Headlines

सातामा नेप्से ११२ अंकले उकालो, विकास बैंक र फाइनान्स कम्पनीहरू घाटामै

सेयर बजार, नेप्से परिसूचक, सेयर कारोबार, लाभांश आशा, मौद्रिक नीति २०८२, ब्याज दर घट्यो, नेपाल स्टक एक्सचेन्ज, लगानीकर्ताको मनोविज्ञान, पूँजी बजार नेपाल, धितोपत्र बजार नेपाल।

सेयर बजार, नेप्से परिसूचक, सेयर कारोबार, लाभांश आशा, मौद्रिक नीति २०८२, ब्याज दर घट्यो, नेपाल स्टक एक्सचेन्ज, लगानीकर्ताको मनोविज्ञान, पूँजी बजार नेपाल, धितोपत्र बजार नेपाल।

काठमाडौं, साउन १० – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पछिल्लो सातामा ११२ अंकले उकालो लागेर २,९८२.६४ विन्दुमा पुगेको छ। अघिल्लो बिहीबार २,८७०.६३ विन्दुमा बन्द भएको नेप्से साता भरीको सकारात्मक कारोबारसँगै ३.९० प्रतिशतले उक्लिएको हो।

पाँच दिनमा कूल ९४ अर्ब रुपैयाँ बराबरका १८ करोड १४ लाख कित्ता सेयर किनबेच भएका छन्। यो अवधिमा २०८ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ४२ कम्पनीको मूल्य घटेको छ।

साताभर नेप्सेको वृद्धिमा जलविद्युत्, लघुवित्त, र बीमा समूहको योगदान प्रमुख रह्यो। सान्भी इनर्जी, ट्रेड टावर, उन्नति सहकार्य लघुवित्त, र विध्यवासिनी हाइड्रोपावरजस्ता कम्पनीहरू सबैभन्दा बढी लाभमा देखिए। सान्भी इनर्जीको सेयर मूल्य ६०.९७ प्रतिशतले बढेको छ भने उन्नति सहकार्य लघुवित्तको ३३.४२ प्रतिशतले वृद्धि भएको हो।

विकास बैंक र फाइनान्स समूहका सेयरधनीहरूले घाटाको सामना गर्नुपर्‍यो। कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक लगायतको सेयर मूल्यमा दोहोरो अंकको गिरावट देखिएको छ।

नेपाल राष्ट्र बैंक विनिमय दर, आजको डलर दर, विदेशी मुद्रा विनिमय दर, डलर भाउ नेपाल, युरो मूल्य नेपाल, अस्ट्रेलियन डलर भाउ, कुवेती दिनार दर, साउदी रियाल, नेपाली रेमिट्यान्स दर, forex rate Nepal, NRB exchange rate, आजको विनिमय दर, साउन १० विनिमय दर, नेपाली मुद्रा साटासाट

सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमध्ये नेपाल रिइन्स्योरेन्स अगाडि देखिएको छ जसको सेयर मूल्य १६.९२ प्रतिशतले बढेको छ। लुम्बिनी विकास बैंक, शिभम सिमेन्ट र फर्स्ट माइक्रोफाइनान्स पनि सकारात्मक कारोबारमा रहन सफल भए।

यो साताभर नेप्से बढे पनि वृद्धिदरको रफ्तार अन्तिम दुई दिनमा केही सुस्ताएको छ। जानकारहरूका अनुसार नाफा सुरक्षित गर्ने लगानीकर्ताको प्रवृत्तिले वृद्धिमा कमी ल्याएको हो। तर, ब्याजदरको न्यूनताले सेयर बजार अझै आकर्षक देखिएको विश्लेषकहरू बताउँछन्।

पछिल्लो बिहीबारको बजार पूँजीकरण ४९ खर्ब ७७ अर्ब रुपैयाँमा पुगेको छ, जुन अघिल्लो साता भन्दा करिब २ खर्बले बढी हो। यो नेपालको कुल गार्हस्थ्य उत्पादनको ८१ प्रतिशत बराबर हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *