सामाजिक सञ्जालका टिकाटिप्पणीले एमाले हल्लिँदैन : सचिव अर्याल

पद्मा अर्याल, एमाले उपनिर्वाचन, रुपन्देही–३, लुम्बिनी प्रदेश, नेकपा एमाले समाचार, KP शर्मा ओली, UML news Nepal, सामाजिक सञ्जाल टिप्पणी, नेपाली राजनीति, UML Lumbini

पद्मा अर्याल, एमाले उपनिर्वाचन, रुपन्देही–३, लुम्बिनी प्रदेश, नेकपा एमाले समाचार, KP शर्मा ओली, UML news Nepal, सामाजिक सञ्जाल टिप्पणी, नेपाली राजनीति, UML Lumbini

साउन २८, २०८२।

बुटवल – नेकपा एमालेकी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले रुपन्देही–३ को उपनिर्वाचनलाई ०८४ सालको आमनिर्वाचनको सन्देश दिने महत्वपूर्ण चुनावका रूपमा लिँदै हार्ने छुट नभएको बताएकी छन्।

दाङको लमहीमा बसेको एमाले लुम्बिनी प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै सचिव अर्यालले कार्यकर्तालाई आक्रामक ढंगले चुनावी अभियानमा लाग्न निर्देशन दिइन्। उनले भनिन्, एमालेका नेता–कार्यकर्ता रक्षात्मक नभई आक्रामक रूपमा जुट्नुपर्छ। सामाजिक अराजकता र टिकाटिप्पणीसँग डटेर सामना गर्नुपर्छ। सामाजिक सञ्जालका टिप्पणीले एमाले हल्लिँदैन बरु यसले पार्टी अझ सुदृढ हुन्छ।

बैठकमा प्रदेश सचिव लक्ष्मण आचार्यले केन्द्रीय कमिटीको नवौं बैठकका प्रस्ताव आत्मसात गर्दै थप प्रस्तावहरू पारित गरिएको जानकारी दिए। उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारको एक वर्षको कामकाजको प्रशंसा गर्दै राजनीतिक स्थायित्व कायम गर्नु, राजतन्त्र पुनःस्थापना गर्ने प्रयास विफल पार्नु, सहकारी क्षेत्रका समस्या समाधान गर्नु, श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्नु लगायतका कदमलाई बैठकले सराहना गरेको बताए।

बैठकले रुपन्देही–बुटवल क्षेत्रलाई प्रदेशको आर्थिक केन्द्रका रूपमा विकास गर्ने योजनाबद्ध कार्यक्रम बनाउनुपर्नेमा जोड दिएको छ। बाँझो जमिनलाई उत्पादनमा ल्याउने, बन्यजन्तुबाट हुने कृषी क्षति रोकथाम गर्ने र बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा जनावरको आक्रमणबाट हुने धनजनको क्षतिपूर्ति दिलाउनुपर्ने निर्णय पनि बैठकले गरेको छ।

त्यसैगरी रुस–युक्रेन युद्ध तथा इजरायल–हमास द्वन्द्वलगायतका अन्तर्राष्ट्रिय संकटले निम्त्याएको असरबारे चिन्ता व्यक्त गर्दै बैठकले शान्ति र न्यायका लागि पहल गर्नुपर्ने धारणा राख्यो। आउँदो भाद्रमा हुन लागेको प्रधानमन्त्री ओलीको भारत भ्रमणले नेपालको सार्वभौमिकता, अखण्डता र आर्थिक विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा पनि बैठकले गरेको छ।

बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन प्रवर्द्धनलाई प्रमुख लक्ष्य बनाएर प्रदेश सरकार दृढतापूर्वक अघि बढिरहेको जानकारी दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।