संस्थापक र सर्वसाधारण सेयरलाई छुट्टाछुट्टै निजी क्षेत्रको तीव्र विरोध

सीडीएससी आइजिन विवाद, संस्थापक सेयर, सर्वसाधारण सेयर, IPO नेपाल, इप्पान विरोध, CDSC guideline, नेपाली पुँजी बजार

साउन १९, २०८२।

काठमाडौं – नेपालको पुँजी बजारमा एउटा बहस सुरु भएको छ।सेयरको ‘आइजिन नम्बर’ सम्बन्धी, सीडीएस एन्ड क्लियरिङ लिमिटेड (CDSC) ले ‘संस्थापक’ र ‘सर्वसाधारण’ सेयरलाई छुट्टाछुट्टै अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (ISIN) दिने प्रस्ताव गरेपछि निजी क्षेत्रका संघसंस्थाहरूले कडा विरोध गरेका छन्।

यो प्रस्ताव अन्तर्राष्ट्रिय अभ्यासविपरीत रहेको दाबी गर्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (IPPAN), नेपाल चेम्बर अफ कमर्सलगायत संघसंस्थाहरूले अर्थमन्त्रीदेखि संसद्को अर्थ समितिसम्म ध्यानाकर्षण गराएका छन्।

सीडीएससीको प्रस्तावले करीब १ खर्ब २८ अर्ब रुपैयाँ बराबरको संस्थापक सेयर बन्धक बन्ने र त्यसले लगानीको वातावरणमा असहजता ल्याउने इप्पानको दाबी छ।

सीडीएससीको दाबी अनुसार, प्रस्तावित व्यवस्था कार्यान्वयन भएपछि सेयर बजारका विकृति, तथ्यांक अभिलेखीकरण, र पारदर्शितामा सुधार हुने अपेक्षा गरिएको छ। तर, निजी क्षेत्र भने यो कदमले लगानीमैत्री वातावरणलाई नै क्षति पुर्‍याउने भन्दै आक्रोशित छ।

इन्डियन, बंगलादेशी, श्रीलंकाली र अन्य दक्षिण एसियाली बजारहरूमा एउटै आइजिन नम्बरमार्फत संस्थापक र सर्वसाधारण सेयर कारोबार हुन्छ। भारतमा संस्थापक सेयरमा लकइन अवधि भए तापनि एउटै आइजिन प्रयोग हुन्छ। अमेरिकी बजारमा त आइजिन नै प्रयोग हुँदैन, बरु CUSIP नम्बर चलनमा छ।

नेपालमा सीडीएससीले प्रस्ताव गरेको छुट्टाछुट्टै आइजिन प्रणालीले संस्थापक सेयरहरू स्वतः सर्वसाधारणमा परिणत नहुने व्यवस्था ल्याउने देखिन्छ, जसले दीर्घकालीन रूपमा बजारमा अनिश्चितता र असुरक्षा निम्त्याउने निजी क्षेत्रको तर्क छ।

इप्पानका उपाध्यक्ष उत्तमकुमार भ्लोनका अनुसार, यो व्यवस्थाले जलविद्युत्, सिमेन्ट, मिडिया, होटल लगायत ५८ उद्योगका ८७ अर्ब बराबरका ८७ करोड सेयरमा असर पार्नेछ। साथै, ४७ जलविद्युत् आयोजना र ३७ नयाँ कम्पनीहरूको लगानी समेत प्रभावित हुने सम्भावना रहेको उनले बताए।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले यो निर्देशिका लगानीकर्ताको हित विपरीत रहेको बताएका छन्। उनले भने, पुँजी बजार अझै परिपक्व नभएको अवस्थामा यस्तो परिवर्तनले लगानीको वातावरणमा अन्योलता ल्याउँछ।

सीडीएससीकी प्रबन्ध सञ्चालक प्रविन पन्दाकका अनुसार यो निर्देशनाले सेयर बजारमा पारदर्शिता ल्याउनेछ र सेयरधनीहरूको वर्गीकरण, तथ्यांक संकलन र प्रणाली व्यवस्थापनमा सहजता ल्याउनेछ। लकइन अवधिमा संस्थापक सेयर स्वतः सर्वसाधारणमा परिणत नहुने समस्या समाधान गर्न यो व्यवस्था ल्याइएको उनको भनाइ छ।

नेपाल स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मीले भने, यदि यो व्यवस्था ३ वर्षका लागि मात्र हो र त्यसपछि संस्थापक सेयर सामान्य प्रक्रियाबाट सर्वसाधारणमा परिणत हुनसक्ने हो भने आत्तिनुपर्ने अवस्था छैन।

सीडीएससीले ल्याउन लागेको दोहोरो आइजिन प्रणाली एकातिर प्रणाली सुधारको दाबी गर्दै अघि बढिरहेको छ भने अर्कोतिर निजी क्षेत्रले यसलाई लगानीको माहोल बिगार्ने खतरनाक संकेतको रूपमा लिएको छ। अब यो प्रस्ताव लागू गर्ने कि नगर्ने भन्ने निर्णय धितोपत्र बोर्ड (SEBON) को हातमा छ, जसले निर्देशिकाको अन्तिम निर्णय गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ३, २०८२।  काठमाडौं दैनिक संवाददाता

barahi ipo

काठमाडौं – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका दीर्घकालीन लक–इनमा रहेका करिब २० लाख सेयर आगामी पुस १ गतेदेखि अनलक हुँदैछन्। लक–इन अवधि सकिएसँगै संस्थापक, कर्मचारी र प्रभावित स्थानीयका हातमा रहेका सेयर बजारमा कारोबारयोग्य बन्नेछन्।

कम्पनीका अनुसार कुल १९ लाख ५७ हजार ८० कित्ता सेयर अनलक हुनेछन्। समूहगत विवरण यसप्रकार छ।

संस्थापक समूह : १८ लाख कित्ता

कर्मचारी : ११ हजार ८० कित्ता

आयोजना प्रभावित स्थानीय : १ लाख ४६ हजार कित्ता

यी सबै सेयर पुस १ गतेदेखि दोस्रो बजारमा कारोबार योग्य हुनेछन्, जसले बजारमा तरलता विस्तारसँगै शेयर आपूर्तिमा पनि प्रभाव पार्ने अनुमान गरिएको छ।

नेपाल धितोपत्र बोर्डमा बाराही हाइड्रोपावरका कुल २५ लाख कित्ता सेयर दर्ता छन्। कम्पनीले २०७९ मंसिर २१ देखि २८ सम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख ५४ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो।

उक्त आईपीओको बाँडफाँड २०७९ पुस ३ गते सम्पन्न भएको थियो, जसअनुसार सर्वसाधारणका लगानीकर्ताले सेयर प्राप्त गरेका थिए। बजार विश्लेषकहरूका अनुसार संस्थापक समूहका ठूलो परिमाणका सेयर अनलक हुँदा आपूर्ति बढ्ने सम्भावना रहन्छ। तर वास्तविक प्रभाव भने बजारको माग, बजार वातावरण र संस्थापकहरूको सेयर होल्ड गर्ने रणनीतिमा निर्भर हुने बताइएको छ।

लक–इन समाप्तिको जानकारी सेयर मूल्य उतार–चढावमा प्रभाव पार्न सक्ने भएकाले लगानीकर्तालाई तथ्यांक र बजार अवस्थाको अध्ययन गरेर मात्रै निर्णय लिन विज्ञहरुले सुझाव दिएका छन् ।