साम्बाको मार्मिक प्रश्न: देशका लागि खेलेका खेलाडीलाई एक जोर जर्सी र जुत्ता किन उपलब्ध छैन?

सावित्रा भण्डारी, नेपाली महिला फुटबल, सावित्रा साम्बा, जिल्ला खेलाडी संघर्ष, खेल सामग्री अभाव, नेपाली खेल नीति, महिला खेलाडी समस्या, फुटबल जुत्ता समस्या, नेपाली खेलको अवस्था, महिला फुटबल नेपाल

सावित्रा भण्डारी, नेपाली महिला फुटबल, सावित्रा साम्बा, जिल्ला खेलाडी संघर्ष, खेल सामग्री अभाव, नेपाली खेल नीति, महिला खेलाडी समस्या, फुटबल जुत्ता समस्या, नेपाली खेलको अवस्था, महिला फुटबल नेपाल

साउन २१, २०८२।

काठमाडौं – नेपाल महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले नेपाली खेल क्षेत्रको वास्तविक अवस्था र संरचनाको कमजोरीप्रति गहिरो सवाल उठाएकी छिन्। सामाजिक सञ्जालमार्फत् आफ्ना अनुभव बाँड्दै उनले आफ्नो जागीर, खेल जीवन र जिल्लाबाट आएका नयाँ खेलाडीहरुको संघर्षबारे खुलेर कुरा गरेकी छिन्।

म यो कुरामा एकदमै गर्व गर्छु कि म सशस्त्र प्रहरीमा जागिरे छु त्यो कुराले गर्दा पनि मेरो केही मात्राको किटहरु मैले मेरो तलबबाट किन्न पाउँछु। उनले सरकारी सेवामा आवद्ध हुँदा केही सुविधा पाउने भए पनि अधिकांश जिल्लाबाट आएका खेलाडीहरु भने खेलका आधारभूत सामग्री किन्नसमेत नसक्ने अवस्थाको चित्रण गरेकी छन्।

उनले भनिन्, जति पनि खेलाडीहरु अहिले पुलिसमा हुनुहुन्छ आर्मीमा हुनुहुन्छ, उहाँहरु त्यो क्लबमा आवद्ध नभएको भए उहाँहरुको दैनिकी के हुन्थ्यो होला ?

सावित्रा सशस्त्र प्रहरी बलमा जागिरे भएकाले आंशिक रूपमा आफ्ना खेल सामग्री तलबबाट किन्न सक्छिन्।
अधिकांश जिल्लाका खेलाडीहरुसँग किट किन्ने आर्थिक स्रोत छैन।
नयाँ पुस्ताका खेलाडी एक जोर जर्सी र राम्रो जुत्ता पाउने आशामा संघर्षरत छन्।
आधारभूत खेल सामग्री अभावले खेलप्रतिको लगावमा असर पुग्न सक्छ।

सावित्राको प्रश्न : यस्तो अवस्थामा हुर्केका खेलाडीहरुले देशका लागि के सिक्ने? जिल्लाबाट आएका नयाँ पुस्ताका खेलाडीहरुको वास्तविकता झल्काउँदै भनेकी छिन्, उहाँहरुले के पाइराख्नु भएको छ त ? एउटा जर्सीको लागि संघर्ष गरिराख्नु भएको छ, च्यातिएको जुत्ता दुई-तीनचोटि सिलाएर लगाइराख्नु भएको छ।

त्यो भाइबहिनीहरु भोलि गएर देशलाई केही गर्छु भनेर हिडिराखेका छन्। तर त्यस्ता भाइ बहिनीहरुले भोलि गएर के सिक्ने त ?

उनका यी भनाइहरुले नेपालको खेल क्षेत्र विशेष गरी महिला फुटबलतर्फ राज्य र सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । सावित्राले औंल्याएको जस्तै किट, जर्सी, जुत्ता जस्ता आधारभूत आवश्यकताहरुको अभावले गर्दा प्रतिभाशाली खेलाडीको मनोबल घट्ने, खेलप्रतिको लगाव मर्न सक्ने प्रष्ट छ।

देशका लागि प्रतिनिधित्व गर्ने, अन्तर्राष्ट्रिय मैदानमा गोल र सफलता हासिल गर्ने खेलाडीले यस्तो गुनासो गर्नु भनेको राज्यको खेल नीतिप्रति गम्भीर प्रश्न हो। विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रबाट आएका खेलाडीहरुको लागि संरचना, सुविधा र सशक्त कार्यक्रमको खाँचो भएको महसुस गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कविता भट्ट, अष्ट्रेलिया पलायन, राष्ट्रिय भलिबल टिम, एपीएफ क्लब, नेपाली खेलाडी विदेश, सरस्वती चौधरी, Nepal Volleyball

भदौ ११, २०८२।

काठमाडौं – राष्ट्रिय भलिबल टिमकी मिडल ब्लकर कविता भट्ट अष्ट्रेलिया पलायन भएकी छिन् । उनले यो निर्णय रहर नभई बाध्यता भएको स्पष्ट पारेकी छिन् ।

गत साउनमा सशस्त्र प्रहरीको एपीएफ क्लबबाट राजीनामा दिएर अष्ट्रेलिया पुगेकी भट्टले आफ्ना संघर्ष र अधुरा सपनाबारे भावुक अभिव्यक्ति दिएकी छिन् । उनले न्यू साउथ वेल्स, सिड्नीबाट लेखेकी छन्, घरपरिवार र आमाबुवालाई छोडेर विदेशिने रहर होइन, बाध्यता हो । राष्ट्रिय टिमबाट गोल्ड मेडल जित्ने ठूलो सपना थियो तर परिस्थितिले त्यो सम्भव भएन।

भट्टले एपीएफ क्लबलाई आफ्नो करिअरको आधार भएको भन्दै आभार व्यक्त गरेकी छिन् । उनके भने, एपीएफकै कारण उनले राष्ट्रिय टिमसम्म खेल्ने अवसर पाए।
मलाई एपीएफ हुन पाएकोमा गर्व छ । लामो समय एपीएफ भलिबल टिमबाट खेलें । संघर्षका दिनमा साथ दिने हौसला जगाउने सबैप्रति ऋणी छु उनले भनिन् ।

अष्ट्रेलिया पुगे पनि उनले भलिबललाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छिन् ।आज कविता भट्ट भनेर मलाई चिनेको कारण भलिबल नै हो । जहाँ गए पनि यो खेललाई निरन्तरता दिनेछु ।

पछिल्लो वर्षहरुमा नेपालबाट राष्ट्रिय खेलाडीहरू विदेशिने क्रम तीव्र बनेको छ । यसअघि भलिबलकै अर्की चर्चित खेलाडी सरस्वती चौधरी पनि अष्ट्रेलिया पलायन भइसकेकी छिन् ।