सरकार, जेनजी र दललाई संयमित हुन नागरिक समूहको आग्रह

barama andolan

मंसिर ५, २०८२।   काठमाडौं दैनिक संवाददाता

barama andolan

काठमाडौ – बाराको सिमरामा उत्पन्न तनावपछि नागरिक समूहले सरकार, जेनजी युवा समूह र राजनीतिक दलहरूलाई संयमित रहन आग्रह गरेको छ। सिमरा विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा भएको भिडन्त, कर्फ्यू, संरचनामा पुगेको क्षति र दुवै पक्षबाट देखिएका असजिला व्यवहारले मुलुकलाई अनावश्यक राजनीतिक संकटतर्फ धकेल्ने चेतावनी दिएको छ।

नागरिक समूहका अध्यक्ष विष्णुहरि दाहालले जारी गरेको विज्ञप्तिमा राजनीतिक स्थायित्व र फागुन २१ गते तोकिएको निर्वाचनको तयारीकै संवेदनशील चरणमा यस्तो अराजनीतिक क्रियाकलापले लोकतान्त्रिक प्रक्रियामै प्रतिकूल असर पारेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, कुनै पनि दल, समूह वा आन्दोलनले संवैधानिक हकमा हस्तक्षेप गर्ने, हिंसात्मक गतिविधि प्रदर्शन गर्ने, वा प्रतिस्पर्धी दललाई लक्षित गरी निषेधात्मक काम गर्ने छुट छैन।

समूहले जेनजी आन्दोलनका युवालाई संविधानको भावना, लोकतान्त्रिक मूल्य र शान्तिपूर्ण अभिव्यक्तिमा रहन आग्रह गरेको छ। त्यस्तै, राजनीतिक दलहरूले पनि चुनावी गतिविधिको नाममा उक्साहट वा भिडन्त हुनसक्ने कामबाट टाढा बस्नुपर्ने चेतावनी दिएको छ।

समूहको ठहरमा फागुन २१ मा तोकिएको निर्वाचन शान्तिपूर्ण ढंगले हुन नसके देश राजनीतिक शून्यतातर्फ धकेलिन सक्छ, जसको असर सबै पक्षले भोग्नुपर्नेछ। देशको शान्तिसुरक्षा, स्थिरता र निष्पक्ष चुनावी वातावरण कायम गर्न संवाद, संयम र संवैधानिक मार्गप्रतिको प्रतिबद्धता अत्यावश्यक छ, विज्ञप्तिमा उल्लेख छ।

नागरिक समूहले सरकारलाई पनि सुरक्षा अवस्थाको संवेदनशीलता बुझेर आगामी चुनाव शान्तिपूर्ण र निष्पक्ष रुपमा गराउने ऐतिहासिक जिम्मेवारीमा गम्भीर हुन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।