सावित्रा भण्डारी साम्बा म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडर

सावित्रा भण्डारी, साम्बा म्याक्सिम्याक्स, ब्रान्ड एम्बासडर नेपाल, नेपाली महिला फुटबल, राष्ट्रिय महिला फुटबल कप्तान, नेपाली खेल समाचार, सावित्रा भण्डारी गोल मेसिन, नेपाली महिला खेलाडी, न्युजिल्याण्ड वेलिङ्गटन फोएनिक्स, एएफसी महिला एसियन कप छनोट सावित्रा भण्डारी, साम्बा म्याक्सिम्याक्स, ब्रान्ड एम्बासडर नेपाल, नेपाली महिला फुटबल, राष्ट्रिय महिला फुटबल कप्तान, नेपाली खेल समाचार, सावित्रा भण्डारी गोल मेसिन, नेपाली महिला खेलाडी, न्युजिल्याण्ड वेलिङ्गटन फोएनिक्स, एएफसी महिला एसियन कप छनोट कम्पनीका प्रबन्ध निर्देशक (एमडी) रोजन कुमार दवाडी र साम्बाले सम्झौतापत्रमा हस्ताक्षर गरे
सावित्रा भण्डारी, साम्बा म्याक्सिम्याक्स, ब्रान्ड एम्बासडर नेपाल, नेपाली महिला फुटबल, राष्ट्रिय महिला फुटबल कप्तान, नेपाली खेल समाचार, सावित्रा भण्डारी गोल मेसिन, नेपाली महिला खेलाडी, न्युजिल्याण्ड वेलिङ्गटन फोएनिक्स, एएफसी महिला एसियन कप छनोटसावित्रा भण्डारी, साम्बा म्याक्सिम्याक्स, ब्रान्ड एम्बासडर नेपाल, नेपाली महिला फुटबल, राष्ट्रिय महिला फुटबल कप्तान, नेपाली खेल समाचार, सावित्रा भण्डारी गोल मेसिन, नेपाली महिला खेलाडी, न्युजिल्याण्ड वेलिङ्गटन फोएनिक्स, एएफसी महिला एसियन कप छनोट
कम्पनीका प्रबन्ध निर्देशक (एमडी) रोजन कुमार दवाडी र साम्बाले सम्झौतापत्रमा हस्ताक्षर गरे

साउन २७, २०८२।

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी साम्बा म्याक्सिम्याक्स एजुकेसन एण्ड माइग्रेसनको ब्रान्ड एम्बासडर नियुक्त भएकी छन्। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा सावित्रा र म्याक्सिम्याक्सबीच तीन वर्षको लागि सम्झौता भएको हो।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक (एमडी) रोजन कुमार दवाडी र सावित्राले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौता रकम सार्वजनिक नगरे पनि दुवै पक्षले यसलाई आपसी लाभ हुने सहकार्यको रूपमा वर्णन गरेका छन्।

सावित्राले ब्रान्ड एम्बासडर बन्ने सपना पहिले देखि देखेको उल्लेख गर्दै म्याक्सिम्याक्ससँगको सहकार्य आफ्नो लागि मात्र नभई आगामी पुस्ताका लागि पनि प्रेरणा हुने बताइन्। “म्याक्सिमससँग जोडिन पाउँदा खुसी छु, यसले मलाई अझ ऊर्जा दिएको छ,” उनले भनिन्।

सावित्रा भण्डारी, साम्बा म्याक्सिम्याक्स, ब्रान्ड एम्बासडर नेपाल, नेपाली महिला फुटबल, राष्ट्रिय महिला फुटबल कप्तान, नेपाली खेल समाचार, सावित्रा भण्डारी गोल मेसिन, नेपाली महिला खेलाडी, न्युजिल्याण्ड वेलिङ्गटन फोएनिक्स, एएफसी महिला एसियन कप छनोटसावित्रा भण्डारी, साम्बा म्याक्सिम्याक्स, ब्रान्ड एम्बासडर नेपाल, नेपाली महिला फुटबल, राष्ट्रिय महिला फुटबल कप्तान, नेपाली खेल समाचार, सावित्रा भण्डारी गोल मेसिन, नेपाली महिला खेलाडी, न्युजिल्याण्ड वेलिङ्गटन फोएनिक्स, एएफसी महिला एसियन कप छनोट
कम्पनीका प्रबन्ध निर्देशक (एमडी) रोजन कुमार दवाडी र साम्बाले सम्झौतापत्रमा हस्ताक्षर गरे

‘गोल मेसिन’को उपमा पाएकी सावित्राले नेपालका लागि हालसम्म सर्वाधिक ६४ गोल गरिसकेकी छन्। हालै उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोटमा उनले नेपाली टोलीको कप्तानी गरेकी थिइन्।

सावित्रा युरोपको फ्रेन्च लिग खेल्ने पहिलो नेपाली महिला खेलाडी हुन्। उनी यसअघि भारतको महिला लिगमा खेलिसकेकी छन् भने विभागीय टोली एपीएफबाट समेत खेलिसकेकी छन्। नेपाल र भारत दुवैमा महिला लिग जितिसकेकी उनी आगामी सिजनका लागि न्युजिल्याण्डको वेलिङ्गटन फोएनिक्स क्लबमा अनुबन्ध भएकी छन् जसले  अष्ट्रेलियन शीर्ष डिभिजनको महिला लिग खेल्दै आएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कविता भट्ट, अष्ट्रेलिया पलायन, राष्ट्रिय भलिबल टिम, एपीएफ क्लब, नेपाली खेलाडी विदेश, सरस्वती चौधरी, Nepal Volleyball

भदौ ११, २०८२।

काठमाडौं – राष्ट्रिय भलिबल टिमकी मिडल ब्लकर कविता भट्ट अष्ट्रेलिया पलायन भएकी छिन् । उनले यो निर्णय रहर नभई बाध्यता भएको स्पष्ट पारेकी छिन् ।

गत साउनमा सशस्त्र प्रहरीको एपीएफ क्लबबाट राजीनामा दिएर अष्ट्रेलिया पुगेकी भट्टले आफ्ना संघर्ष र अधुरा सपनाबारे भावुक अभिव्यक्ति दिएकी छिन् । उनले न्यू साउथ वेल्स, सिड्नीबाट लेखेकी छन्, घरपरिवार र आमाबुवालाई छोडेर विदेशिने रहर होइन, बाध्यता हो । राष्ट्रिय टिमबाट गोल्ड मेडल जित्ने ठूलो सपना थियो तर परिस्थितिले त्यो सम्भव भएन।

भट्टले एपीएफ क्लबलाई आफ्नो करिअरको आधार भएको भन्दै आभार व्यक्त गरेकी छिन् । उनके भने, एपीएफकै कारण उनले राष्ट्रिय टिमसम्म खेल्ने अवसर पाए।
मलाई एपीएफ हुन पाएकोमा गर्व छ । लामो समय एपीएफ भलिबल टिमबाट खेलें । संघर्षका दिनमा साथ दिने हौसला जगाउने सबैप्रति ऋणी छु उनले भनिन् ।

अष्ट्रेलिया पुगे पनि उनले भलिबललाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छिन् ।आज कविता भट्ट भनेर मलाई चिनेको कारण भलिबल नै हो । जहाँ गए पनि यो खेललाई निरन्तरता दिनेछु ।

पछिल्लो वर्षहरुमा नेपालबाट राष्ट्रिय खेलाडीहरू विदेशिने क्रम तीव्र बनेको छ । यसअघि भलिबलकै अर्की चर्चित खेलाडी सरस्वती चौधरी पनि अष्ट्रेलिया पलायन भइसकेकी छिन् ।