तिब्बती शरणार्थीलाई परिचयपत्र नदिएकोमा अमेरिकाको चिन्ता

तिब्बती शरणार्थी,अमेरिका चासो,नेपाल मानव अधिकार,अमेरिकी प्रतिवेदन,शरणार्थी परिचयपत्र नेपालमा रहेका तिब्बती शरणार्थीहरू दलाई लामाको जन्मोत्सव मनाउँदै। फाइल तस्बिर

तिब्बती शरणार्थी,अमेरिका चासो,नेपाल मानव अधिकार,अमेरिकी प्रतिवेदन,शरणार्थी परिचयपत्र
नेपालमा रहेका तिब्बती शरणार्थीहरू दलाई लामाको जन्मोत्सव मनाउँदै। फाइल तस्बिर

साउन २९, २०८२।

काठमाडौं – नेपालमा रहेका तिब्बती शरणार्थीहरूलाई शरणार्थी परिचयपत्र नदिएकोप्रति अमेरिका गम्भीर चासो व्यक्त गरेको छ। अमेरिकाको विदेश विभाग अन्तर्गतको लोकतन्त्र, मानव अधिकार तथा श्रम ब्युरोले सार्वजनिक गरेको २०२४ को मानव अधिकार प्रतिवेदनले नेपालको मानव अधिकार अवस्थालाई “दयनीय” भन्दै आलोचना गरेको हो।

प्रतिवेदन अनुसार तिब्बती शरणार्थीमाथि सांस्कृतिक गतिविधिमा रोक, कागजात अभावका कारण सेवा सुविधाबाट बन्चित तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुशजस्ता गम्भीर समस्याहरू अझै यथावत् रहेको उल्लेख गरिएको छ।

नेपालमा मानव अधिकारको अवस्था सुध्रिन सकेको छैन।स्वेच्छाचारी हत्या, कुटपिट, र जबरजस्ती श्रमजस्ता घटनाहरू अझै भइरहेका छन्।

तिब्बती शरणार्थीलाई परिचयपत्र नदिँदा उनीहरू कानुनी रूपमा असुरक्षित छन्।

पत्रकारहरूमाथिको हिंसा, अभिव्यक्ति स्वतन्त्रतामा अंकुश, र सरकारी आलोचकहरूमाथि कारबाहीका घटना उल्लेखनीय छन्।

संविधानले यातना निषेध गरे पनि थुनामा कुटपिट र जबरजस्ती स्वीकारोक्ति गराउने प्रवृत्ति कायमै छ।

बाल विवाह, श्रम शोषण र स्वास्थ्य–शिक्षाजस्ता क्षेत्रमा हड्ताल हुँदा पनि सरकारले कारबाही नगरेको तथ्य उल्लेख।

तिब्बती शरणार्थीको अवस्था

प्रतिवेदनमा भनिएको छ, नेपाल सरकारले केवल १९९० भन्दा पहिले आएका तिब्बती शरणार्थीलाई मात्र मान्यता दिएको छ। पछिल्ला वर्षहरूमा आएका करिब १२ हजार तिब्बतीमध्ये ७५ प्रतिशतभन्दा बढी कागजातविहीन छन्। यसले उनीहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत सेवाबाट वञ्चित गरेको छ।

सरकारले मानव अधिकार उल्लंघनका विषयमा केही अनुसन्धान गरे पनि दोषीलाई सजाय दिन नसक्नु र ढिलो सुस्त गतिको न्याय प्रक्रियाले समस्या झनै जटिल बनाएको प्रतिवेदनमा जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाल इम्बोस्ड नम्बर प्लेट, नम्बर प्लेट विवाद नेपाल, embossed number plate Nepal, भ्रष्टाचारको साइनबोर्ड, नेपालमा नम्बर प्लेट शुल्क, यातायात विभाग विवाद, अंग्रेजी नम्बर प्लेट, नेपाली भाषा नम्बर प्लेट, embossed plate corruption Nepal, mandatory embossed plate Nepal

भदौ ११, २०८२।

काठमाडौँ – सरकारले १ असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेपछि यसबारे विवाद चर्किएको छ। यातायात क्षेत्रलाई ‘डिजिटाइजेसन’ गर्ने नाममा अघि सारिएको यो योजनाप्रति सर्वसाधारणदेखि विज्ञसम्म असन्तुष्टि जनाइरहेका छन्।

सन् २०१६ (वि.सं. २०७३) मा ५ वर्षभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गर्ने सम्झौता भए पनि ६ वर्ष बित्दा जम्मा २५ हजार सवारीमा मात्र जडान भएको तथ्य बाहिर आएको छ। यसले करोडौँको लागतमा अघि बढाइएको योजनामा भ्रष्टाचार र अनियमितताको गन्ध झनै तीव्र बनाएको छ।

अनिवार्यतापछि सामाजिक सञ्जालदेखि सडकसम्म विरोधको लहर चलेको छ। नेपाली भाषाभन्दा अंग्रेजीमा नम्बर राखिएको भन्दै भाषिक पहिचान मेटाउने प्रयास भएको आरोप पनि लागेको छ। प्राज्ञिक विद्यार्थी परिषद्ले मुलुकभर प्रदर्शन गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

२०७४ सालमै सर्वोच्च अदालतमा इम्बोस्ड नम्बर प्लेटविरुद्ध रिट दर्ता गरिएको थियो। केही समय रोकिए पनि पछि अदालतले अंग्रेजी भाषामा प्रयोग गर्न रोक नलगाउने आदेश दिएपछि फेरि प्रक्रिया अघि बढेको हो। तर आजसम्म पनि पूर्वाधार तयार नहुँदै अनिवार्य गर्ने सरकारी निर्णय ‘हडबडी’ र ‘अनियमितताको संकेत’ भएको नागरिकको टिप्पणी छ।

आर्थिक भार

मोटरसाइकल–स्कुटरका लागि शुल्क : २,५०० रुपैयाँ

तीनपांग्रे : २,९०० रुपैयाँ

कार, जिप, भ्यान : ३,२०० रुपैयाँ

हेभी सवारी : ३,६०० रुपैयाँ

इम्बोस्ड नम्बर प्लेट ८ वर्षदेखि विवादमै अल्झिरहेको छ।
सवारीसाधन धनीले तिर्नुपर्ने शुल्क र कम्पनीलाई सरकारले तिर्ने अमेरिकी डलरबीचको मूल्य अन्तर पनि प्रश्नको केन्द्रमा छ।