अनुदान कटौतीको विरोधमा सर्लाहीका उखु किसानद्वारा चिनी मिल अगाडि टायर बाल्दै प्रदर्शन

सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योग, गोडैतास्थित महालक्ष्मी सुगर मिल र धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग अगाडि किसानहरूले एकैसाथ प्रदर्शन गरेका हुन्। उनीहरूले राज्यले दिने भनिएको प्रति क्विन्टल ७० रुपैयाँ

सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योग, गोडैतास्थित महालक्ष्मी सुगर मिल र धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग अगाडि किसानहरूले एकैसाथ प्रदर्शन गरेका हुन्। उनीहरूले राज्यले दिने भनिएको प्रति क्विन्टल ७० रुपैयाँ

साउन २१, २०८२।

सर्लाही – राज्यबाट प्राप्त हुने अनुदान रकम कटौती गरिएको भन्दै सर्लाहीका उखु किसानहरूले मंगलबार जिल्लाका तीन ठूला चिनी मिल अगाडि टायर बाल्दै विरोध प्रदर्शन गरेका छन्।

सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योग, गोडैतास्थित महालक्ष्मी सुगर मिल र धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग अगाडि किसानहरूले एकैसाथ प्रदर्शन गरेका हुन्। उनीहरूले राज्यले दिने भनिएको प्रति क्विन्टल ७० रुपैयाँ अनुदानमध्ये ३५ रुपैयाँ अझै बाँकी रहेको भन्दै चालू आर्थिक वर्षको बजेटबाट समेत बाँकी रकम कटौती गरिएकाले आफूहरू आन्दोलनमा उत्रन बाध्य भएको बताएका छन्।

उखु उत्पादक संघ सर्लाहीको अगुवाइमा गरिएको प्रदर्शनमा किसानहरूले माग पूरा नभएमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र यादवले सरकार किसानलाई सहयोग गर्नुको साटो “मार्न खोजेको” आरोप लगाउँदै अनुदान रकम फिर्ता नगरेसम्म आन्दोलन नरोकिने बताएका छन्।

यस्तै बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकर कुशवाहाले उखुलाई पनि अन्य बालीझैं पकेट जोन बनाइ किसानलाई प्रोत्साहन गर्नु पर्नेमा सरकारले उल्टो किसानमाथि दबाब सिर्जना गरेको टिप्पणी गरे।

केन्द्रीय उखु उत्पादक संघर्ष समितिका सह–संयोजक राजकुमार उप्रेतीका अनुसार हालसम्म १ अर्ब ६० करोड रुपैयाँ बराबरको अनुदान रकम बाँकी छ। उनले राज्यको बेवास्ताका कारण किसानहरू वर्षौँदेखि आर्थिक मर्कामा परेको गुनासो गरे।

प्रदर्शनकारी किसानहरूले स्पष्ट रूपमा भनेका छन् बाँकी रकम फिर्ता गर र नयाँ बजेटमा कटौती फिर्ता गर। नत्र आन्दोलन अझै व्यापक बनाउनेछौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १४, २०८२।  काठमाडौँ दैनिक संवाददाता

कुलमान घिसिङ, बालेन शाह, काठमाडौं महानगरपालिका, उज्यालो नेपाल पार्टी, राजनीतिक भेट, देश निर्माण, सहरी विकास, ऊर्जा सुधार, फोटो भेट, ट्रेन्डिङ समाचार, , , y, , ,

काठमाडौँ – उज्यालो नेपाल पार्टी गठन गरेर सक्रिय रूपमा राजनीतिमा उत्रिएका कुलमान घिसिङले काठमाडौं महानगरका मेयर बालेन शाहसँग भेटवार्ता गरेका छन्। शनिबार बालेनकै निवासमा भएको भेटको तस्बिर घिसिङले फेसबुकमा सार्वजनिक गर्दै लेखेका छन्, देश बनाउने अभियानमा हामी सँगै छौं।

राजनीतिक भेटघाट र समसामयिक बहसबीच आएको यो फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको छ। ऊर्जा क्षेत्र सुधारका अभियन्ताका रूपमा परिचित कुलमान र काठमाडौं सहरी व्यवस्थापनमा आक्रामक शैली अपनाउँदै आएका मेयर बालेन दुवैको भेटलाई नागरिकले सकारात्मक सन्देशका रूपमा लिएका छन्।

बालेन सचिवालयका अनुसार दुवैबीच देश विकास, सहरी पूर्वाधार, ऊर्जा व्यवस्थापन तथा सम्भावित सहकार्यका एजेन्डामा कुराकानी भएको थियो।

भेटबारे विस्तृत विवरण सार्वजनिक नगरिए पनि ‘देश निर्माणमा साझेदारी’ भन्ने घिसिङको टिप्पणीले नागरिक स्तरमा थप अपेक्षा जागेको देखिन्छ।