Headlines

सुदूरपश्चिम रोयल्सको एक्सिलेन्स पार्टनरमा मार्भल टेक्नोप्लास्ट

एनपिएल २०२५, सुदूरपश्चिम रोयल्स, Marvel Technoplast, एक्सिलेन्स पार्टनर, नेपाली क्रिकेट समाचार, Nepal Premier League 2025, Sudurpaschim Royals Sponsorship, नेपाली खेलकुद

एनपिएल २०२५, सुदूरपश्चिम रोयल्स, Marvel Technoplast, एक्सिलेन्स पार्टनर, नेपाली क्रिकेट समाचार, Nepal Premier League 2025, Sudurpaschim Royals Sponsorship, नेपाली खेलकुद

काठमाडौं, साउन १२ – नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले ‘मार्भल टेक्नोप्लास्ट प्रा.लि.’सँग एक्सिलेन्स पार्टनरको रुपमा सहकार्य गरेको छ।

सोमवार राजधानीमा आयोजित कार्यक्रममा मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष पवनकुमार सान्चेती र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काबीच सम्झौतामा हस्ताक्षर भएको हो। सहकार्यबारे विज्ञप्ति जारी गर्दै दुवै पक्षले यो साझेदारीलाई ऐतिहासिक भनेका छन्।

मार्भलका उपाध्यक्ष पवनकुमारले भने,हामी सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्न पाउँदा अत्यन्त उत्साहित छौं। क्रिकेट नेपालभर लाखौं मानिसलाई जोड्ने माध्यम हो र हामी नयाँ प्रतिभालाई अघि ल्याउने प्रयासमा सहभागी हुन पाउँदा गर्व महसुस गरिरहेका छौं। उनले यो सिजनमा उत्साहपूर्ण खेलको अपेक्षा गर्दै सुदूरपश्चिमलाई मैदानभित्र र बाहिर सफलताको शुभकामना पनि दिए।

सुदूरपश्चिमका सीईओ प्रकाश खड्काले भने, पवन सरले लामो समयदेखि नेपाली क्रिकेटलाई निरन्तर समर्थन गर्दै आउनुभएको छ। यस्तो प्रतिष्ठित ब्रान्ड मार्भलसँग सहकार्य गर्नु हाम्रो फ्रेन्चाइजका लागि सम्मानको विषय हो। यो साझेदारी एनपिएललाई अझ व्यवसायिक बनाउन मद्दत गर्नेछ र अन्य व्यवसायिक कम्पनीलाई पनि खेलकुदमा लगानी गर्न प्रेरित गर्नेछ।

उनले थपे,नेपालको नम्बर एक पाइप कम्पनी मार्भल र जनप्रिय फ्रेन्चाइज सुदूरपश्चिमबीचको सहकार्य निकै उपयुक्त र दूरदर्शी कदम हो।

एनपिएलको दोस्रो संस्करण केही महिनामै सुरु हुने तयारीमा छ। सुदूरपश्चिम रोयल्सले गत संस्करणमा आफ्ना युवा खेलाडीको प्रदर्शनमार्फत प्रशंसा बटुलेको थियो। यसपटक व्यवसायिक साझेदार मार्भलसँगको सहकार्यले टिमको व्यवस्थापन र तयारीलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

मार्भल टेक्नोप्लास्ट हाल नेपालभर आफ्नो उत्पादनमार्फत अग्रणी स्थानमा रहेको पाइप तथा फिटिङ्स कम्पनी हो जसले विगत केही वर्षदेखि खेलकुद क्षेत्रमा समेत लगानी गर्दै आएको छ।

यस सहकार्यसँगै सुदूरपश्चिम रोयल्सले आगामी सिजनमा अझ व्यावसायिक रुपमा बलियो रुपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ। क्रिकेटमार्फत स्थानीय युवामा खेलप्रति आकर्षण बढाउने र राष्ट्रिय स्तरमा सुदूरपश्चिमको पहिचान बलियो बनाउने टिमको योजना रहेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *