Headlines

साउदी अरेबियामा घरेलु कामदारको तलब डिजिटल माध्यमबाट

साउदी अरेबियामा घरेलु कामदारको तलब अब डिजिटल हुने

असार २२, २०८२ काठमाडौं दैनिक संवाददाता

रियाद- साउदी अरेबियाले श्रम क्षेत्रको आधुनिकीकरण तर्फ एक महत्वपूर्ण कदम चालेको छ। २०२५ जुलाईबाट घरेलु कामदारहरूको तलब डिजिटल वालेटमार्फत अनिवार्य रूपमा ट्रान्सफर गर्न सुरु गरिएको छ।

यो कार्यक्रम साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयद्वारा सुरु गरिएको हो, जसले तलब भुक्तानीमा पारदर्शिता, सुरक्षा, प्रमाणिकता र समयमै भुक्तानी सुनिश्चित गर्न मद्दत गर्नेछ।

साउदी सरकारको यो पहललाई तीन चरणमा कार्यान्वयन गरिएको छ। पहिलो चरणमा धेरै कामदार भएका नियोक्ताहरूमाथि प्रणाली लागू गरिएको थियो भने दोस्रो चरण सन् २०२५ को जनवरी १ मा सुरु गरिएको थियो, जसअन्तर्गत चारभन्दा बढी कामदार भएका नियोक्ताहरूमाथि डिजिटल तलब प्रणाली अनिवार्य बनाइएको थियो।

अब तेस्रो चरणको कार्यान्वयन अन्तर्गत तीन वा सोभन्दा बढी घरेलु कामदार भएका नियोक्ताहरूमाथि यो नियम लागु गरिएको छ। मन्त्रालयका अनुसार आगामी अक्टोबर १, २०२५ देखि दुई वा सोभन्दा बढी कामदार रहेका नियोक्ताहरूमा पनि यो अनिवार्य हुनेछ। अन्ततः सन् २०२६ जनवरी १ बाट सबै घरेलु कामदारहरूका लागि यो प्रणाली पूर्णरूपमा लागू हुनेछ।

मुसानेद (Musaned) नामक डिजिटल प्लेटफर्ममार्फत सञ्चालन गरिने यो प्रणालीले श्रमिकको अधिकार सुनिश्चित गर्ने लक्ष्य राखेको छ। यस प्लेटफर्ममार्फत approved बैंक वा digital wallet प्रयोग गरी तलब भुक्तानी गरिने छ। यसले श्रमिक तथा नियोक्ता दुवैलाई अनुबन्धका सर्तअनुसार सुरक्षित रूपमा व्यवहार गर्न सहयोग पुर्‍याउनेछ।

मन्त्रालयका अनुसार, तलब डिजिटल माध्यमबाट ट्रान्सफर हुँदा समयमै भुक्तानी हुनुका साथै कुनै पनि विवाद वा शोषण बाट बच्न सकिनेछ। यो प्रणालीले श्रमिकलाई आफ्नो देशमा रहेका परिवारका सदस्यहरूलाई सहज रूपमा र सुरक्षित तरिकाले पैसा पठाउन पनि सुविधा दिनेछ।

साउदी सरकारद्वारा स्थापना गरिएको Musaned नामक प्लेटफर्मले घरेलु श्रमिक सेवामा आधिकारिकतता ल्याएको छ। यो वेबसाइट र मोबाइल एपमार्फत नियोक्ताहरूले घरेलु श्रमिक नियुक्ति, सम्झौता व्यवस्थापन, तलब भुक्तानी र अन्य प्रक्रिया पूर्ण पारदर्शिता सहित गर्न सक्छन्।

मुसानेद प्रणालीमा निम्न सेवा उपलब्ध छन्:

श्रमिक अनुबन्ध प्रणाली
ई-भुक्तानी प्रबन्धन
विवाद समाधान सुविधा
सरकारद्वारा प्रमाणित सेवा केन्द्रहरूको पहुँच

साउदीमा अरेबिया सरकारको यो योजना सामाजिक वित्तीय समावेशीकरणतर्फको एक महत्वपूर्ण कदम हो। अधिकांश घरेलु कामदारहरू बैंक पहुँचभन्दा टाढा रहेका अवस्थामा डिजिटल वालेटमार्फत अब उनीहरूले आफ्नै मोबाइल फोनबाट आर्थिक कारोबार गर्न सक्नेछन्।

साउदीमा धेरै नेपाली, फिलिपिनो, बंगलादेशी, भारतीय घरेलु कामदार छन् जसले अब पारिश्रमिक सुरक्षित, प्रमाणित र डिजिटल माध्यमबाट प्राप्त गर्न सक्नेछन्।

साउदी सरकारले सन् २०२६ जनवरीदेखि सबै घरेलु श्रमिकका लागि यो प्रणाली लागू गर्ने स्पष्ट घोषणा गरिसकेको छ। यसको अर्थ अब कुनै पनि नियोक्ता श्रमिकलाई नगद वा अनौपचारिक माध्यमबाट तलब दिन सक्दैन।

यस प्रणालीले साउदीको श्रम बजारमा घरेलु कामदारको सवालमा एक नयाँ युगको शुरुवात गर्ने विश्वास गरिएको छ।

मन्त्रालयले सबै नियोक्तालाई यो परिवर्तनको तयारी गर्न, आफ्नो बैंक खाता र डिजिटल वालेट अपडेट गर्न तथा मुसानेद प्रणालीमा श्रमिक विवरण दर्ता गर्न आह्वान गरेको छ। र नियम उल्लङ्घन गर्ने नियोक्तामाथि कारबाही हुने स्पष्ट संकेत गरिएको छ।

साउदी अरेबियाको यो नयाँ प्रणालीले श्रमिक र नियोक्ता दुवैका अधिकार र कर्तव्यलाई सन्तुलनमा राख्ने प्रयास गरेको छ। यो कदमले श्रमिक उत्पीडन रोक्न, तलब विवाद समाधान गर्न र प्रवासी श्रमिकहरूको जीवनमा स्थायित्व ल्याउन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

विशेषतः नेपाली घरेलु कामदारहरूको सन्दर्भमा यस्तो प्रणालीले तलब नपाएको, कम पारिश्रमिक पाएको, वा ढिलो भुक्तानीको समस्या समाधान गर्न सहयोग पुर्‍याउनेछ। डिजिटल प्रणालीको प्रयोगले नेपाली कामदारहरूको सामाजिक र आर्थिक सुरक्षा थप बलियो बनाउनेछ।

साउदी अरेबियाले डिजिटल प्रविधिमार्फत घरेलु श्रमिकहरूको जीवनमा पारदर्शिता, सुरक्षाको भावना र सम्मान जनाउने प्रणाली लागू गरेर समग्र खाडी क्षेत्रलाई उदाहरणीय अभ्यास प्रस्तुत गरेको छ।

यो प्रणाली लागू भएपछि कामदारको अधिकार सुरक्षित हुनुका साथै नियोक्ताले पनि कानुनी ढाँचाभित्र कार्य गर्न सक्नेछन्। सन् २०२६ सम्म सम्पूर्ण श्रमिकमा यो व्यवस्था कार्यान्वयन भएपछि साउदीको श्रम बजार एक डिजिटल, प्रमाणिक र विश्वसनीय प्रणालीमा रुपान्तरण हुने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *