काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षकमा लोक बुढा नियुक्त

काठमाडौं स्पाइकर्स, लोक बुढा, महिला भलिबल, वात्सल्य एभरेष्ट लिग, नेपाली भलिबल, फ्रेन्चाइज भलिबल

काठमाडौं स्पाइकर्स, लोक बुढा, महिला भलिबल, वात्सल्य एभरेष्ट लिग, नेपाली भलिबल, फ्रेन्चाइज भलिबल

साउन २६, २०८२।

काठमाडौं – वात्सल्य एभरेष्ट महिला भलिबल लिगको फ्रेन्चाइज टोली काठमाडौं स्पाइकर्सले नयाँ मुख्य प्रशिक्षकका रूपमा लोक बहादुर बुढालाई नियुक्त गरेको छ।

खेलाडी र प्रशिक्षक दुवै भूमिकामा लामो अनुभव भएका बुढाले यसअघि त्रिभुवन आर्मी क्लबमा खेलाडी र प्रशिक्षकको रूपमा योगदान पुर्याइसकेका छन्। उनी नेपाली राष्ट्रिय टिमको कोचिङ स्टाफमा समेत संलग्न भइसकेका छन्। तर उनलेे फ्रेन्चाइज लिगमा मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका भने यो पहिलोपटक हो ।

गत संस्करणमा काठमाडौं स्पाइकर्सको नेतृत्व नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगदिश भट्टले गरेका थिए। यस सिजन भने टिमले नयाँ रणनीति र ऊर्जा ल्याउने उद्देश्यसहित बुढालाई जिम्मेवारी सुम्पिएको हो।

काठमाडौं स्पाइकर्स, लोक बुढा, महिला भलिबल, वात्सल्य एभरेष्ट लिग, नेपाली भलिबल, फ्रेन्चाइज भलिबल

नियुक्तिपछि बुढाले भने फ्रेन्चाइज भलिबल लिगको प्रशिक्षक बन्न पाउँदा खुशी छु। राष्ट्रिय टिम र विभागीय टिममा प्रशिक्षकको रूपमा काम गरेको अनुभवलाई प्रयोग गरेर टिमलाई उत्कृष्ट प्रदर्शन गराउने लक्ष्य राखेको छु।

काठमाडौं स्पाइकर्समा नेपाली राष्ट्रिय महिला टिमकी मुख्य स्पाइकर उषा भण्डारी मार्की प्लेयरको रूपमा छन्। त्यस्तै मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, र भुवनेश्वरी चन्द टोलीमा रहेका छन्। प्रारम्भिक अक्सनमा अनुबन्धित कबिता भट्ट अष्ट्रेलिया गएपछि उनको स्थानमा भुवनेश्वरीलाई राखिएको हो।

हाल टिमले विदेशी खेलाडी अनुबन्धको अन्तिम चरण पुरा गर्दैछ र यसपछि प्रशिक्षण तालिमलाई तीव्र बनाउने तयारीमा छ। व्यवस्थापनले बुढाको नेतृत्वमा टोलीले यस सिजन उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।