Headlines

विदेशी ऋण चाहिदैन अब आफ्नै खोलाको पानी पिउँछौँ, मेयर हर्क साम्पाङ

विदेशी ऋण होइन अब आफ्नै खोलाको पानी पिउँछौँ मेयर हर्क साम्पाङ

असार २०, २०८२ । काठमाडौं दैनिक संवाददाता

काठमाडौं – धरान उपमहानगरपालिकाका नगरप्रमुख श्रमदानका अभियान्त मेयर हर्कराज साम्पाङ फेरि चर्चाको विषय बनेको छ । यसपटक कारण हो, विदेशी ऋण अस्वीकार गर्ने साहसी निर्णय।

एशियाली विकास बैंक (ADB) को सहयोगमा अगाडि बढाउन लागिएको धरानको दीर्घकालीन खानेपानी योजना अन्तर्गत नेपाल सरकारले ४ अर्ब रुपैयाँ बराबरको लगानी गर्न लागेको विषयलाई लिएर नगरप्रमुख साम्पाङले खुला शब्दमा विरोध जनाएका छन्। सम्पाङले भने “हामीलाई ऋण चाहिँदैन!
अब हामी आफ्नै खोला खोल्साबाट पानी ल्याएर समस्या समाधान गर्छौं।

के लेखिएको छ साम्पाङको पत्रमा ?

खोनापानी मन्त्रालयलाई लेखिएको औपचारिक पत्रमा उनले स्पष्ट रूपमा आफ्नो धारण राख्दै कडा शैलीमा चुनौती समेत दिएका छन् ।

धेरै चोटि मन्त्रीज्यूलाई स्मरण गराउँदा पनि अघिल्लो आर्थिक वर्षमै धरानमा खानेपानी ल्याउने कुरा सुनिएको थियो। तर अहिले ADB बाट ऋण लिएर मात्रै हुने भनेपछि हामीले अस्वीकार गरेका छौं।

उक्त योजनामा ADB को ऋण प्रयोग हुने भएपछि उनले औपचारिक रूपमा यसबारे आपत्ति जनाउँदै अब यस्तो योजना अघि नबढाउन आग्रह गरेका छन्। थप लेखिएको छ,

पहिले लिएको ऋण त तिर्न बाँकी छ, तिर्न सकिएको छैन अब फेरि किन अर्को ऋण ?

साम्पाङले भनेका छन्: No foreign loans anymore!
विदेशी ऋणले देशको घाँटी थिचिन्छ, धरान अब आत्मनिर्भर बन्छ । हामी आफ्नै खोला खोल्साको पानी जोडेको देख्ने दिन टाढा छैन।

देशभर सरकारी आयोजना प्रायः विदेशी ऋणमै आधारित हुन्छन्। साम्पाङको यो निर्णय स्थानीय स्रोत र समाधानमा विश्वास गर्ने साहसी सोचको उदाहरण हो। यस्ता घोषणाले राष्ट्रिय ऋणभार घटाउन सक्ने सम्भावना समेत बढाउने र आत्मनिर्भरता तिर अगाडि बढाउँछ।

साम्पाङले भनेजस्तै योजना अघि नबढाइए भविष्यमा वैकल्पिक योजना र आन्तरिक स्रोतमार्फत काम थालिने सम्भावना देखिएको छ। तर, यसले केन्द्र र स्थानीय सरकारबीच नीतिगत द्वन्द्व पनि निम्त्याउन सक्छ।

साम्पाङ सामाजिक सञ्जालमा अत्यधिक सक्रिय छन् र उनी आफ्ना निर्णयहरू खुल्ला रूपमा प्रस्तुत गर्ने नेताको रूपमा चिनिन्छन् । देशैभरिका नागरिकहरूले उनलाई भ्रष्टाचारविरोधी र पारदर्शी नेतृत्वको उदाहरण मानेका छन्।

धरान अब ADB को पानी होइन, श्रमदानबाट आफ्नो खोलाको पानी पिउछौ । साम्पाङको यो निर्णय धरानलाई ऋणमुक्त गर्दै आत्मनिर्भरताको बाटोमा लैजाने साहसी पाइला हो, जसले आम नागरिकलाई विकासलाई वैकल्पिक दृष्टिकोणबाट हेर्न प्रेरणा दिएको छ ।

मन्त्रालयलाई लेखिएको पत्र :

विदेशी ऋण नलिने मेयर हर्क साम्पाङको निर्णय तपाईलाई कस्तो लाग्यो ? आफ्नो बिचार राख्नुहोस्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *