सिमरा घटनापछि एमालेको आरोप–सरकार राजनीतिक दल निषेध गर्ने बाटोमा

एमाले, सरकार निषेध, सिमरा झडप, राजनीतिक विवाद, प्रदीप ज्ञवाली, एमाले आरोप, बाराको घटना, चुनाव वातावरण, सिमरा घटना, UML news, Nepal politics, सरकारप्रतिको आलोचना, राजनीतिक दल निषेध, नेपाल राजनीति अपडेट

मंसिर ४, २०८२।  काठमाडौँ दैनिक संवाददाता

एमाले, सरकार निषेध, सिमरा झडप, राजनीतिक विवाद, प्रदीप ज्ञवाली, एमाले आरोप, बाराको घटना, चुनाव वातावरण, सिमरा घटना, UML news, Nepal politics, सरकारप्रतिको आलोचना, राजनीतिक दल निषेध, नेपाल राजनीति अपडेट

काठमाडौ – बाराको सिमरामा भएको झडपलाई लिएर नेकपा एमालेले सरकारप्रति कडा आपत्ति जनाएको छ। बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकपछि पार्टीले हालका गतिविधिले सरकार ‘राजनीतिक दललाई निषेध गर्ने मार्ग’ तर्फ लागिरहेको दाबी गरेको छ।

उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि प्रतिक्रिया दिँदै भने,
नेताहरूलाई स्वतन्त्र रूपमा देशभर घुम्न नदिने, कार्यक्रममा सहभागी हुन रोक्ने प्रयासहरू सरकारले निर्वाचनको वातावरण बनाउन होइन, निषेधको बाटो समातेको संकेत दिन्छ। यही कारण प्रतिनिधिसभा पुनर्स्थापनाको प्रसंग अझ बलियो भएर आएको छ।

एमालेले सिमरा घटनालाई योजनाबद्ध रूपमा आफ्ना कार्यक्रम लक्षित गरी मुठभेड गराउने प्रयास भएको बताएको छ।
ज्ञवालीका अनुसार पछिल्ला दिनमा तराई–मधेसमा नेताहरूको गतिविधि रोक्ने, स्थान सीमित गर्ने, तथा घुसपैठ गराएर विवाद सिर्जना गर्ने घटना बढेको बताएको छ।

उनले थपे, हामी पूर्ण सतर्क छौं। नेतृत्वको सुरक्षा र कार्यक्रम व्यवस्थित रूपमा सम्पन्न गर्न स्वयंसेवक टोलीहरू तयारी अवस्थामा छन्।

सचिवालय बैठकले आगामी कार्यक्रम तथा महाधिवेशन तयारीलाई अगाडि बढाइने जनाएको छ। एमालेले हाल देखिएका ‘अवाञ्छित गतिविधि’ का बीच पनि आफ्ना कार्यक्रम शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन गर्ने बताएको छ।

हालै बाराको सिमरामा एमाले कार्यकर्ता र जेन-जी समूहबीच झडप भएको थियो। उक्त घटनापछि स्थानीय प्रशासनको भूमिकामाथि पनि एमालेले प्रश्न उठाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।