नेपालसँग खेल्ने होबार्ट हरिकेन्सको एकेडेमी टोली सार्वजनिक

होबार्ट हरिकेन्स एकेडेमी, नेपाल बनाम होबार्ट हरिकेन्स, टप इण्ड टी-२० सिरिज २०२५, नेपाली क्रिकेट टोली, बिली स्ट्यानलेक, बिग बास लिग एकेडेमी, नेपाल क्रिकेट खेल तालिका, टप इण्ड टी२० खेल तालिका, होबार्ट बनाम नेपाल, नेपाल क्रिकेट समाचार

साउन २५, २०८२।

काठमाडौं – अस्ट्रेलियामा बुधबारदेखि सुरु हुने टप इण्ड टी-२० सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग प्रतिस्पर्धा गर्ने होबार्ट हरिकेन्स एकेडेमीको १४ सदस्यीय टोली सार्वजनिक भएको छ।

शनिवार घोषणा गरिएको टोलीमा अष्ट्रेलियन राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका तीब्र गतिका बलर बिली स्ट्यानलेक पनि सामेल छन्। साथै बिग बास लिग (BBL) र अष्ट्रेलियाका विभिन्न उमेर समूहका लागि खेलिसकेका प्रतिभावान खेलाडीहरू पनि टोलीमा रहेका छन्।

होबार्ट हरिकेन्स एकेडेमी, नेपाल बनाम होबार्ट हरिकेन्स, टप इण्ड टी-२० सिरिज २०२५, नेपाली क्रिकेट टोली, बिली स्ट्यानलेक, बिग बास लिग एकेडेमी, नेपाल क्रिकेट खेल तालिका, टप इण्ड टी२० खेल तालिका, होबार्ट बनाम नेपाल, नेपाल क्रिकेट समाचार

नेपालले यो सिरिजको चौथो खेलमा भदौ ३ गते (अगस्ट १९) होबार्टसँग भिड्नेछ। यसअघि नेपालले साउन ३० गते नर्दन टेरिटोरी स्ट्राइकसँग, साउन ३१ गते बंगलादेश ‘ए’सँग, भदौ २ गते मेलवर्न स्टार एकेडेमीसँग र भदौ ४ गते मेलवर्न रेनेगेड्स एकेडेमीसँग खेल्ने कार्यक्रम छ। समूह चरणको अन्तिम खेलमा भदौ ६ गते नेपालले पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ।

होबार्ट हरिकेन्स एकेडेमी टोली:
मार्कस बीन, गेब बेल, इयान कार्लिसल, ज्याक कर्टन, टम ड्वायर, ब्राड होप, राफ म्याकमिलन, विल प्रेस्टविज, निवेथन राधाकृष्णन, लुइस स्मिथ, बिली स्ट्यानलेक, चार्ली वाकिम, टिम वार्ड, म्याक राइट।

एनटीको आयोजनामा हुने यस टप इण्ड सिरिजमा ११ टोली सहभागी छन्। नेपाल, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान अन्तर्राष्ट्रिय टोलीका रूपमा सहभागी हुनेछन्।

होबार्ट हरिकेन्स एकेडेमी, नेपाल बनाम होबार्ट हरिकेन्स, टप इण्ड टी-२० सिरिज २०२५, नेपाली क्रिकेट टोली, बिली स्ट्यानलेक, बिग बास लिग एकेडेमी, नेपाल क्रिकेट खेल तालिका, टप इण्ड टी२० खेल तालिका, होबार्ट बनाम नेपाल, नेपाल क्रिकेट समाचार

BBL का होबार्ट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलवर्न स्टार र मेलवर्न रेनेगेड्सका एकेडेमी टोलीहरू, साथै दुई स्थानीय टिम पनि रहनेछन्।

प्रतियोगिता पाँच विभिन्न स्थानीय मैदानमा खेलिनेछ। उद्घाटन खेल पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’बीच हुनेछ। लिग चरणपछि शीर्ष ४ टोलीबीच भदौ ८ गते सेमिफाइनल र फाइनल हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।