मैले काठमाडौं छाडेकै थिइनँ : मोन्टी देसाई

मोन्टी देसाई, काठमान्डु गोर्खाज, नेपाल प्रिमियर लिग, नेपाली क्रिकेट, एनपीएल प्रशिक्षक, ट्वान्टी–२० विश्वकप, नेपाली क्रिकेट सुधार, त्रिवि क्रिकेट मैदा प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई स्वागत गर्दै कार्यकारी निर्देशक काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीलगायत ।
मोन्टी देसाई, काठमान्डु गोर्खाज, नेपाल प्रिमियर लिग, नेपाली क्रिकेट, एनपीएल प्रशिक्षक, ट्वान्टी–२० विश्वकप, नेपाली क्रिकेट सुधार, त्रिवि क्रिकेट मैदा
प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई स्वागत गर्दै कार्यकारी निर्देशक काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरी लगायत ।

साउन २४, २०८२।

काठमाडौँ – नेपाली क्रिकेटका पूर्व प्रशिक्षक मोन्टी देसाईले स्पष्ट पारेका छन्, मैले काठमाडौं छाडेकै थिइनँ। १२ वर्षदेखि नेपाली क्रिकेटसँग जोडिएका मोन्टी हाल नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमान्डु गोर्खाज टोलीका प्रमुख प्रशिक्षक बनेका छन्।

हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीले उनलाई स्वागत गरे। मोन्टीले आफ्नो उपस्थितिमा भने, म अझै पनि नेपाली क्रिकेटमा योगदान दिइरहेको छु र काठमान्डु गोर्खाजसँगको सहयात्रा निकै उत्साहजनक हुनेछ।

मोन्टी सन् २०२३ देखि दुई वर्षसम्म नेपालका राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक थिए। उनको नेतृत्वमा नेपालले विश्वकप लिग–२ का १२ मध्ये ११ खेल जित्दै विश्वकप छनोटमा सिधा स्थान बनायो। नेपाल पहिलो पटक एसिया कपमा खेल्न पुगेको पनि मोन्टीकै प्रशिक्षणकालीन उपलब्धि हो। साथै, १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा पुनः प्रवेश गरेको यो सफलता पनि उनको नेतृत्वको देन हो।

मोन्टी देसाई, काठमान्डु गोर्खाज, नेपाल प्रिमियर लिग, नेपाली क्रिकेट, एनपीएल प्रशिक्षक, ट्वान्टी–२० विश्वकप, नेपाली क्रिकेट सुधार, त्रिवि क्रिकेट मैदान
प्रमुख प्रशिक्षक मोन्टी देसाई

गोर्खाजले एनपीएल पहिलो सिजनमा मार्की खेलाडी करण केसीसहित भीम सार्की, शाहब आलम, रशिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठलाई ‘रिटेन’ गरिसकेको छ। मोन्टीले भने, अक्सनबाट नयाँ खेलाडी ल्याएर टोलीलाई सन्तुलित बनाउनुपर्नेछ। यसले काठमान्डु गोर्खाजलाई अझ बलियो बनाउनेछ।

उनले थपे, फ्रेन्चाइज क्रिकेटमा केही समय बाहिर थिएँ, फेरि फर्किएको छु। राष्ट्रिय टोलीमा नभएका खेलाडीलाई लयमा ल्याउने चुनौती छ। मोन्टीले त्रिवि क्रिकेट मैदानको पुनर्निर्माण र सुधार कार्यलाई पनि महत्वपूर्ण ठानेका छन्।

एनपीएल दोस्रो संस्करण नोभेम्बर–डिसेम्बरमा आयोजना हुनेछ। मोन्टीले नेपाली क्रिकेटको उज्जवल भविष्यको विश्वास व्यक्त गर्दै भने, एनपीएलले लामो दूरी तय गर्नेछ र यो नेपालका लागि परिचय बन्नेछ।

आगामी अक्टोबरमा नेपाल ट्वान्टी–२० विश्वकप छनोट खेल्न ओमान जाने तयारीमा छ। मोन्टीले भने, म नेपाली टिमलाई समर्थन गर्नेछु र सधैं उनीहरूसँग जोडिन चाहन्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।