एसिसी यु-१६ च्याम्पियन टोलि नेपाल फर्कदै
असार २२, २०८२ काठमाडौं दैनिक संवाददाता
काठमाडौं – एसिसी मेन्स यु-१६ इस्ट जोन कप च्याम्पियन नेपाली युवा टोली आज स्वदेश फर्कदै छन्।
नेपाल क्रिकेट संघ (क्यान)का जानकारी अनुसार युवा टोली आइतवार बेलुका ८ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । सिंगापुरलाई शनिवार भएको फाइनलमा खेलमा २ विकेटले पराजय गर्दै नेपाल च्याम्पियन भएको थियो ।
नेपालले यसअघि सेमिफाइनलमा घरेलु टोली मलेसियालाई हराएर फाइनल यात्रा तय गरेको थियो।
सिंगापुरले हङकङलाई पराजित गर्दै फाइनलमा नेपालसँग भिड्न पुगेको थियो।
दुई टोली एउटै समूहमा पनि परेका थिए। नेपालले समूह चरणमै सिंगापुरलाई ६ विकेटले हराएको थियो।