अनुदान कटौतीको विरोधमा सर्लाहीका उखु किसानद्वारा चिनी मिल अगाडि टायर बाल्दै प्रदर्शन

सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योग, गोडैतास्थित महालक्ष्मी सुगर मिल र धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग अगाडि किसानहरूले एकैसाथ प्रदर्शन गरेका हुन्। उनीहरूले राज्यले दिने भनिएको प्रति क्विन्टल ७० रुपैयाँ

सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योग, गोडैतास्थित महालक्ष्मी सुगर मिल र धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग अगाडि किसानहरूले एकैसाथ प्रदर्शन गरेका हुन्। उनीहरूले राज्यले दिने भनिएको प्रति क्विन्टल ७० रुपैयाँ

साउन २१, २०८२।

सर्लाही – राज्यबाट प्राप्त हुने अनुदान रकम कटौती गरिएको भन्दै सर्लाहीका उखु किसानहरूले मंगलबार जिल्लाका तीन ठूला चिनी मिल अगाडि टायर बाल्दै विरोध प्रदर्शन गरेका छन्।

सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योग, गोडैतास्थित महालक्ष्मी सुगर मिल र धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग अगाडि किसानहरूले एकैसाथ प्रदर्शन गरेका हुन्। उनीहरूले राज्यले दिने भनिएको प्रति क्विन्टल ७० रुपैयाँ अनुदानमध्ये ३५ रुपैयाँ अझै बाँकी रहेको भन्दै चालू आर्थिक वर्षको बजेटबाट समेत बाँकी रकम कटौती गरिएकाले आफूहरू आन्दोलनमा उत्रन बाध्य भएको बताएका छन्।

उखु उत्पादक संघ सर्लाहीको अगुवाइमा गरिएको प्रदर्शनमा किसानहरूले माग पूरा नभएमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र यादवले सरकार किसानलाई सहयोग गर्नुको साटो “मार्न खोजेको” आरोप लगाउँदै अनुदान रकम फिर्ता नगरेसम्म आन्दोलन नरोकिने बताएका छन्।

यस्तै बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकर कुशवाहाले उखुलाई पनि अन्य बालीझैं पकेट जोन बनाइ किसानलाई प्रोत्साहन गर्नु पर्नेमा सरकारले उल्टो किसानमाथि दबाब सिर्जना गरेको टिप्पणी गरे।

केन्द्रीय उखु उत्पादक संघर्ष समितिका सह–संयोजक राजकुमार उप्रेतीका अनुसार हालसम्म १ अर्ब ६० करोड रुपैयाँ बराबरको अनुदान रकम बाँकी छ। उनले राज्यको बेवास्ताका कारण किसानहरू वर्षौँदेखि आर्थिक मर्कामा परेको गुनासो गरे।

प्रदर्शनकारी किसानहरूले स्पष्ट रूपमा भनेका छन् बाँकी रकम फिर्ता गर र नयाँ बजेटमा कटौती फिर्ता गर। नत्र आन्दोलन अझै व्यापक बनाउनेछौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।