर दिनेश खरेल ७ रनमै आउट भए। तर कप्तान कुशल भुर्तेल उत्कृष्ट फर्ममा रहे—३१ बलमा ५ चौका र ४ छक्कासहित ५९ रन बनाए ।

भुर्तेलसँग एडम रोसिङटन ले ३९ रनको योगदान दिंदै ७६ रनको साझेदारी गरे। तर सन्दीप लामिछानेले एकै ओभरमा जिम्मी निसम र तृतराज दासलाई आउट गरेपछि पोखराको आशा निराशामा बद्लिएको हो ।


एनपीएल २०८२, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, मार्टिन गप्टिल, लोकेश बम, सन्दीप लामिछाने, नेपाल प्रिमियर लिग, उच्च स्कोर, खेलकुद समाचार

लगातार आउट हुँदा टोली १८.५ ओभरमै १६७ रनमा अलआउट भयो। अन्तिमतिर ड्यान डाउथवेटले २० बलमा २९ रन बनाए पनि त्यो टोलीलाई जोगाउन पर्याप्त भएन।

कीर्तिमानी २२० रनको विशाल स्कोर, आक्रामक ब्याटिङ प्रदर्शन र उत्कृष्ट बलिङको संयोजनले विराटनगर किंग्सलाई एनपीएलमा शानदार जित दिलायो। यस जितसँगै विराटनगरले प्रतियोगितामा बलियो दाबी पेश गरेको छ।