साम्बाको मार्मिक प्रश्न: देशका लागि खेलेका खेलाडीलाई एक जोर जर्सी र जुत्ता किन उपलब्ध छैन?

सावित्रा भण्डारी, नेपाली महिला फुटबल, सावित्रा साम्बा, जिल्ला खेलाडी संघर्ष, खेल सामग्री अभाव, नेपाली खेल नीति, महिला खेलाडी समस्या, फुटबल जुत्ता समस्या, नेपाली खेलको अवस्था, महिला फुटबल नेपाल

सावित्रा भण्डारी, नेपाली महिला फुटबल, सावित्रा साम्बा, जिल्ला खेलाडी संघर्ष, खेल सामग्री अभाव, नेपाली खेल नीति, महिला खेलाडी समस्या, फुटबल जुत्ता समस्या, नेपाली खेलको अवस्था, महिला फुटबल नेपाल

साउन २१, २०८२।

काठमाडौं – नेपाल महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले नेपाली खेल क्षेत्रको वास्तविक अवस्था र संरचनाको कमजोरीप्रति गहिरो सवाल उठाएकी छिन्। सामाजिक सञ्जालमार्फत् आफ्ना अनुभव बाँड्दै उनले आफ्नो जागीर, खेल जीवन र जिल्लाबाट आएका नयाँ खेलाडीहरुको संघर्षबारे खुलेर कुरा गरेकी छिन्।

म यो कुरामा एकदमै गर्व गर्छु कि म सशस्त्र प्रहरीमा जागिरे छु त्यो कुराले गर्दा पनि मेरो केही मात्राको किटहरु मैले मेरो तलबबाट किन्न पाउँछु। उनले सरकारी सेवामा आवद्ध हुँदा केही सुविधा पाउने भए पनि अधिकांश जिल्लाबाट आएका खेलाडीहरु भने खेलका आधारभूत सामग्री किन्नसमेत नसक्ने अवस्थाको चित्रण गरेकी छन्।

उनले भनिन्, जति पनि खेलाडीहरु अहिले पुलिसमा हुनुहुन्छ आर्मीमा हुनुहुन्छ, उहाँहरु त्यो क्लबमा आवद्ध नभएको भए उहाँहरुको दैनिकी के हुन्थ्यो होला ?

सावित्रा सशस्त्र प्रहरी बलमा जागिरे भएकाले आंशिक रूपमा आफ्ना खेल सामग्री तलबबाट किन्न सक्छिन्।
अधिकांश जिल्लाका खेलाडीहरुसँग किट किन्ने आर्थिक स्रोत छैन।
नयाँ पुस्ताका खेलाडी एक जोर जर्सी र राम्रो जुत्ता पाउने आशामा संघर्षरत छन्।
आधारभूत खेल सामग्री अभावले खेलप्रतिको लगावमा असर पुग्न सक्छ।

सावित्राको प्रश्न : यस्तो अवस्थामा हुर्केका खेलाडीहरुले देशका लागि के सिक्ने? जिल्लाबाट आएका नयाँ पुस्ताका खेलाडीहरुको वास्तविकता झल्काउँदै भनेकी छिन्, उहाँहरुले के पाइराख्नु भएको छ त ? एउटा जर्सीको लागि संघर्ष गरिराख्नु भएको छ, च्यातिएको जुत्ता दुई-तीनचोटि सिलाएर लगाइराख्नु भएको छ।

त्यो भाइबहिनीहरु भोलि गएर देशलाई केही गर्छु भनेर हिडिराखेका छन्। तर त्यस्ता भाइ बहिनीहरुले भोलि गएर के सिक्ने त ?

उनका यी भनाइहरुले नेपालको खेल क्षेत्र विशेष गरी महिला फुटबलतर्फ राज्य र सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । सावित्राले औंल्याएको जस्तै किट, जर्सी, जुत्ता जस्ता आधारभूत आवश्यकताहरुको अभावले गर्दा प्रतिभाशाली खेलाडीको मनोबल घट्ने, खेलप्रतिको लगाव मर्न सक्ने प्रष्ट छ।

देशका लागि प्रतिनिधित्व गर्ने, अन्तर्राष्ट्रिय मैदानमा गोल र सफलता हासिल गर्ने खेलाडीले यस्तो गुनासो गर्नु भनेको राज्यको खेल नीतिप्रति गम्भीर प्रश्न हो। विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रबाट आएका खेलाडीहरुको लागि संरचना, सुविधा र सशक्त कार्यक्रमको खाँचो भएको महसुस गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।