एमएमए फाइटर रवीन्द्र ढाँट र क्रिकेटर सम्झना खड्का बझाङी समाजबाट सम्मानित

रवीन्द्र ढाँट, सम्झना खड्का, बझाङी समाज सम्मान, नेपाली एमएमए फाइटर, महिला क्रिकेटर नेपाल, म्याट्रिक्स फाइट नाइट, बान्टमवेट टाइटल, महिला एसिया कप नेपाल एमएमए फाइटर रवीन्द्र ढाँट र महिला क्रिकेटर सम्झना खड्कालाई बझाङी समाज काठमाडौंको विशेष सम्मान
रवीन्द्र ढाँट, सम्झना खड्का, बझाङी समाज सम्मान, नेपाली एमएमए फाइटर, महिला क्रिकेटर नेपाल, म्याट्रिक्स फाइट नाइट, बान्टमवेट टाइटल, महिला एसिया कप नेपाल
एमएमए फाइटर रवीन्द्र ढाँट र महिला क्रिकेटर सम्झना खड्कालाई बझाङी समाज काठमाडौंको विशेष सम्मान

साउन २८, २०८२।

काठमाडौं – नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट र महिला क्रिकेटर सम्झना खड्कालाई बझाङी समाज काठमाडौंले विशेष सम्मान गरेको छ। बुधबार आयोजित कार्यक्रममा दुवैजनालाई जनही एक लाख रुपैयाँ नगदसहित सम्मान प्रदान गरिएको हो।

रवीन्द्र ढाँटले केही दिनअघि भारतमा सम्पन्न म्याट्रिक्स फाइट नाइट मा भारतीय प्रतिस्पर्धीलाई पराजित गर्दै बान्टमवेट टाइटल जितेका थिए। उनी यो उपाधि जित्ने पहिलो नेपाली बनेका छन्।

एमएमए फाइटर रवीन्द्र ढाँट र महिला क्रिकेटर सम्झना खड्कालाई बझाङी समाज काठमाडौंले विशेष सम्मान
एमएमए फाइटर रवीन्द्र ढाँट

यसअघि नेपाल सरकारले उनलाई ५ लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ भने काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँसहित सम्मान गरेको थियो।

त्यस्तै राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य सम्झना खड्काले हालै सम्पन्न महिला एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि अर्धशतक प्रहार गरेकी थिइन्।

रवीन्द्र ढाँट, सम्झना खड्का, बझाङी समाज सम्मान, नेपाली एमएमए फाइटर, महिला क्रिकेटर नेपाल, म्याट्रिक्स फाइट नाइट, बान्टमवेट टाइटल, महिला एसिया कप नेपाल
राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य सम्झना खड्का

बझाङ जिल्लामा जन्मिएका यी दुवै खेलाडीको उपलब्धि समुदायको गौरवको विषय बनेको बझाङी समाजले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।