शेयर कारोबारमा अब राष्ट्रिय परिचयपत्र अनिवार्य

नेप्से राष्ट्रिय परिचयपत्र, शेयर खाता खोल्ने नयाँ नियम, TMS खाता KYC, डिम्याट खाता परिचयपत्र, नेपाल शेयर बजार खबर, नेप्से अपडेट २०८२, राष्ट्रिय परिचयपत्र अनिवार्य, नेपाली शेयर कारोबार, Murahari Parajuli NEPSE, CDSC नियम

साउन १९, २०८२।

काठमाडौं – शेयर बजारमा लगानी गर्न अब अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र आवश्यक भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हालै जारी गरेको परिपत्रअनुसार शेयर कारोबारी खाता (टिएमएस) खोल्न अब नागरिकको राष्ट्रिय परिचयपत्र अनिवार्य भएको हो।

नेप्सेका प्रवक्ता तथा कम्पनी सचिव मुराहरि पराजुलीले बीबीसीलाई जानकारी दिँदै भने, हामीले हाम्रा ब्रोकर सदस्यहरूलाई अबदेखि खाता खोल्दाखेरि राष्ट्रिय परिचयपत्र राख्ने व्यवस्था गर्नु भनेर परिपत्र गरेका हौं। यो व्यवस्था साउन १ गतेदेखि लागू गरिएको छ।

राष्ट्रिय परिचयपत्रको प्रयोगबाट व्यक्तिको एकीकृत डिजिटल पहिचान बनाउन, सम्पत्ति शुद्धीकरण नियन्त्रणमा सहयोग पुर्‍याउन र वित्तीय कारोबार सुरक्षित बनाउने उद्देश्य रहेको नेप्सेले जनाएको छ।

नेप्सेले यो कदम धितोपत्र बोर्डको निर्देशन अनुसार उठाएको हो। पराजुलीका अनुसार भारतमा जस्तै प्यान कार्ड प्रयोग गर्ने चलन रहे पनि नेपालमा नागरिकताको नम्बर एकरूप नभएकाले राष्ट्रिय परिचयपत्रलाई आधिकारिक पहिचानको रुपमा लिइएको हो।

 नेप्से राष्ट्रिय परिचयपत्र, शेयर खाता खोल्ने नयाँ नियम, TMS खाता KYC, डिम्याट खाता परिचयपत्र, नेपाल शेयर बजार खबर, नेप्से अपडेट २०८२, राष्ट्रिय परिचयपत्र अनिवार्य, नेपाली शेयर कारोबार, Murahari Parajuli NEPSE, CDSC नियम

हाललाई यो व्यवस्था नयाँ खाता खोल्नेहरूमाथि मात्र लागू भए पनि भविष्यमा पुराना खाताहरूमा KYC अद्यावधिक गर्दा पनि अनिवार्य हुनसक्ने बताइएको छ। अहिले भने राष्ट्रिय परिचयपत्रको भौतिक प्रति नभई नम्बर मात्रै भए पुग्ने व्यवस्था गरिएको छ।

नेपाल स्टक ब्रोकर एसोसिएसनका महासचिव भक्तिराम घिमिरेका अनुसार यो सकारात्मक कदम भए पनि प्राविधिक तयारी भने पर्याप्त नभएको बताए। नेप्सेले दिएको टिएमएस प्रणालीमा अहिलेसम्म राष्ट्रिय परिचयपत्र नम्बर राख्ने स्थान छैन, घिमिरेको भनाइ छ।

केन्द्रीय निक्षेप सेवा (CDSC) का अनुसार डिम्याट खातामा पनि राष्ट्रिय परिचयपत्रको प्रयोग अनिवार्य हुँदैछ। संस्थाका प्रवक्ता सुरेश न्यौपानेका अनुसार धितोपत्र बोर्डको निर्देशनअनुसार हामीले प्रणालीमा राष्ट्रिय परिचयपत्र नम्बर प्रविष्ट गर्न मिल्ने व्यवस्था गरिसकेका छौं।

 नेप्से राष्ट्रिय परिचयपत्र, शेयर खाता खोल्ने नयाँ नियम, TMS खाता KYC, डिम्याट खाता परिचयपत्र, नेपाल शेयर बजार खबर, नेप्से अपडेट २०८२, राष्ट्रिय परिचयपत्र अनिवार्य, नेपाली शेयर कारोबार, Murahari Parajuli NEPSE, CDSC नियम

डिम्याट खाता शेयरको सूची व्यवस्थापनका लागि प्रयोग हुने खाता हो, जुन CDSC मार्फत सञ्चालित हुन्छ।

धितोपत्र बोर्डका अनुसार हालसम्म देशभर ६२ लाख ७३ हजारभन्दा बढी लगानीकर्ताले डिम्याट खाता खोलेका छन्। त्यसमध्ये ५९ लाख ३३ हजारको “मेरो शेयर” अनलाइन पोर्टल प्रयोगमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ३, २०८२।  काठमाडौं दैनिक संवाददाता

barahi ipo

काठमाडौं – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका दीर्घकालीन लक–इनमा रहेका करिब २० लाख सेयर आगामी पुस १ गतेदेखि अनलक हुँदैछन्। लक–इन अवधि सकिएसँगै संस्थापक, कर्मचारी र प्रभावित स्थानीयका हातमा रहेका सेयर बजारमा कारोबारयोग्य बन्नेछन्।

कम्पनीका अनुसार कुल १९ लाख ५७ हजार ८० कित्ता सेयर अनलक हुनेछन्। समूहगत विवरण यसप्रकार छ।

संस्थापक समूह : १८ लाख कित्ता

कर्मचारी : ११ हजार ८० कित्ता

आयोजना प्रभावित स्थानीय : १ लाख ४६ हजार कित्ता

यी सबै सेयर पुस १ गतेदेखि दोस्रो बजारमा कारोबार योग्य हुनेछन्, जसले बजारमा तरलता विस्तारसँगै शेयर आपूर्तिमा पनि प्रभाव पार्ने अनुमान गरिएको छ।

नेपाल धितोपत्र बोर्डमा बाराही हाइड्रोपावरका कुल २५ लाख कित्ता सेयर दर्ता छन्। कम्पनीले २०७९ मंसिर २१ देखि २८ सम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख ५४ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो।

उक्त आईपीओको बाँडफाँड २०७९ पुस ३ गते सम्पन्न भएको थियो, जसअनुसार सर्वसाधारणका लगानीकर्ताले सेयर प्राप्त गरेका थिए। बजार विश्लेषकहरूका अनुसार संस्थापक समूहका ठूलो परिमाणका सेयर अनलक हुँदा आपूर्ति बढ्ने सम्भावना रहन्छ। तर वास्तविक प्रभाव भने बजारको माग, बजार वातावरण र संस्थापकहरूको सेयर होल्ड गर्ने रणनीतिमा निर्भर हुने बताइएको छ।

लक–इन समाप्तिको जानकारी सेयर मूल्य उतार–चढावमा प्रभाव पार्न सक्ने भएकाले लगानीकर्तालाई तथ्यांक र बजार अवस्थाको अध्ययन गरेर मात्रै निर्णय लिन विज्ञहरुले सुझाव दिएका छन् ।