Headlines

खाडिमा रहेका नेपालीहरुलाई भेट्न कुलमान घिसिङको आउदै

मध्यपूर्व भ्रमणमा उज्यालोको सन्देश : तपाईंहरुलाई देशले सम्झिरहेको छ ।

असार १८, २०८२। काठमाडौं दैनिक, संवाददाता

काठमाडौं- विदेशी भूमिमा श्रम गरेर नेपाली अर्थतन्त्रमा सहयोग पुर्‍याए रहेका मध्यपूर्व खाडी मुलुकका रहेका लाखौं नेपालीहरुलाई “देशले सम्झिएको छ” भन्ने भावनात्मक सन्देशसहित उज्यालो नेपालका अभियान्ता कुलमान घिसिङ हाल मध्यपूर्व भ्रमणमा निस्किएका छन्।

‘उज्यालो’ अभियान अन्तर्गत बहराइन, युएई, ओमान र कतारमा रहेका नेपालीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको जीवन, संघर्ष र सपना बुझ्न यो यात्राको थालनी गरिएको हो।

भ्रमणको तालिकाअनुसार, बहराइनमा जुलाई २ देखि ४, युएईमा जुलाई ५ देखि ८, ओमानमा जुलाई ९ देखि १०, र कतारमा जुलाई ११ देखि १३ सम्म विभिन्न स्थानमा नेपालीहरूसँग प्रत्यक्ष संवाद गरिनेछ। श्रमिकहरूको पीडा, योगदान र उनीहरूको आत्मबललाई सम्मान गर्न र देशबाट नजिक रहेको अनुभूति दिन अभियानमा निस्केको बताइएको छ।

‘उज्यालो’ अभियानअन्तर्गत विदेश पुगेका घिसिङले सामाजिक सञ्जालमार्फत सम्बोधन गर्दै भनेका छन्।

विदेशी भूमिमा पसिना बगाउँदै देशको सपना बोकेर बस्नुभएको तपाईंहरूलाई म टाढाबाट होइन, नजिकबाट सम्झन आउँदै छु।

उनी भन्छन् तपाईंहरूको दुःख, आत्मबल र योगदानको मूल्य शब्दले भन्न सकिन्न। म तपाईंहरूसँग प्रत्यक्ष भेटेर भोगाइ सुन्‍न, अनुभूति साझा गर्न र भावनात्मक रूपमा जोडिन चाहन्छु। तपाईंहरूले जे दुख पिडा भोग्नु भएको छ त्यसमा हामी सबैको जिम्मेवारी छ भन्ने भावनासहित तपाईंहरू सामु आउँदैछु।

खाडी मुलुकमा कार्यरत नेपालीहरूको जीवन, चुनौती र अपेक्षाले नेपालका नीति निर्माता तथा नेतृत्व वर्गलाई पनि झस्काउन थालेको बेला यो भ्रमणलाई नेपालीहरूले मनभित्र बाट स्वागत गरिरहेका छन्।

घिसिङले भनेका छन् “देशले तपाईंहरूलाई सम्झिएको छ तपाईंहरूको अभावमा पनि तपाईंहरूका घर, परिवार र देश तपाईंप्रति गर्व गर्छन्। जहाँ हुनुहुन्छ, सुरक्षित, अनुशासित र सकारात्मक रहनुहोस्।

‘उज्यालो’ अभियानको मूल उद्देश्य प्रवासी नेपालीहरूसँग आत्मीय संवाद गर्नु, उनीहरूको संघर्ष र सफलताको कथा सुन्नु, साथै नेपाली समुदायसँग भावनात्मक सम्बन्ध बलियो बनाउनु हो।

यस भ्रमणमा विभिन्न संघसंस्थासँगको सहकार्य, प्रवासी नेपाली संघ (NRNA) तथा स्थानीय नेपाली समाजहरूसँग समन्वय गर्दै कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ।

प्रवासी नेपालीका लागि एउटा सकारात्मक संकेत:

नेपालीहरू जहाँ छन् त्यहाँ उनीहरूलाई सम्झने, सुन्ने र साथ दिने नेतृत्वको खाँचो रहँदै आएको छ। यस सन्देशमूलक भ्रमणलाई धेरैले ‘प्रवासी नेपालीप्रति राज्यको भावनात्मक उत्तरदायित्वको रूपमा हेरेका छन्।

खाडीका विभिन्न देशहरूमा हुने भेटघाट र संवाद कार्यक्रममा श्रमिक, विद्यार्थी, पेशागत नेपालीहरूलाई समेत समेट्ने योजना बनाइएको बुजिएको छ ।

उज्यालो अभियानले प्रवासी नेपाली समुदायलाई सम्मानका साथ हेर्ने प्रयास गरेको देखिन्छ। जहाँ नेपालीहरू छन् त्यहाँ पुगेर उनीहरूको अवस्था बुझ्नु, आत्मीयताको साटासाट गर्नु उनीहरूलाई देशले नबिर्सिएको अनुभूति गराउनु यो अभियानको मूल उद्देश्य रहेको बताइएको छ ।

उहाँ भन्नुहुन्छ, “तपाईंहरूको माया, प्रेम, विश्वास, सुझाव र साथ सधैं अमूल्य रहनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *