पहिरोमा परि ज्यान गुमाएका एन्फा खेलाडीहरूको स्मृतिमा प्रतियोगिता हुने

एन्फा, पहिरो पीडित खेलाडी, अनुपम घलान, आदित्य बलम्पाकी, विकल रेग्मी, दिवस बाँनिया, प्रियान्स आर्चाय, साईमन योञ्जन, अन्तर–विद्यालय फुटबल, अक्षयकोष, सालिक, श्रद्धाञ्जली सभा बुधबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा महासचिव किरण राईको अध्यक्षतामा प्रभावित खेलाडीका परिवार र संघबीच भएको छलफलपछि चार बुँदे सहमति भएको हो।
एन्फा, पहिरो पीडित खेलाडी, अनुपम घलान, आदित्य बलम्पाकी, विकल रेग्मी, दिवस बाँनिया, प्रियान्स आर्चाय, साईमन योञ्जन, अन्तर–विद्यालय फुटबल, अक्षयकोष, सालिक, श्रद्धाञ्जली सभा
बुधबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा महासचिव किरण राईको अध्यक्षतामा प्रभावित खेलाडीका परिवार र संघबीच भएको छलफलपछि चार बुँदे सहमति भएको हो।

साउन २८, २०८२।

मकवानपुर, इन्द्रसरोवर–३ सिस्नेरीस्थित श्री वत्सलादेवी माध्यमिक विद्यालय नजिक २०८१ असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका खेलाडीहरू अनुपम घलान, आदित्य बलम्पाकी, विकल रेग्मी, दिवस बाँनिया, प्रियान्स आर्चाय र साईमन योञ्जनको सम्झनामा अखिल नेपाल फुटबल संघ (एन्फा)ले विशेष कार्यक्रमहरू गर्ने भएको छ।

बुधबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा महासचिव किरण राईको अध्यक्षतामा प्रभावित खेलाडीका परिवार र संघबीच भएको छलफलपछि चार बुँदे सहमति भएको हो।

एन्फाको आयोजनामा २०८२ सालमा स्वर्गीय खेलाडीहरूको स्मृतिमा एन्फा यू–१४ छात्र /छात्रा अन्तर–विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ। यस प्रतियोगितामा सम्बन्धित परिवारजनलाई जिल्ला फुटबल संघमार्फत र केन्द्रीय स्तरमा सहभागी गराइनेछ।

यस्तै, खेलाडीहरूको अर्धकदको सालिक एन्फा कम्प्लेक्स, सातदोबाटोमा स्थापना गरिनेछ। सालिकको अनावरण घटनाको वार्षिक पुण्यतिथि (असोज १२) वा अन्तर–विद्यालय प्रतियोगिताको फाइनल खेलको अवसरमा परिवारजनको सहमतिमा गरिनेछ।

सहमतिअनुसार, खेलाडीहरूको स्मृतिमा स्थानीयस्तरमा फुटबल विकासका कार्यक्रम सञ्चालन गर्न ‘अक्षयकोष’ स्थापना गरिनेछ। कोष निर्माणका लागि विभिन्न संघ–संस्था तथा व्यक्तिहरूलाई सहयोगको लागि आह्वान गरिनेछ र यसको सञ्चालन सम्बन्धित परिवारजनकै अधिकारमा रहनेछ।

एन्फाले हरेक वर्ष असोज १२ गते श्रद्धाञ्जली सभा आयोजना गर्ने पनि निर्णय गरेको छ जसमा परिवारजनको सहभागिता रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १४, २०८२।   काठमाडौं दैनिक संवाददाता

रौतहटकी असई रागनीकुमारी यादव लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरकै सर्वोत्कृष्ट प्रहरी घोषित। घरेलु हिंसा र पीडित संरक्षणमा उत्कृष्ट योगदान भन्दै ४० हजार नगदसहित सम्मान।

रौतहट – घरेलु हिंसा न्यूनीकरणदेखि पीडितको संरक्षण सम्मका काममा उल्लेखनीय योगदान पुर्‍याउँदै रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनीकुमारी यादव यस वर्षको देशभरकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएकी छन्।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीमध्ये उनी पहिलो स्थानमा परेकी हुन्।

प्रहरी प्रधान कार्यालयले आइतबार आयोजित विशेष कार्यक्रममा ४० हजार रुपैयाँ नगद तथा प्रशंसापत्र प्रदान गर्दै असई रागनीको ‘प्रेरणादायी, प्रभावकारी र नागरिकमैत्री सेवाको’ प्रशंसा गरेको हो।

जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत असई रागनी घरेलु हिंसासम्बन्धी उजुरी दर्ता, हिंसापीडित महिलाको सुरक्षित आवास, खोजतलास, मिलापत्र प्रक्रियामा सक्रिय भूमिकाका कारण यो सम्मानकी योग्य ठहरिएकी हुन्।

जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार, देशभरका सेवा केन्द्रहरूमा कार्यरत प्रहरीमध्ये रागनी उत्कृष्ट भइन्, उनि वास्तवमै उदाहरणीय कर्मठ अधिकारी हुन्।

असई रागनी यादव, रौतहट प्रहरी, सर्वोत्कृष्ट प्रहरी, लैङ्गिक हिंसा, १६ दिने अभियान, घरेलु हिंसा, पीडित संरक्षण, नेपाल प्रहरी, गौर, महिला बालबालिका केन्द्र,
असई रागनी यादव

यसअन्तर्गत अर्घाखाँचीकी हवल्दार शान्ता खत्री दोस्रो हुँदै ३० हजार, सिन्धुलीकी हवल्दार उमा तामाङ तेस्रो हुँदै २० हजार नगद पुरस्कार सहित प्रशंसापत्र प्राप्त गरे। स्याङ्जाकी नायब निरीक्षक पूर्णिमा थापा र सुनसरीकी असई साजना प्रसाईंलाई १०/१० हजार सान्त्वना पुरस्कार दिइयो।

लैङ्गिक हिंसा नियंत्रण र पीडित संरक्षणमा सक्रिय प्रहरी अधिकारीहरूको योगदान कदर गर्न प्रहरी प्रधान कार्यालयले हरेक वर्ष यस्तै विशेष सम्मान प्रदान गर्दै आएको छ।