पहिरोमा परि ज्यान गुमाएका एन्फा खेलाडीहरूको स्मृतिमा प्रतियोगिता हुने

एन्फा, पहिरो पीडित खेलाडी, अनुपम घलान, आदित्य बलम्पाकी, विकल रेग्मी, दिवस बाँनिया, प्रियान्स आर्चाय, साईमन योञ्जन, अन्तर–विद्यालय फुटबल, अक्षयकोष, सालिक, श्रद्धाञ्जली सभा बुधबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा महासचिव किरण राईको अध्यक्षतामा प्रभावित खेलाडीका परिवार र संघबीच भएको छलफलपछि चार बुँदे सहमति भएको हो।
एन्फा, पहिरो पीडित खेलाडी, अनुपम घलान, आदित्य बलम्पाकी, विकल रेग्मी, दिवस बाँनिया, प्रियान्स आर्चाय, साईमन योञ्जन, अन्तर–विद्यालय फुटबल, अक्षयकोष, सालिक, श्रद्धाञ्जली सभा
बुधबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा महासचिव किरण राईको अध्यक्षतामा प्रभावित खेलाडीका परिवार र संघबीच भएको छलफलपछि चार बुँदे सहमति भएको हो।

साउन २८, २०८२।

मकवानपुर, इन्द्रसरोवर–३ सिस्नेरीस्थित श्री वत्सलादेवी माध्यमिक विद्यालय नजिक २०८१ असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका खेलाडीहरू अनुपम घलान, आदित्य बलम्पाकी, विकल रेग्मी, दिवस बाँनिया, प्रियान्स आर्चाय र साईमन योञ्जनको सम्झनामा अखिल नेपाल फुटबल संघ (एन्फा)ले विशेष कार्यक्रमहरू गर्ने भएको छ।

बुधबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा महासचिव किरण राईको अध्यक्षतामा प्रभावित खेलाडीका परिवार र संघबीच भएको छलफलपछि चार बुँदे सहमति भएको हो।

एन्फाको आयोजनामा २०८२ सालमा स्वर्गीय खेलाडीहरूको स्मृतिमा एन्फा यू–१४ छात्र /छात्रा अन्तर–विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ। यस प्रतियोगितामा सम्बन्धित परिवारजनलाई जिल्ला फुटबल संघमार्फत र केन्द्रीय स्तरमा सहभागी गराइनेछ।

यस्तै, खेलाडीहरूको अर्धकदको सालिक एन्फा कम्प्लेक्स, सातदोबाटोमा स्थापना गरिनेछ। सालिकको अनावरण घटनाको वार्षिक पुण्यतिथि (असोज १२) वा अन्तर–विद्यालय प्रतियोगिताको फाइनल खेलको अवसरमा परिवारजनको सहमतिमा गरिनेछ।

सहमतिअनुसार, खेलाडीहरूको स्मृतिमा स्थानीयस्तरमा फुटबल विकासका कार्यक्रम सञ्चालन गर्न ‘अक्षयकोष’ स्थापना गरिनेछ। कोष निर्माणका लागि विभिन्न संघ–संस्था तथा व्यक्तिहरूलाई सहयोगको लागि आह्वान गरिनेछ र यसको सञ्चालन सम्बन्धित परिवारजनकै अधिकारमा रहनेछ।

एन्फाले हरेक वर्ष असोज १२ गते श्रद्धाञ्जली सभा आयोजना गर्ने पनि निर्णय गरेको छ जसमा परिवारजनको सहभागिता रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।