सुरक्षा समितिको बैठकमै प्रसाईंलाई पक्राउ गर्ने निर्णयमा पुगेको खुलासा

दुर्गा प्रसाईं पक्राउ, नेपाल सुरक्षा समिति, हिंसात्मक अभिव्यक्ति, भक्तपुर प्रहरी, नेपाल राजनीति समाचार, गृह मन्त्रालय निर्णय, राष्ट्रिय सुरक्षा, सामाजिक अस्थिरता, कानुनी कारबाही नेपाल, उपत्यका प्रहरी

मंसिर २, २०८२।   काठमाडौं दैनिक संवाददाता

दुर्गा प्रसाईं पक्राउ, नेपाल सुरक्षा समिति, हिंसात्मक अभिव्यक्ति, भक्तपुर प्रहरी, नेपाल राजनीति समाचार, गृह मन्त्रालय निर्णय, राष्ट्रिय सुरक्षा, सामाजिक अस्थिरता, कानुनी कारबाही नेपाल, उपत्यका प्रहरी

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार बोलाएको सुरक्षा समिति बैठकमै दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिनेबारे गम्भीर छलफल भएको खुलेको छ। आगामी निर्वाचनलाई लक्षित गरी तयार गरिएको एकीकृत सुरक्षा योजनामा सुरक्षा निकायले प्रसाईंका पछिल्ला अभिव्यक्तिले देशभर अस्थिरता र त्रास फैलिन सक्ने चिन्ता व्यक्त गरेपछि पक्राउको दिशामा प्रक्रिया अगाडि बढाइएको थियो।

बैठकमा नेपाल प्रहरीका प्रमुख आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीले प्रसाईंका अभिव्यक्तिहरू हिंसा भड्काउने खालका रहेको भन्दै तत्काल कानुनी दायरामा ल्याउन सुझाएका थिए।

विशेषगरी दूतावासमा बम पड्काएर आफूतिर आरोप लगाइदिन सक्छन्’ तथा ‘देशै ठप्प हुन्छ’ जस्ता अभिव्यक्तिले समाजमा अनावश्यक भय फैलिएको सुरक्षा संयन्त्रले निष्कर्ष निकालेको थियो।

बैठकले नाम नखुले पनि हिंसा भड्काउने, जनतालाई आतंकित पार्ने गतिविधिमा संलग्न जो–कसैलाई कडा कारबाही गर्ने निर्णय गरेको थियो। मन्त्रालयका एक अधिकारीका अनुसार यो निर्णय प्रत्यक्ष रूपमा प्रसाईंलाई लक्षित थियो।

यसअघि गृह मन्त्रालयमा प्रसाईं समूहले २६ बुँदे मागपत्र पेस गर्दै ७ मंसिरदेखि आन्दोलन चर्काउने घोषणा गरेको थियो। शान्तिपूर्ण आन्दोलनको प्रतिबद्धता व्यक्त गरे पनि प्रसाईंले सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा निरन्तर रूपमा उत्तेजनापूर्ण अभिव्यक्ति दिँदै आएका थिए।

यही कारण प्रहरीले सोमबार राति भक्तपुरस्थित उनको निवासमै पुगेर उनलाई नियन्त्रणमा लिएको हो। कडा सुरक्षाबीच उपत्यका प्रहरी र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले उनलाई भद्रकालीस्थित हिरासतमा राखेको छ। उनीविरुद्ध कुन कानुनी धारामा प्रक्रिया अघि बढाउने भन्नेबारे अन्तिम टुंगो लागेको छैन। सरकारी वकिलसँगको सल्लाहपछि म्याद थपका लागि मंगलबार अदालत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रसाईंले सोमबार दिउँसोसम्म आफू ‘स्वेच्छाले गिरफ्तारी दिन तयार’ रहेको दाबी गरे पनि राति प्रहरीले जबरजस्ती पक्राउ गर्नुपरेको बताइएको छ। उनले आगामी आन्दोलनमा भीड उतार्ने रणनीति बनाइरहेको सुराकी तथा अभिव्यक्तिहरूले सुरक्षा निकायलाई सतर्क बनाएको एक अधिकारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।