दक्षिण कोरियामा नेपाली तेक्वान्दो टोलीलाई ३ स्वर्णसहित ७ पदक

नेपाल तेक्वान्दो, तेक्वान्दो पदक, दक्षिण कोरिया तेक्वान्दो, एमबिसी कप तेक्वान्दो, नेपाली खेलाडी, अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता, सिता तामाङ, अन्जन चौधरी, अस्मिन राउत, निशा दर्नाल

नेपाल तेक्वान्दो, तेक्वान्दो पदक, दक्षिण कोरिया तेक्वान्दो, एमबिसी कप तेक्वान्दो, नेपाली खेलाडी, अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता, सिता तामाङ, अन्जन चौधरी, अस्मिन राउत, निशा दर्नाल

साउन २६, २०८२।

काठमाडौं – दक्षिण कोरियामा सम्पन्न १०औं एमबिसी कप इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ३ स्वर्ण, २ रजत र २ कास्यसहित कुल ७ पदक जितेका छन्।

प्रतियोगिता ‘ए’ र ‘बी’ लिगमा विभाजित थियो।
‘ए’ लिगको सिनियर यू–३० व्यक्तिगत पुरुषतर्फ अस्मिन राउतले रजत पदक जिते भने महिलातर्फ निशा दर्नालले कास्य पदक हात पारिन्। यस्तै, अस्मिन र निशाको जोडीले जोडीगत स्पर्धामा पनि कास्य पदक जिते।

नेपाल तेक्वान्दो, तेक्वान्दो पदक, दक्षिण कोरिया तेक्वान्दो, एमबिसी कप तेक्वान्दो, नेपाली खेलाडी, अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता, सिता तामाङ, अन्जन चौधरी, अस्मिन राउत, निशा दर्नाल

‘बी’ लिगको सिनियर व्यक्तिगत महिलातर्फ सिता तामाङ र पुरुषतर्फ अन्जन चौधरीले स्वर्ण पदक जिते। यी दुईले जोडीगत प्रतिस्पर्धामा समेत स्वर्ण पदक जित्दै दोहोरो सफलता हासिल गरे।

त्यसैगरी सिनियर व्यक्तिगत महिलातर्फ रमिला तामाङले रजत पदक जितिन्।

नेपालको तेक्वान्दो खेलाडीहरूको अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने क्षमता र मेहनत पुनः प्रमाणित भएको प्रशिक्षक तथा खेल अधिकारीहरूले बताएका छन्। दक्षिण कोरियामा प्राप्त सफलताले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रदर्शन अझ बलियो बन्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।