एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

साउन २५, २०८२।

काठमाडौं – भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० को विशाल अन्तरले पराजित भएको छ। बलियो साविक विजेता उत्तर कोरियाले पहिलो हाफमै ५ गोल र दोस्रो हाफमा थप ६ गोल गर्दै सहज जित हात पारेको हो।

यस जितसँगै उत्तर कोरियाले समूहका सबै तीन खेल जितेर ९ अंक जोड्दै र अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–२० महिला एसियन कपको फाइनल चरणमा स्थान सुरक्षित गरेको छ ।

नेपालका लागि यो पहिलो हार भए पनि यससँगै फाइनल चरणमा पुग्ने आशा समाप्त भएको छ। तीन खेलबाट ४ अंक मात्र जोडेको नेपालले पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको र दोस्रो खेलमा साउदी अरेबियालाई १–० ले हराएको थियो।

एएफसी यू-२० महिला एसियन कप,नेपाल महिला फुटबलउत्तर कोरिया बनाम नेपाल,थिम्पु फुटबल समाचार नेपाल यू–२० महिला टिम,एएफसी महिला एसियन कप छनोट २०२५,नेपाल बनाम उत्तर कोरिया स्कोर नेपाली खेल समाचार
एएफसी यू-२० महिला एसियन कप छनोट नेपाली टोलि

नियमअनुसार ८ समूह विजेता सिधै फाइनलमा पुग्नेछन् भने उत्कृष्ट तीन उपविजेताले मात्र अवसर पाउनेछन्। अन्य पाँच समूहका उपविजेता टिमहरू पहिल्यै ६ अंकसहित अघि रहँदा नेपालको उत्कृष्ट दोस्रो बन्ने सम्भावना पनि समाप्त भयो।

नेपालले भुटान र साउदीलाई हराएर वा उत्तर कोरियासँग बराबरी गर्दै फाइनलमा पुग्ने लक्ष्य राखेपनि, बलियो प्रतिद्वन्द्वीको आक्रामक खेलअगाडि नेपाली टिम असफल रह्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कविता भट्ट, अष्ट्रेलिया पलायन, राष्ट्रिय भलिबल टिम, एपीएफ क्लब, नेपाली खेलाडी विदेश, सरस्वती चौधरी, Nepal Volleyball

भदौ ११, २०८२।

काठमाडौं – राष्ट्रिय भलिबल टिमकी मिडल ब्लकर कविता भट्ट अष्ट्रेलिया पलायन भएकी छिन् । उनले यो निर्णय रहर नभई बाध्यता भएको स्पष्ट पारेकी छिन् ।

गत साउनमा सशस्त्र प्रहरीको एपीएफ क्लबबाट राजीनामा दिएर अष्ट्रेलिया पुगेकी भट्टले आफ्ना संघर्ष र अधुरा सपनाबारे भावुक अभिव्यक्ति दिएकी छिन् । उनले न्यू साउथ वेल्स, सिड्नीबाट लेखेकी छन्, घरपरिवार र आमाबुवालाई छोडेर विदेशिने रहर होइन, बाध्यता हो । राष्ट्रिय टिमबाट गोल्ड मेडल जित्ने ठूलो सपना थियो तर परिस्थितिले त्यो सम्भव भएन।

भट्टले एपीएफ क्लबलाई आफ्नो करिअरको आधार भएको भन्दै आभार व्यक्त गरेकी छिन् । उनके भने, एपीएफकै कारण उनले राष्ट्रिय टिमसम्म खेल्ने अवसर पाए।
मलाई एपीएफ हुन पाएकोमा गर्व छ । लामो समय एपीएफ भलिबल टिमबाट खेलें । संघर्षका दिनमा साथ दिने हौसला जगाउने सबैप्रति ऋणी छु उनले भनिन् ।

अष्ट्रेलिया पुगे पनि उनले भलिबललाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छिन् ।आज कविता भट्ट भनेर मलाई चिनेको कारण भलिबल नै हो । जहाँ गए पनि यो खेललाई निरन्तरता दिनेछु ।

पछिल्लो वर्षहरुमा नेपालबाट राष्ट्रिय खेलाडीहरू विदेशिने क्रम तीव्र बनेको छ । यसअघि भलिबलकै अर्की चर्चित खेलाडी सरस्वती चौधरी पनि अष्ट्रेलिया पलायन भइसकेकी छिन् ।